default_image

1 year ago

December 15, 2022

प्रभाकरको औपचारिक रुपमा राजीनामा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले औपचारिक रुपमा पदबाट राजीनामा दिएका छन् । आइतबार नै क्यानबाट विदाई हुँदै सोमबार विहान भारत फर्केपनि प्रभाकरको औपचारिक राजीनामा आज आएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले प्रभाकरको राजीनामा स्वीकृति भएको जनाएको छ । क्यानले प्रभाकरसँग आइतबार नै राजीनामा मागेको थियो । तर […]

147 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले औपचारिक रुपमा पदबाट राजीनामा दिएका छन् । आइतबार नै क्यानबाट विदाई हुँदै सोमबार विहान भारत फर्केपनि प्रभाकरको औपचारिक राजीनामा आज आएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले प्रभाकरको राजीनामा स्वीकृति भएको जनाएको छ ।

क्यानले प्रभाकरसँग आइतबार नै राजीनामा मागेको थियो । तर उनले विहीबार मात्रै दिएका हुन् । उनले भारत गएर राजीनामा दिने जनाएका थिए । ‘हामीले नै वहाँको राजीनामा मागेको हो । वहाँको धेरै कुरा क्याम्पमा मन परेको थिएन । प्रदर्शन लगयात अन्य कुरा मन परेको थिएन । खेलाडी, म्यानेजर देखि सबैबाट गुनासो आएको थियो । त्यही भएर अघि बढ्नु हुँदैन भनेर हामीले राजीनामा मागेका थियौं’, क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले हाम्रो खेलकुदसँग भने ।

टोलीको समीकरण भद्रगोल बनाएसँगै नतिजा पनि दिन नसकेपछि आपसी समझदारीमा प्रभाकर पदबाट हटेका हुन् । पछिल्लो समय नेपालको ब्याटिङक्रम र प्लेइङ ११ निकै भद्रगोल बनाएका थिए । लगातार टोलीमा परिवर्तन गर्दा नतिजा झनै खराब भएपछि उनी दबाबमा थिए । क्यानसँग छलफल गरेर उनी भारत फर्किएका थिए ।

प्रभाकरको आगमनपछि राष्ट्रिय टोलीको नतिजा झनै खराब भएको छ । आइसिसी विश्वकप लिग–२ मा यसै साता उनले उतारेको प्लेइङ–११, ब्याटिङक्रम र खेलाडी छनोटलाई लिएर चर्को आलोचना भएको थियो । त्यसअघि घरेलु मैदानमा भएको युएईसँगको तीन ओडिआई खेलको सिरिजमा पनि खेलाडी र प्रशिक्षकबीच राम्रो सम्बन्ध देखिएको थिएन ।

अगष्ट अन्तिममा नेपालले केन्या भ्रमण गर्दा आरिफ शेखसहित केहि खेलाडी र प्रभाकरबीच झगडानै भएको बताइन्छ । त्यसैको कारण युएईसँगको पहिलो खेलमा आरिफलाई बेन्चमा राखेका थिए । दोस्रो खेलमा नेपाललाई जिताएपछि आरिफले ब्याट देखाउँदै सेलेब्रेसन गरेका थिए । त्यो सेलेब्रेसनपछि पनि प्रभाकरले आरिफलाई टोलीमा राख्न नहुने तर्क राखेको बताइन्छ । प्रभाकरले खेलाडी भित्रै विवाद रहेको पनि बताएका थिए ।

प्रभाकरको आगमनअघि उच्च प्रदर्शन गर्दै आएका आदिल अन्सारीले पछिल्लो समय कुनै खेलमा मौका पाएनन् । नामिबिया भ्रमणमा आदिललाई टोलीबाटै बाहिर राखेका थिए । प्रभाकरले नेपाली क्रिकेट टोलीका प्रमुख बलर सोमपाल कामी र करण केसीलाई समेत बेन्चमा राख्दै आएका छन् । ओपनर कुशल भुर्तेललाई सातौ नम्बरमा ब्याटिङ गराउँदै आएका छन् । नामिबिया भ्रमणमा करण केसीलाई बाहिर राख्न खोजेपनि क्यानले आफैं उनलाई टोलीमा राखेर पठाएको थियो ।

पुबुदु दासानायकेले छाडेपछि नेपालले गत साउनमा प्रभाकरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । प्रभाकर यसैपनि क्रिकेट जगतमा विवादित नाम हुन् । रुखो स्वभावका प्रभाकर लगातार आलोचनामा पर्दै आएका छन् । सन् २०११/१२ को रणजी ट्रफीको सिजन सुरु हुन दुई दिनअघि दिल्लीले उनलाई प्रशिक्षकबाट बर्खास्त गरेको थियो । खेलाडी र छनोटकर्ताकै आग्रहमा दिल्लीले उनलाई हटाएको थियो । त्यस समय दिल्लीका प्रमुख ब्याटर शिखर धवन र उनमुक्त चन्दको क्षमता बारे टिप्पणी गरेका थिए ।

प्रभाकरको प्रशिक्षकमा नेपालले ७ ओडिआई खेल खेल्दा ५ मा पराजित र दुई खेलमा विजयी भएको थियो । अघिल्लो महिना नेपालले युएईसँगको तीन ओडिआई खेलको सिरिज २-१ ले जितेको थियो । यसै महिना नामिबिया भ्रमणमा आइसिसी विश्वकप लिग-२ मा खेलेका चार खेलमा नै पराजित भएको थियो । केन्या भ्रमणमा पाँच टि२० आई खेलको सिरिज ३-२ ले जितेको थियो । केन्यासँगको तीन एकदिवसीय अभ्यास खेलको सिरिज ३-० ले जितेको थियो ।

April 30, 2024

कोलकातासँग दिल्लीको हार

एजेन्सी – कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार दिल्ली क्यापिटल्सलाई ७ विकेटले हराएको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको कोलकाताले १६.३ ओभरमा ३ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । ओपनर फिल साल्टले अर्धशतक पूरा गरे । ३३ बल खेलेका उनले ३३ बलमा ७ चौका र ५ छक्का […]

April 29, 2024

ओपनर कुशल ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेललाई केटिएम कन्सल्टिङ ग्रुपले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । ओपनर भुर्तेललाई एक वर्षका लागि एम्बेसडर नियुक्त गरिएको हो । ग्रुपले आफ्नो व्यापारको प्रवर्द्धनसँगै सामाजिक विकासका लागि यो कदम लिएको बताएको छ । दुवैले एकसाथ खेलकुद र शिक्षा क्षेत्रमा बेग्लै पथ तयार पार्ने ग्रुपको विश्वास […]

April 29, 2024

कर्णालीलाई पराजित गर्दै लुम्बिनीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मुलपानी माथिल्लो क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा कर्णाली प्रदेशलाई २१ रनले हराउँदै लुम्बिनी च्याम्पियन बनेको हो। लुम्बिनीले दिएको १ सय १७ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली १५.३ ओभरमा ८५ रनमै समेटियो । कर्णालीका लागि विपिन शाहीले […]

Success

Thank you for your time.