default_image

1 year ago

December 14, 2022

पुजारा र ऐरको साझेदारीमा भारतको पूनरागमन

एजेन्सी – अनुभवी खेलाडी चेतेश्वर पुजारा र युवा ब्याटर श्रेयस ऐरको शतकीय साझेदारीमा भारत पहिलो टेस्ट खेलमा घरेलु टोली बंगलादेशविरुद्ध पूनरागमन गरेको छ । जहूर अहमेद चौधरी स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको भारत पहिलो दिनको समाप्तिमा ९० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७८ रन बनाएको छ । भारतका युवा ब्याटर श्रेयस ऐर १ […]

225 views

0 Bookmark

एजेन्सी – अनुभवी खेलाडी चेतेश्वर पुजारा र युवा ब्याटर श्रेयस ऐरको शतकीय साझेदारीमा भारत पहिलो टेस्ट खेलमा घरेलु टोली बंगलादेशविरुद्ध पूनरागमन गरेको छ । जहूर अहमेद चौधरी स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको भारत पहिलो दिनको समाप्तिमा ९० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७८ रन बनाएको छ ।

भारतका युवा ब्याटर श्रेयस ऐर १ सय ६९ बलमा १० चौकासहित ८२ रनमा अविजित छन् । करिअरको छैटौं टेस्ट खेल खेलि रहेका श्रेयस ऐरको लक्ष्य दोस्रो दिन शतकसँगै टोलीको विशाल योगफल हुनेछ ।

चेतेश्वर पुजारा दिनको अन्तिम समयतिर २ सय ३ बलमा ११ चौका प्रहार गर्दै ९० रनमा बोल्ड भए । पहिलो दिनको खेल सकिन ६ ओभर बाँकी हुँदा स्पिनर ताइजुल इस्लामको बलमा पुजारा बोल्ड हुन पुगेका थिए ।

विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल्न महत्वपूर्ण मानिएको यस सिरिजको पहिलो खेलमा भारतको सुरुवात भने अपेक्षा अनुसार हुन सकेन । एक समय ११२–४ को अवस्थामा पुगेपनि पाँचौं विकेटका लागि ऐर र पुजाराले १ सय ४९ रनको साझेदारी गरेपछि भारत खेलमा फर्किएको थियो ।

ओपनर लोकेश राहुल र शुभमन गिलले पहिलो विकेटका लागि ४१ रनको साझेदारी गरेका थिए । यासिर अलिबाट ताइजुलले ओपनर गिललाई २० रनमा क्याच गराउँदै साझेदारी तोडेका थिए । कप्तान लोकेश राहुल ५४ बलमा ३ चौकासहित २२ रनमा आउट भए ।

प्रमुख ब्याटर विराट कोहली ताइजुलको बलमा एक रनमै एलबीडब्लू आउट भएका थिए । ऋषभ पन्त ४५ बलमा ६ चौका र २ छक्कासहित ४६ रनमा बोल्ड भए । दिनको अन्तिम बलमा मेहदी हसन मिराजले अक्षर पटेललाई १४ रनमा एलबीडब्लू आउट गरे । बंगलादेशका ताइजुल इस्लामले तीन, मेहिदी हसन मिराजले दुई र खालेद अहमदले एक विकेट लिएका छन् ।

अष्ट्रेलिया १२ खेलमा ८ मा जितसहित शीर्ष स्थानमा छ । दक्षिण अफ्रिका १० खेलमा ६ मा जितसहित दोस्रो स्थानमा छ । भारत १२ खेलमा ६ मा जितका साथ चौथो स्थानमा छ । ९ देश सहभागी विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा शीर्ष दुई टोली भिड्नेछन् ।

April 30, 2024

कोलकातासँग दिल्लीको हार

एजेन्सी – कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार दिल्ली क्यापिटल्सलाई ७ विकेटले हराएको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको कोलकाताले १६.३ ओभरमा ३ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । ओपनर फिल साल्टले अर्धशतक पूरा गरे । ३३ बल खेलेका उनले ३३ बलमा ७ चौका र ५ छक्का […]

April 29, 2024

ओपनर कुशल ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेललाई केटिएम कन्सल्टिङ ग्रुपले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । ओपनर भुर्तेललाई एक वर्षका लागि एम्बेसडर नियुक्त गरिएको हो । ग्रुपले आफ्नो व्यापारको प्रवर्द्धनसँगै सामाजिक विकासका लागि यो कदम लिएको बताएको छ । दुवैले एकसाथ खेलकुद र शिक्षा क्षेत्रमा बेग्लै पथ तयार पार्ने ग्रुपको विश्वास […]

April 29, 2024

कर्णालीलाई पराजित गर्दै लुम्बिनीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मुलपानी माथिल्लो क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा कर्णाली प्रदेशलाई २१ रनले हराउँदै लुम्बिनी च्याम्पियन बनेको हो। लुम्बिनीले दिएको १ सय १७ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली १५.३ ओभरमा ८५ रनमै समेटियो । कर्णालीका लागि विपिन शाहीले […]

Success

Thank you for your time.