default_image

1 year ago

December 15, 2022

भारतको विशाल अग्रता

एजेन्सी – स्पिनर कुलदीप यादव र तीव्र गतिका बलर मोहम्मद शिराजको उत्कृष्ट प्रदर्शनमा भारतले पहिलो टेस्ट खेलमा घरेलु टोली बंगलादेशविरुद्ध २ सय ७१ रनको विशाल अग्रता लिएको छ । दोस्रो दिनको खेल सकिँदा बंगलादेश पहिलो इनिङमा ४४ ओभरमा १३३-८ को दयनीय अवस्थामा छ । बंगलादेशका मेहिदी हसन मिराज १६ र इबादोत हुसैन १३ रनमा क्रिजमा […]

67 views

0 Bookmark

एजेन्सी – स्पिनर कुलदीप यादव र तीव्र गतिका बलर मोहम्मद शिराजको उत्कृष्ट प्रदर्शनमा भारतले पहिलो टेस्ट खेलमा घरेलु टोली बंगलादेशविरुद्ध २ सय ७१ रनको विशाल अग्रता लिएको छ । दोस्रो दिनको खेल सकिँदा बंगलादेश पहिलो इनिङमा ४४ ओभरमा १३३-८ को दयनीय अवस्थामा छ ।

बंगलादेशका मेहिदी हसन मिराज १६ र इबादोत हुसैन १३ रनमा क्रिजमा छन् । सर्वाधिक अनुभवी खेलाडी मुश्फिकुर रहिम ५८ बलमा ३ चौकासहित सर्वाधिक २८ रनमा आउट भए । तीव्र गतिका बलर मोहम्मद शिराजले ओपनर नाज्मुल हसन शान्टोलाई रोयल डक पेभेलिएन फर्काएका थिए ।

यासिर अलिलाई उमेश यादवले ४ रनमा बोल्ड गरे । शिराजले आक्रामक ब्याटिङ गरेका लिटन दासलाई २४ रनमा बोल्ड गरे । दासले ३० बलमा ५ चौका प्रहार गरे । ओपनर जकिर हसन शिराजकै बलमा २० रनमा आउट भए ।

त्यसपछि कुलदीपले बंगलादेशको मध्यक्रम धरासीय बनाउनेक्रममा चार विकेट लिएका थिए । कप्तान सकिब अल हसन ३ र विकेटकिपर नुरुल हसन १६ रनमा आउट भए । भारतका कुलदीप यादवले १० ओभरमा ३ मेडनसहित ३३ रन खर्चेर ४ विकेट लिएका छन् । मोहम्मद शिराजले ९ ओभरमा १ मेडनसहित १४ रन खर्चेर ३ विकेट लिए ।

जहूर अहमेद चौधरी स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको भारत पहिलो इनिङमा ४ सय ४ रनमा अल आउट भयो । भारतका युवा ब्याटर श्रेयस ऐर १ सय ९२ बलमा १० चौकासहित ८६ रनमा बोल्ड भए । दोस्रो दिन मात्रै चार रन जोड्दा इबादत हुसैनको बलमा बोल्ड भएपछि ऐर करिअरको दोस्रो टेस्ट शतक बनाउन १४ रनले चुकेका थिए ।

चेतेश्वर पुजारा दिनको अन्तिम समयतिर २ सय ३ बलमा ११ चौका प्रहार गर्दै ९० रनमा बोल्ड भए । पहिलो दिनको खेल सकिन ६ ओभर बाँकी हुँदा स्पिनर ताइजुल इस्लामको बलमा पुजारा बोल्ड हुन पुगेका थिए ।

विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल्न महत्वपूर्ण मानिएको यस सिरिजको पहिलो खेलमा भारतको सुरुवात भने अपेक्षा अनुसार हुन सकेन । एक समय ११२–४ को अवस्थामा पुगेपनि पाँचौं विकेटका लागि ऐर र पुजाराले १ सय ४९ रनको साझेदारी गरेपछि भारत खेलमा फर्किएको थियो ।

ओपनर लोकेश राहुल र शुभमन गिलले पहिलो विकेटका लागि ४१ रनको साझेदारी गरेका थिए । यासिर अलिबाट ताइजुलले ओपनर गिललाई २० रनमा क्याच गराउँदै साझेदारी तोडेका थिए । कप्तान लोकेश राहुल ५४ बलमा ३ चौकासहित २२ रनमा आउट भए ।

प्रमुख ब्याटर विराट कोहली ताइजुलको बलमा एक रनमै एलबीडब्लू आउट भएका थिए । ऋषभ पन्त ४५ बलमा ६ चौका र २ छक्कासहित ४६ रनमा बोल्ड भए । मेहदी हसन मिराजले अक्षर पटेललाई १४ रनमा एलबीडब्लू आउट गरे ।

तल्लोक्रमका रविचन्द्रन आश्विनले १ सय १३ बलमा २ चौका र २ छक्कासहित ५८ रनमा आउट भए । कुलदीप यादवले १ सय १४ बलमा ५ चौकासहित ४० रन जोडे । बंगलादेशका ताइजुल इस्लाम र मेहिदी हसन मिराजले समान चार विकेट लिए ।

April 30, 2024

कोलकातासँग दिल्लीको हार

एजेन्सी – कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार दिल्ली क्यापिटल्सलाई ७ विकेटले हराएको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको कोलकाताले १६.३ ओभरमा ३ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । ओपनर फिल साल्टले अर्धशतक पूरा गरे । ३३ बल खेलेका उनले ३३ बलमा ७ चौका र ५ छक्का […]

April 29, 2024

ओपनर कुशल ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेललाई केटिएम कन्सल्टिङ ग्रुपले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । ओपनर भुर्तेललाई एक वर्षका लागि एम्बेसडर नियुक्त गरिएको हो । ग्रुपले आफ्नो व्यापारको प्रवर्द्धनसँगै सामाजिक विकासका लागि यो कदम लिएको बताएको छ । दुवैले एकसाथ खेलकुद र शिक्षा क्षेत्रमा बेग्लै पथ तयार पार्ने ग्रुपको विश्वास […]

April 29, 2024

कर्णालीलाई पराजित गर्दै लुम्बिनीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मुलपानी माथिल्लो क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा कर्णाली प्रदेशलाई २१ रनले हराउँदै लुम्बिनी च्याम्पियन बनेको हो। लुम्बिनीले दिएको १ सय १७ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली १५.३ ओभरमा ८५ रनमै समेटियो । कर्णालीका लागि विपिन शाहीले […]

Success

Thank you for your time.