default_image

1 year ago

December 2, 2022

राम्रो अन्त्य गर्न नसक्दा नेपाल मध्यम योगफलमै रोकियो

काठमाडौं (हाम्रो खेलकुद) – अनुभवी खेलाडी ज्ञानेन्द्र मल्लको अर्धशतकमा नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली नामिबियालाई १ सय ९८ रनको मध्यम लक्ष्य दिएको छ । युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४९.४ ओभरमा १ सय ९७ रनमा अल आउट भयो । नेपालका ज्ञानेन्द्र मल्लले ९४ बलमा […]

114 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अनुभवी खेलाडी ज्ञानेन्द्र मल्लको अर्धशतकमा नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली नामिबियालाई १ सय ९८ रनको मध्यम लक्ष्य दिएको छ ।

युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४९.४ ओभरमा १ सय ९७ रनमा अल आउट भयो । नेपालका ज्ञानेन्द्र मल्लले ९४ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ७५ रनको योगदान दिए । ज्ञानेन्द्रको यो ओडिआई करिअरको छैटौं अर्धशतक हो ।

ज्ञानेन्द्र नेपालबाट ओडिआईमा सर्वाधिक ६ अर्धशतक बनाउने पहिलो खेलाडी हुन् । ज्ञानेन्द्रपछि नेपालबाट आसिफ शेख र रोहित पौडेलले ५–५ अर्धशतक प्रहार गरेका छन् । यो ज्ञानेन्द्रको ओडिआई करिअरको उच्च प्रदर्शन हो । ज्ञानेन्द्रले दुई साताअघि युएईसँग तेस्रो ओडिआई खेलमा घरेलु मैदान टियुमा ६४ रनको इनिङ खेलेका थिए । त्यो नै ज्ञानेन्द्रको ओडिआई करिअरको उच्च प्रदर्शन थियो ।

एक समय नेपाल ३९.२ ओभरमा १५१–३ को बलियो अवस्थामा थियो । तर आरिफ आउट भएपछि नेपालले लगातार विकेट गुमाउन पुग्यो । अन्तिम ७ विकेट नेपालले मात्रै ४६ रनमा गुमाएको थियो ।

नेपाललाई ओपनर आसिफ शेख र अर्जुन साउदले पहिलो विकेटका लागि ९.५ ओभरमा ३१ रनको साझेदारी गर्दै औसत सुरुवात दिलाएका थिए । स्पिनर बेर्नार्ड शोल्ट्जको बलमा अर्जुन १८ रनमा रन बोल्ड भए । अर्जुनले ४२ बल खेल्दा २ चौका हानेका थिए ।

कप्तान जेरार्ड इरास्मसको बलमा आसिफ शेख २० रनमा क्याच आउट भए । आसिफ ४६ बलमा २ चौका प्रहार गरे । २५ औं ओभरको दोस्रो बलमा कप्तान रोहित पौडेल १० रनमा रन आउट भए ।

दुई रन लिनेक्रममा ज्ञानेन्द्र मल्लसँग तालमेल नमिलेपछि रन आउट भएका हुन् । दोस्रो रनको लागि ज्ञानेन्द्रले सुरुमा लिन चाहेपनि पछि अस्वीकार गरेका थिए । तर त्यो समय सम्म रोहित नन स्ट्राइकमा पुगेका थिए । पुन फर्किनेक्रममा रोहित रन आउटको शिकार बन्न पुगे ।

चौथो विकेटका लागि आरिफ शेख र ज्ञानेन्द्र मल्लले ६७ रनको साझेदारी गर्दै इनिङ खेलेका थिए । आरिफ ४० औं ओभरको दोस्रो बलमा कार्ल बिरकेनस्टोकलाई कभरमा सट खेल्न चाहेपनि प्वाइन्टमा क्याच आउट हुन पुगे ।

आरिफ शेख ४१ बलमा २ चौका प्रहार गरे । आरिफ आउट हुनु नामिबियालाई खेलमा फर्किने टर्निङ प्वाइन्ट बन्यो । लगत्तै अर्को बलमा खराब सट खेल्दै दीपेन्द्रसिंह ऐरी गोल्डेन डक आउट भए । ४१ औं ओभरको पहिलो बलमा ज्ञानेन्द्र तीव्र गतिका बलर टांगेनी लंगामेनीको बलमा एज लागेर विकेटकिपर जानी ग्रीनबाट क्याच आउट भए ।

तल्लोक्रमका कुशल भुर्तेल १३ र गुलशन झा १८ रनमा आउट भए । गुलशनले १८ बलमा २ छक्का हाने । सोमपाल कामी १० रनमा आउट भए ।

नामिबियाका कार्ल बिरकेनस्टोकले ३ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । टांगेनी लंगामेनीले १० ओभरमा १ मेडनसहित ४२ रन खर्चेर ३ विकेट लिए । जेरार्ड इरास्मस, बेर्नार्ड शोल्ट्ज र जेजे स्मितले एक एक विकेट लिए ।

April 27, 2024

नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिज ‘ए’ विरुद्ध सिरिजको पहिलो खेलमा टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएका हुन् । वेस्ट इन्डिज ए ले पहिलो ब्याटिङ गर्नेछ । नेपालले प्रिमियर कपको तेस्रो स्थानका लागि खेलेको टोलीमा ४ परिवर्तन गरेको छ । अनिल कुमार […]

April 27, 2024

नेपाल र वेस्ट इन्डिज ‘ए’ खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले विश्वकपको अन्तिम तयारीका लागि आज वेस्ट इन्डिज ‘ए’ विरुद्ध हुने ५ खेलको टि२० सिरिजको पहिलो खेल खेल्दैछ । खेल नेपाली समयअनुसार मध्यान्ह १२:१५ बजे टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । खेलको पूर्व सन्ध्यामा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा ४ खेलाडी थपिएका थिए । यसअघि एसीसी प्रिमियर कपका […]

April 26, 2024

बेयरस्टोको शतकमा पन्जाबको सानदार जित

एजेन्सी – जोनी बेयरस्टोले सानदार नटआउट शतक बनाएपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । २ सय ६२ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि बेयरस्टोको शतकसँगै प्रभसिमरन सिंह र शंशाक सिंहले अर्धशक बनाएपछि ८ बलअघि २ विकेटको नोक्सानीमा पूरा गरेको थियो । ४८ बलमा बेयरस्टोले ९ छक्का […]

Success

Thank you for your time.