default_image

1 year ago

December 3, 2022

विशाल लक्ष्य पछ्याएको वेस्टइन्डिजको मध्यम ब्याटिङ

एजेन्सी– पहिलो टेस्ट खेलमा घरेलु टोली अष्ट्रेलियाले दिएको विशाल लक्ष्य पछ्याएको वेस्टइन्डिजले चौथो दिनको समाप्तिमा मध्यम ब्याटिङ गरेको छ । जितको लागि ४ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज १९२–३ को अवस्थामा छ । अन्तिम तथा पाँचौं दिन वेस्टइन्डिजले जितको लागि ३ सय ६ रन बनाउनु पर्ने हुन्छ । अष्ट्रेलियालाई ७ विकेट आवश्यक पर्नेछ […]

99 views

0 Bookmark

एजेन्सी– पहिलो टेस्ट खेलमा घरेलु टोली अष्ट्रेलियाले दिएको विशाल लक्ष्य पछ्याएको वेस्टइन्डिजले चौथो दिनको समाप्तिमा मध्यम ब्याटिङ गरेको छ । जितको लागि ४ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज १९२–३ को अवस्थामा छ ।

अन्तिम तथा पाँचौं दिन वेस्टइन्डिजले जितको लागि ३ सय ६ रन बनाउनु पर्ने हुन्छ । अष्ट्रेलियालाई ७ विकेट आवश्यक पर्नेछ ।
वेस्टइन्डिजका कप्तान क्रेग ब्रेथवेट १ सय ६६ बलमा ११ चौकासहित १ सय १ रनमा अविजित छन् । ओपनर टगेननारायण चन्द्रपाउल १ सय २६ बलमा ४ चौकासहित ४५ रनमा बोल्ड आउट भए ।

पहिलो विकेटका लागि चन्द्रपाउल र ब्रेथवेटले १ सय १६ रनको शतकीय साझेदारी गरेका थिए । शम्राह ब्रुक्स ११ र जर्मेन ब्ल्याकवुड २४ रनमा आउट भए । अष्ट्रेलियाका नाथन लायनले दुई र मिचेल स्टार्कले एक विकेट लिए ।

अष्ट्रेलियाले दोस्रो इनिङमा १८२–२ को अवस्थामा इनिङ समाप्तिको घोषणा गर्यो । पहिलो इनिङमा ३ सय १५ रनको अग्रता लिएको थियो ।

पहिलो इनिङमा दोहोरो शतक हानेका मार्नस लाबुसेन १ सय १० बलमा १३ चौका र २ छक्कासहित १ सय ४ रनमा अविजित रहे । उस्मान खवाजा ६, डेविड वार्नर ४८ र स्टिभ स्मिथले २० रन बनाए ।

वेस्टइन्डिज पहिलो इनिङमा २ सय ८३ रनमा अल आउट भयो । वेस्टइन्डिजका कप्तान के्रग ब्रेथवेटले १ सय ६६ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ६६ रन बनाए । डेब्यू खेल खेलेका ओपनर टगेननारायण चन्द्रपाउल ७९ बलमा ७ चौका र १ छक्कासहित ५१ रनमा आउट भए ।

पहिलो विकेटका लागि चन्द्रपाउल र ब्रेथवेटले ७८ रनको साझेदारी गरेका थिए । जर्मेन ब्ल्याकवुड ३६, नक्रुमाह बोनर १६, जेसन होल्डर २७, शम्राह ब्रुक्स ३३ र रोस्टन चेशले १३ रन बनाए । अष्ट्रेलियाका तीव्र गतिका बलर प्याट कमिन्स र मिचेल स्टार्कले तीन तीन विकेट लिए । नाथन लायनले दुई, क्यामरन ग्रीन र जोश हेजलवुडले एक एक विकेट लिए ।

त्यसअघि दोस्रो दिन तेस्रो सेसनमा अष्ट्रेलियाले १५२.४ ओभरमा ४ विकेट गुमाउँदै ५ सय ९८ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । अष्ट्रेलियाका स्टिभ स्मिथ ३ सय ११ बलमा १७ चौकासहित २ सय रनमा अविजित रहे । स्मिथको यो टेस्ट करिअरको चौथो दोहोरो शतक हो ।

अष्ट्रेलियाका मार्नस लाबुसेन ३ सय ५० बलमा २० चौका र १ छक्कासहित २ सय ४ रनमा क्याच आउट भए । लाबुसेनले जयडेन सिल्सलाई चौका हान्दै आफ्नो टेस्ट करिअरको दोस्रो दोहोरो शतक हानेका थिए । दोहोरो शतक हानेको दुई बलपछि लाबुसेन क्रेग ब्रेथवेटको बलमा विकेटकिपर जोशुवा डा सिल्भाबाट क्याच आउट भए ।

तेस्रो विकेटका लागि स्मिथ र लाबुसेनले २ सय ५१ रनको साझेदारी गरेपछि विशाल योगफल बनाएको छ । चौथो विकेटका लागि स्मिथ र ट्रविस हेडले १ सय ९६ रनको उत्कृष्ट साझेदारी गरेका थिए । ट्रविस हेड ९५ बलमा ११ चौकासहित ९९ रनमा बोल्ड भए । हेड व्रेथवेटको बलमा बोल्ड भएपछि शतक बनाउन एक रनले चुकेका थिए ।

पर्थमा टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले सुरुवातमै ओपनर डेविड वार्नरलाई पाँच रनमा गुमाएको थियो । दोस्रो विकेटका लागि मार्नस लाबुसेन र उस्मान खवाजाले १ सय ४२ रनको साझेदारी गदै बलियो योगफलको आधार तय पारेका थिए ।
उस्मान खवाजा १ सय ४९ बलमा ५ चौका र १ छक्कासहित ६५ रनमा क्याच आउट भए । काइल मेयर्सको बलमा खवाजा आउटसाइड लागेर विकेटकिपर जोशुवा डा सिल्भाबाट क्याच हुन पुगे ।

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

Success

Thank you for your time.