default_image

1 year ago

December 14, 2022

पुलिसले महिला प्रधानमन्त्री कप खेल्न नपाउने सम्भावना

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबको महिला टोलीले पुषको अन्तिममा प्रदेश एकमा हुने प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने सम्भावना रहेको छ । नवौं राष्ट्रिय खेलकुदबाट घरेलु क्रिकेटमा डेब्यू गरेको पुलिसको महिला टोली खेल्ने वा नखेल्नेमा नेपाल क्रिकेट संघ (क्यान) पनि स्पष्ट छैन । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री […]

124 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबको महिला टोलीले पुषको अन्तिममा प्रदेश एकमा हुने प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने सम्भावना रहेको छ ।

नवौं राष्ट्रिय खेलकुदबाट घरेलु क्रिकेटमा डेब्यू गरेको पुलिसको महिला टोली खेल्ने वा नखेल्नेमा नेपाल क्रिकेट संघ (क्यान) पनि स्पष्ट छैन । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलबासेसँगै सिनियर टोलीको बाहुल्यता रहेको पुलिस क्यानको आन्तरिक प्रक्रियाका कारण खेल्न नपाउने सम्भावना छ ।

पुलिसको टिम निर्माण हुनुअघि नै प्रधानमन्त्री कपको लागि बजेट निर्धारण भएको हुँदा खेल्न नपाउने सम्भावना बढेको छ ।
‘यस विषयमा छलफल भएको छ । हाम्रो बजेटले भ्याउँदैन । प्रक्रिया पनि पुरै नमिलेको हुनाले टुङ्गो लागेको छैन । पुलिसबाट एउटा पत्र भने आएको छ । एउटा जिल्ला थप्न त साधरण सभाले मान्यता दिनुपर्छ । एउटा क्षेत्रिय बराबरको टोली थप्न प्रक्रिया पुर्याउनु पर्ला’, क्यानका अध्यक्ष चतुरबहादुर चन्दले हाम्रो खेलकुदसँग भने ।

पुलिसले कुन प्रक्रिया पुर्याउनु पर्ने भन्ने प्रश्नमा चन्दले भने, ‘जिल्लाको टिमलाई सहभागी गराउन साधरण सभाले अनुमति दिएपछि मात्रै थपिन्छ । यो महिला त क्षेत्रीय थपे बराबर हो । फेरि बजेट पहिलनै स्वीकृति गराएको छ । पुलिसको टोली थप्दा १४/१५ लाख बढी खर्च हुन्छ । पुलिसलाई थप्दा सबै टोलीको खर्च बढ्ने हो । त्यसैले हामीले खेल्न पाउने वा नपाउने टुङ्गो लागेको छैन’, चन्दले भने ।

चन्दका अनुसार यस प्रतियोगिता आयोजना गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ४० लाख रुपैयाँ विनियोजन गरेको छ । बाँकी खर्च क्यानले आन्तरिक स्रोतबाट पूरा गर्नेछ । प्रतियोगिता प्रदेश एकको सुनसरीको इटहरी मैदानमा पुस अन्तिम देखि सुरु हुनेछ । पुलिसले नवौं राष्ट्रिय खेलकुदमा नेपाल एपिएफ क्लबलाई फाइनलमा ५ रनले हराउँदै डेब्यू प्रतियोगितामै स्वर्ण जितेको थियो ।

पुलिसको टोलीमा रुविनासँगै काजल श्रेष्ठ, कविता कुँवर, कविता जोशी, अप्सरी बेगम, संगिता राई, सबनम राई र हिरनमयी राय नेपाली टोलीबाट खेलि सकेका छन् । तीव्र गतिका बलर ईश्वरी विष्ट, सम्झ्ना खड्का, रेवती धामी, शोभा रोकाया, मनिषा उपाध्याय र लक्ष्मी साउद छन् ।

८ जना नेपाली टोलीका सदस्य हुँदा बाँकी घरेलु क्रिकेटमा राम्रो गर्दै आएका छन् । प्रदेश एक र सुदूरपश्चिम प्रदेशका खेलाडीको बाहुल्यता छ । पुलिसले खेलाडीलाई प्रक्रिया अनुसार नै भर्ना गर्दै स्थायी जागिर दिने जनाएको छ । हालसम्म खेलाडी कन्ट्राक्ट (सम्झौता) भने गरेको छैन ।

पुलिसले प्रक्रिया अनुसार खेलाडी भर्ना गर्ने जनाएको छ । सहभागिताका लागि पुलिसले क्यानलाई पत्र पठाएको छ । तर त्यसको जवाफ भने पाइसकेको छैन । पुलिस प्रधानमन्त्री कप खेल्ने तयारीका साथ अघि बढेको छ ।

‘खेलाडी सम्झौता प्रक्रियामा छ । अरु खेलको खेलाडीको पनि सम्झौता गर्नुपर्ने अवस्था छ । मैले क्यानका अध्यक्ष चतुरबहादुर चन्दसँग यो निरन्तरता गर्न के चाहिन्छ भनेर सोधेको थिए । पत्र पठाइसकेका छौं । नपाउने हो भने अगाडि नै जानकारी दिन पार्यो । खेलाडीको भविष्यको कुरा पनि आउँछ । किन नपाउने भन्ने कारण पनि हामीलाई भन्नुपर्यो’, नेपाल पुलिस खेलकुद शाखाका प्रमुख रुकेश तण्डुकारले हाम्रो खेलकुदसँग भने ।

पुलिसले खेल्न नपाए के होला ?

पुलिसले यदि खेल्न नपाए पहिला खेलाडी रिलिज गर्नुपर्ने हुन्छ । यदि रिलिज गरेन भने के हुन्छ भन्ने प्रश्न पनि छ । अर्कोतर्फ प्रदेश छाडेर गएको हुँदा पुन नराख्न पनि सक्छन् । प्रदेश एकबाट खेल्दै आएका रुविना, अप्सरी, कागज, हिरनमयी, संगिता र सबनम पुलिसमा छन् । यी सबै नेपाली टोलीका प्रमुख खेलाडी हुन् ।

बाँकी सात खेलाडी सुदूरपश्चिमबाट छन् । ईश्वरी बिष्ट, शोभा रोकाया, लक्ष्मी साउद, कविता कुँवर, कविता जोशी, सम्झना खड्का र रेवती धामी सुदूरपश्चिमका खेलाडी हुन् । मनिषा उपाध्याय सुदूरकै हुन् । तर उनले यू–१९ र घरेलु क्रिकेट गण्डकीबाट खेल्ने गर्थिन् ।

कप्तानसहित प्रमुख खेलाडी विना नै प्रधानमन्त्री कप हुने कल्पना गर्न सकिदैन । अध्यक्ष चन्द खेलाडीले खेल्न पाउने अधिकारबाट बञ्चित नगराउने बताए ।

‘खेलाडीलाई खेल्न पाउने अधिकारबाट बञ्चित गर्नुृ हुँदैन । अर्को वर्ष तयारी गरेर टिम थप्न सकिएला । टिम घटाउने भन्ने त होइन । अहिलेको बजेटले सम्भावना कम छ’, चन्दले भने । कप्तान रुविना क्षेत्रीले भने यस विषयमा आफूलाई कुनैपनि जानकारी नभएको बताइन् ।

April 30, 2024

कोलकातासँग दिल्लीको हार

एजेन्सी – कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार दिल्ली क्यापिटल्सलाई ७ विकेटले हराएको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको कोलकाताले १६.३ ओभरमा ३ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । ओपनर फिल साल्टले अर्धशतक पूरा गरे । ३३ बल खेलेका उनले ३३ बलमा ७ चौका र ५ छक्का […]

April 29, 2024

ओपनर कुशल ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेललाई केटिएम कन्सल्टिङ ग्रुपले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । ओपनर भुर्तेललाई एक वर्षका लागि एम्बेसडर नियुक्त गरिएको हो । ग्रुपले आफ्नो व्यापारको प्रवर्द्धनसँगै सामाजिक विकासका लागि यो कदम लिएको बताएको छ । दुवैले एकसाथ खेलकुद र शिक्षा क्षेत्रमा बेग्लै पथ तयार पार्ने ग्रुपको विश्वास […]

April 29, 2024

कर्णालीलाई पराजित गर्दै लुम्बिनीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मुलपानी माथिल्लो क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा कर्णाली प्रदेशलाई २१ रनले हराउँदै लुम्बिनी च्याम्पियन बनेको हो। लुम्बिनीले दिएको १ सय १७ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली १५.३ ओभरमा ८५ रनमै समेटियो । कर्णालीका लागि विपिन शाहीले […]

Success

Thank you for your time.