default_image

1 year ago

December 10, 2022

ईशान किशनको विष्फोटक दोहोरो शतक

एजेन्सी – भारतीय क्रिकेट टोलीका युवा बायाँ हाते ओपनर ईशान किशनले बंगलादेशसँगको तेस्रो ओडिआई खेलमा विष्फोटक दोहोरो शतक प्रहार गरेका छन् । किशनले १ सय २६ बलमा २३ चौका र ९ छक्कासहित २ सय रन पूरा गरेका छन् । उनी ओडिआई इतिहासमा सर्वाधिक छिटो दोहोरो शतक हान्ने खेलाडी पनि बनेका छन् । उनले वेस्टइन्डिजका विष्फोटक […]

104 views

0 Bookmark

एजेन्सी – भारतीय क्रिकेट टोलीका युवा बायाँ हाते ओपनर ईशान किशनले बंगलादेशसँगको तेस्रो ओडिआई खेलमा विष्फोटक दोहोरो शतक प्रहार गरेका छन् ।

किशनले १ सय २६ बलमा २३ चौका र ९ छक्कासहित २ सय रन पूरा गरेका छन् । उनी ओडिआई इतिहासमा सर्वाधिक छिटो दोहोरो शतक हान्ने खेलाडी पनि बनेका छन् । उनले वेस्टइन्डिजका विष्फोटक ब्याटर क्रिस गेललाई पछि पार्दै दुर्लभ कीर्तिमान बनाएका हुन् ।

दोहोरो शतक सर्वाधिक छिटो क्रिस गेलले १ सय ३८ बलमा जिम्बावेविरुद्ध २०१५ मा प्रहार गरेका थिए । ईशान, रोहित शर्मा, सचिन्द तेन्दुलकर र विरेन्द्र सहवागपछि ओडिआईमा दोहोरो शतक प्रहार गर्ने चौथो भारतीय ब्याटर हुन् ।

ईशान किशनले सुरुवाती ४९ बलमा मात्रै ५० रन जोडेका थिए । पहिलो ५० रन पूरा गर्न उनले ७ चौका र १ छक्का प्रहार गरेका थिए । ५० रन पछि किशनले खेल्ने शैली परिवर्तन गरे ।

ईशान किशन ओडिआईमा दोहोरो शतक प्रहार गर्ने विश्वका सातौं खेलाडी हुन् । भारतका रोहित शर्माले ओडिआईमा सर्वाधिक तीन पटक दोहोरो शतक प्रहार गरेका छन् । रोहितले ओडिआई इतिहासकै सर्वाधिक २ सय ६४ रन श्रीलंकाविरुद्ध २०१४ मा प्रहार गरेका थिए ।

८५ बलमा १४ चौका र २ छक्का हान्दै करिअरको शतक पूरा गरेका थिए । किशनले १ सय ३ बलमा १६ चौका र ८ छक्कासहित १ सय ५० रन पूरा गरेका थिए । रोहित शर्मा, सचिन तेन्दुलकर, क्रिस गेल, मार्टिन गुप्टिल, विरेन्द्र सहवाग र फखार जमानले दोहोरो शतक प्रहार गरेका थिए ।

जहुर अहमद चौधरी स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको भारतले ३६ ओभरमा २ विकेट गुमाउँदै ३ सय ६ रन बनाएको छ । ईशान किशन १ सय ३१ बलमा २४ चौका र १० छक्कासहित २ सय १० रनमा आउट भएका छन् ।

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

Success

Thank you for your time.