default_image

1 year ago

November 30, 2022

दुर्गेशको सानदार प्रदर्शनमा लुम्बिनीको फाइनल सम्भावना कायमै

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर दुर्गेश गुप्ताको सानदार अलराउन्ड प्रदर्शनमा लुम्बिनी प्रदेशले वाई वाई यु–१९ राष्ट्रिय प्रतियोगितामा बागमती प्रर्देशलाई ८५ रनले हराउँदै फाइनल सम्भावना कायमै राखेको छ । चौथो खेलमा तेस्रो जितसँगै लुम्बिनीले फाइनल सम्भावना कायमै राखेको छ । लुम्बिनीको जितले फाइनल समिकरण थप रोचक बनेको छ । जितको लागि २ सय ३५ […]

271 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर दुर्गेश गुप्ताको सानदार अलराउन्ड प्रदर्शनमा लुम्बिनी प्रदेशले वाई वाई यु–१९ राष्ट्रिय प्रतियोगितामा बागमती प्रर्देशलाई ८५ रनले हराउँदै फाइनल सम्भावना कायमै राखेको छ ।

चौथो खेलमा तेस्रो जितसँगै लुम्बिनीले फाइनल सम्भावना कायमै राखेको छ । लुम्बिनीको जितले फाइनल समिकरण थप रोचक बनेको छ । जितको लागि २ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको बागमती ३५.३ ओभरमा १ सय ४९ रनमा अल आउट भयो । बागमतीका कप्तान अशोक पौडेलले ५४ बलमा ६ चौकासहित सर्वाधिक ३१ रन बनाए ।

प्रतीक श्रेष्ठ ३४ बलमा २ चौका र २ छक्कासहित २७ रनमा आउट भए । एक समय बागमती १५.१ ओभरमा ६२–४ को अवस्थामा थियो । पाँचौं विकेटका लागि अशोक र प्रतीक श्रेष्ठले ३९ रनको साझेदारी गरेका थिए । तुलबहादुर थापाले दुर्गेशबाट क्याच गराउँदै साझेदारी तोडेका थिए । त्यसपछि अन्य ब्याटरको प्रदर्शन राम्रो हुन सकेन ।

दुर्गेशले ओपनर लक्की कठायतलाई एक रनमै आउट गरेका थिए । उत्तम थापामगरलाई दुर्गेशले ११ रनमा एलबीडब्लू आउट गरे । नर सार्कीले सक्षम बास्ताकोटीलाई ९ रनमै पेभेलिएन पठाएका थिए ।

योगेश भाट १३, रोशन विक २३ र ओमकार यादवले १६ रनको योगदान दिए । लुम्बिनीका दुर्गेश गुप्ताले ५.३ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए । तुलबहादुर थापाले ३ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । अभिषेक गौतमले १० ओभरमा २ मेडनसहित २९ रन खर्चेर २ विकेट लिए । निर्मल गुरुङ र नर सार्कीले एक एक विकेट लिए ।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनी ४९ ओभरमा २ सय ३४ रनमा अल आउट भयो । लुम्बिनी प्रदेशका देव खनालले ५४ बलमा ५ चौकासहित ४६ रनमा आउट भए । आकाश त्रिपाठीले ७० बलमा २ चौकासहित ४० रन बनाए ।

पहिलो विकेटका लागि देव खनाल र आकाश त्रिपाठीले १६.२ ओभरमा ७२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । तर मध्यक्रम भने चल्न सकेन । नवौं विकेटका लागि दुर्गेश र तुलबहादुर थापाले ५१ रनको साझेदारी गर्दै बलियो योगफलमा पुुर्याए ।

दुर्गेशले २५ बलमा ६ चौका र १ छक्कासहित ३८ रन बनाए । तुलबहादुर थापाले ५१ बलमा ३ चौका प्रहार गरे । विशाल भुषालले २० र विशाल विक्रम केसीले ११ रन बनाए ।

बागमतीका प्रतीक श्रेष्ठले १० ओभरमा ५५ रन खर्चेर ३ विकेट लिए । अभिषेक कोइराला र ओमकार यादवले दुई दुई विकेट लिए । योगेश भाट र अहमद राजाले एक एक विकेट लिए ।

बागमती ५ खेलमा ४ मा जित र १ मा हारका साथ दोस्रो स्थानमा छ । सुदूरपश्चिम प्रदेश ५ खेलमा १० अंकका साथ शीर्ष स्थानमा छ । शुक्रबार बागमती प्रदेशले मुलपानीमा सुदूरसँग खेल्नेछ । सुदूर उक्त खेलमा विजयी हुँदा अपराजित हुँदै फाइनलमा पुग्नेछ । पराजित हुँदा नेटरनरेट र अन्य टोलीको नतिजामा भर पर्नेछ । बागमतीलाई अन्तिम खेल जित्नुपर्ने हुन्छ । सुदूर र लुम्बिनीको नेटरनरेटमा पनि ध्यान दिनुपर्ने हुन्छ ।

लुम्बिनी फाइनलमा खेल्न बाँकी दुबै खेल प्रदेश एक र मधेश प्रदेशमाथि फराकिलो जित हात पार्नुपर्ने हुन्छ । लुम्बिनी बाँकी दुबै खेलमा विजयी हुँदा र अन्तिम खेलमा सुदूर विजयी हुँदा सहजै फाइनलमा पुग्नेछ । अन्य चार टोली भने फाइनल दौडबाट बाहिरिएका छन् ।

April 29, 2024

ओपनर कुशल ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेललाई केटिएम कन्सल्टिङ ग्रुपले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । ओपनर भुर्तेललाई एक वर्षका लागि एम्बेसडर नियुक्त गरिएको हो । ग्रुपले आफ्नो व्यापारको प्रवर्द्धनसँगै सामाजिक विकासका लागि यो कदम लिएको बताएको छ । दुवैले एकसाथ खेलकुद र शिक्षा क्षेत्रमा बेग्लै पथ तयार पार्ने ग्रुपको विश्वास […]

April 29, 2024

कर्णालीलाई पराजित गर्दै लुम्बिनीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ । मूलपानी क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा कर्णाली प्रदेश माथि २१ रनको जित हासिल गर्दै उपाधि कब्जा गरेको हो । लुम्बिनीले दिएको ११७ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली १५.३ ओभरमा ८५ रनमै समेटियो । कर्णालीका लागि विपिन […]

April 29, 2024

हैदराबादविरुद्ध चेन्नाईको सहज जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आईतबार भएको दोस्रो खेलमा चेन्नाई सुपर किंग्सले सहज जित दर्ता गरेको छ । चेन्नाईले सनराईजर्स हैदराबाद माथि ७८ रनको फराकिलो जित दर्ता गरेको हो । चेन्नाईले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको हैदराबाद १८.५ ओभरमा १३४ रनमा समेटियो । हैदराबादका लागि एईडन मार्क्रमको ३२ रनको इनिङ नै सर्वाधिक […]

Success

Thank you for your time.