default_image

1 year ago

December 16, 2022

गिल र पुजाराको शतकमा बंगलादेशलाई विशाल लक्ष्य

93 views

0 Bookmark

एजेन्सी – ओपनर शुभमन गिल र अनुभवी ब्याटर चेतेश्वर पुजाराको शतकमा भारतले पहिलो टेस्ट खेलमा घरेलु टोली बंगलादेशलाई ५ सय १३ रनको विशाल लक्ष्य दिएको छ । तेस्रो दिन भारतले दोस्रो इनिङमा २५८-२ को अवस्थामा इनिङ समाप्तिको घोषणा गर्यो ।

पहिलो इनिङमा २ सय ५४ रनले अघि हुँदा सम्रगमा ५ सय १२ रनको अग्रता दिलएको थियो । भारतका चेतेश्वर पुजारा १ सय ३० बलमा १३ चौकासहित १ सय २ रनमा अविजित रहे । सन् २०१९ पछि शतक हानेका पूजाराको यो करिअरको सर्वाधिक छिटो टेस्ट शतक हो ।

पुजाराको यो टेस्ट करिअरको १९ औं शतक हो । विराट कोहली १९ रनमा अविजित रहे । तेस्रो विकेटका लागि पुजारा र कोहलीले ७५ रनको साझेदारी गरेका थिए ।

ओपनर शुभमन गिल १ सय ५२ बलमा १० चौका र ३ छक्कासहित १ सय १० रनमा आउट भए । गिलको यो टेस्ट करिअरको पहिलो शतक हो । पुजारा र गिलले दोस्रो विकेटका लागि १ सय १३ रनको शतकीय साझेदारी गरेका थिए । कप्तान लोकेश राहुल २३ रनमा आउट भए । बंगलादेशका मेहिदी हसन मिराज र खलिद अहमदले एक एक विकेट लिए ।

बंगलादेश पहिलो इनिङमा १ सय ५० रनमा अल आउट भएको थियो । बंगलादेशका अनुभवी खेलाडी मुश्फिकुर रहिम ५८ बलमा ३ चौकासहित सर्वाधिक २८ रनमा आउट भए । मिराजले ८२ बलमा २ चौका र १ छक्कासहित २५ रन जोडे । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

लिटन दास २४, जकिर हसन २०, सकिब अल हसन ३ र इबादोत हुसैन १७ रनमा आउट भए । भारतका कुलदीप यादवले सर्वाधिक पाँच विकेट लिँदै सानदार पूरानगमन गरे । मोहम्मद शिराजले तीन, अक्षर पटेल र उमेश यादवले एक एक विकेट लिए ।

पहिलो दिन जहूर अहमेद चौधरी स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको भारत पहिलो इनिङमा ४ सय ४ रनमा अल आउट भयो । भारतका युवा ब्याटर श्रेयस ऐर १ सय ९२ बलमा १० चौकासहित ८६ रनमा बोल्ड भए । चेतेश्वर पुजारा दिनको अन्तिम समयतिर २ सय ३ बलमा ११ चौका प्रहार गर्दै ९० रनमा बोल्ड भए ।

एक समय ११२–४ को अवस्थामा पुगेपनि पाँचौं विकेटका लागि ऐर र पुजाराले १ सय ४९ रनको साझेदारी गरेपछि भारत खेलमा फर्किएको थियो । ओपनर लोकेश राहुल र शुभमन गिलले पहिलो विकेटका लागि ४१ रनको साझेदारी गरेका थिए । यासिर अलिबाट ताइजुलले ओपनर गिललाई २० रनमा क्याच गराउँदै साझेदारी तोडेका थिए । कप्तान लोकेश राहुल ५४ बलमा ३ चौकासहित २२ रनमा आउट भए ।

प्रमुख ब्याटर विराट कोहली ताइजुलको बलमा एक रनमै एलबीडब्लू आउट भएका थिए । ऋषभ पन्त ४५ बलमा ६ चौका र २ छक्कासहित ४६ रनमा बोल्ड भए । मेहदी हसन मिराजले अक्षर पटेललाई १४ रनमा एलबीडब्लू आउट गरे ।

तल्लोक्रमका रविचन्द्रन आश्विनले १ सय १३ बलमा २ चौका र २ छक्कासहित ५८ रनमा आउट भए । कुलदीप यादवले १ सय १४ बलमा ५ चौकासहित ४० रन जोडे । बंगलादेशका ताइजुल इस्लाम र मेहिदी हसन मिराजले समान चार विकेट लिए ।

May 17, 2024

सुदुरपश्चिम ललितपुर मेयर्स कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेश ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनशिपको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । लिग चरणको अन्तिम खेलमा बागमती प्रदेश विरुद्ध १०९ रनको फराकिलो जित दर्ता गर्दै सुदुरपश्चिमले एपिएफ क्लब विरुद्धको उपाधि भिडन्त पक्का गरेको हो । सुदुरपश्चिमले दिएको १५८ रनको विशाल लक्ष्य पछ्याएको बागमती १६.१ ओभरमा ४८ रनमा समेटियो […]

May 17, 2024

बुद्धशान्तिका युवा क्रिकेटरलाई बर्खा स्मृति प्रतिष्ठानले दियो खेल सामग्री

हिमाल खरेल, बिर्तामोड बुद्धशान्तिको बर्खा स्मृति प्रतिष्ठानले बुद्धशान्तिका युवा क्रिकेट खेलाडीलाई खेल सामग्री प्रदान गरेको छ । झापाको बुधबारेमा आयोजित एक कार्यक्रमका बीच प्रतिष्ठानले पालिकाबाट प्रतिनिधित्व गर्ने युवा क्रिकेटरलाई आवश्यक सामग्री प्रदान गरिएको अध्यक्ष मदन प्रसाईंले बताए । प्रसाईंका अनुसार खेलाडीहरुलाई अभाव रहेको ब्याट, लेदर बल, स्टम्प, ग्लोभ्सलगायत खेल सामग्री हस्तान्तरण गरिएको छ । खेल […]

May 17, 2024

अमेरिकामा हुने नेपालको अभ्यास खेल हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– अमेरिका र वेस्ट इन्डिजमा हुने टि२० विश्वकपको तयारीमा जुटिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अमेरिकाको ह्युस्टनमा खेल्ने दुई अभ्यास खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । नेपाली टोलीले मे २२ र २३ मा ह्युस्टन हरिकेन्ससँग दुई वटा टि२० अभ्यास खेल खेल्दैछ । हाम्रो खेलकुदले ती दुई खेलको ब्रोडकास्टिङ अधिकार प्राप्त गरेको […]

Success

Thank you for your time.