default_image

1 year ago

December 1, 2022

अफगानिस्तानमाथि श्रीलंकाको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – मध्यक्रमका ब्याटर चरिथ असलंकाले उत्कृष्ट ब्याटिङ गरेपछि श्रीलंकाले तेस्रो ओडिआई खेलमा अफगानिस्तानमाथि ४ विकेटको सानदार जित हात पारेको छ । योसँगै तीन ओडिआई खेलको सिरिज १–१ को बराबरीमा सकिएको छ । जितको लागि ३ सय १४ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले ४९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंकाको जितमा […]

74 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मध्यक्रमका ब्याटर चरिथ असलंकाले उत्कृष्ट ब्याटिङ गरेपछि श्रीलंकाले तेस्रो ओडिआई खेलमा अफगानिस्तानमाथि ४ विकेटको सानदार जित हात पारेको छ । योसँगै तीन ओडिआई खेलको सिरिज १–१ को बराबरीमा सकिएको छ ।

जितको लागि ३ सय १४ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले ४९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंकाको जितमा चरिथ असलंका ७२ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ८३ रनमा अविजित रहे ।

श्रीलंकालाई अन्तिम ६ बलमा जितको लागि १३ रन चाहिँएको थियो । तीव्र गतिका बलर फजलहक फारुकीलाई पहिलो बलमै युवा अलराउन्डर दुनिथ वेलालागेले डीप मिडविकेटमा छक्का हान्दै सुरुवात गरे । दोस्रो बल डट हुँदा तेस्रो बलमा एक रन बटुले । बाँकी तीन बलमा ६ रन चाहिँदा चौथो बलमा असलंकाले डीप स्क्वार लेगमा विजयी छक्का हानेका थिए ।

त्यसअघि ४९ औं ओभरमा श्रीलंकालाई दुनिथले तीन चौका हान्दै महत्वपूर्ण १६ रन जोडेका थिए । दुनिथ २१ बलमा ४ चौका र १ छक्कासहित ३१ रनमा अविजित रहे । सातौं विकेटका लागि दुनिथले असलंकासँग मिलेर ३९ बलमा ६५ रनको अविजित साझेदारी गर्दै जित पक्का गराए ।

ओपनर कुशल मेन्डिस ६१ बलमा ८ चौका र १ छक्कासहित ६७ रनमा आउट भए । पाथुम निसांका ५५ बलमा ३ चौकासहित ३५ रनमा आउट भए । पहिलो विकेटका लागि पाथुम र कुशलले १८ ओभरमा १ सय १ रनको शतकीय साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

कप्तान दासुन शनका ४४ बलमा ५ चौकासहित ४३ तथा दीनेश चान्डिमल ३२ बलमा २ चौका र १ छक्कासहित ३३ रनमा आउट भए । अफगानिस्तानका राशिद खानले १० ओभरमा ३७ रन खर्चेर ४ विकेट लिए । मोहम्मद नाबीले १० ओभरमा ५६ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि पल्लेकेलेमा टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय १३ रन बनायो । अफगानिस्तानका ओपनर इब्राहिम जद्रानले १ सय ३८ बलमा १५ चौका र ४ छक्कासहित सर्वाधिक १ सय ६२ रनको शतकीय इनिङ खेले ।

इब्राहिम जद्रान ओडिआईमा अफगानिस्तानबाट एक खेलमा १ सय ५० माथिको इनिङ खेल्ने पहिलो ब्याटर बनेका छन् । इब्राहिम अघि अफगानिस्तानका मोहम्मद शहजादको २०१५ मा जिम्बावेविरुद्ध बनाएको १ सय ३१ रननै सर्वाधिक थियो ।

जद्रानको जारी सिरिजमा दोस्रो शतक हो । करिअरको तेस्रो शतक हो । उनी अन्तिम बलमा असिथा फ्रेनान्डोको बलमा पाथुम निसांकाबाट क्याच आउट भएका थिए । एक समय अफगानिस्तान १४.१ ओभरमा ५७–३ को कमजोर अवस्थामा रहेपनि चौथो विकेटका लागि इब्राहिम र नाजिबुल्लाह ज्रदानले १ सय ५४ रनको सानदार शतकीय साझेदारी गरेका थिए ।

नाजिबुल्लाह ७८ बलमा ८ चौका र १ छक्कासहित ७७ रनमा आउट भए । स्पिनर वानिन्दु हसरंगाको बलमा दासुन शनकाबाट क्याच आउट भए । रहमात शाह २२, मोहम्मद नाबी १२ र राशिद खानले १३ रन बनाए ।

अफगानिस्तानका कासुन रजिताले १० ओभरमा ६० रन खर्चेर ३ विकेट लिए । वानिन्दु हसरंगाले १० ओभरमा ६७ रन खर्चेर २ विकेट लिए । धनन्जय डि सिल्भाले एक विकेट लिए । पहिलो खेलमा अफगानिस्तान ६० रनले विजयी हुँदा दोस्रो खेल वर्षाको कारण रद्ध भएको थियो ।

April 29, 2024

ओपनर कुशल ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेललाई केटिएम कन्सल्टिङ ग्रुपले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । ओपनर भुर्तेललाई एक वर्षका लागि एम्बेसडर नियुक्त गरिएको हो । ग्रुपले आफ्नो व्यापारको प्रवर्द्धनसँगै सामाजिक विकासका लागि यो कदम लिएको बताएको छ । दुवैले एकसाथ खेलकुद र शिक्षा क्षेत्रमा बेग्लै पथ तयार पार्ने ग्रुपको विश्वास […]

April 29, 2024

कर्णालीलाई पराजित गर्दै लुम्बिनीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मुलपानी माथिल्लो क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा कर्णाली प्रदेशलाई २१ रनले हराउँदै लुम्बिनी च्याम्पियन बनेको हो। लुम्बिनीले दिएको १ सय १७ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली १५.३ ओभरमा ८५ रनमै समेटियो । कर्णालीका लागि विपिन शाहीले […]

April 29, 2024

हैदराबादविरुद्ध चेन्नाईको सहज जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आईतबार भएको दोस्रो खेलमा चेन्नाई सुपर किंग्सले सहज जित दर्ता गरेको छ । चेन्नाईले सनराईजर्स हैदराबाद माथि ७८ रनको फराकिलो जित दर्ता गरेको हो । चेन्नाईले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको हैदराबाद १८.५ ओभरमा १३४ रनमा समेटियो । हैदराबादका लागि एईडन मार्क्रमको ३२ रनको इनिङ नै सर्वाधिक […]

Success

Thank you for your time.