default_image

1 year ago

December 16, 2022

सिड्नी टि२० क्रिकेट इतिहासकै कम रनमा अल आउट

173 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियाको चर्चित बिग ब्यास लिगमा सिड्नी थन्डर एडिलेड स्ट्राइकर्ससँग १५ रनमै अल आउट हुँदै १ सय २४ रनको फराकिलो अन्तरले पराजित भएको छ । बिग ब्यास २०२२/२३ सिजनको पाँचौं खेलमा जितको लागि १ सय ४० रनको विजयी लक्ष्य पछ्याएको सिड्नी ५.५ ओभरमा १५ रनमा अल आउट भयो ।

यो टि२० क्रिकेट इतिहासकै सबैभन्दा कम योगफल हो । यसअघि टि२० क्रिकेटमा सबैभन्दा कम योगफल २०१९ मा टर्की चेक रिपब्लिकनविरुद्ध २१ रनमा अल आउट भएको थियो । एलेक्स हेल्स र राइली रोसोउ जस्ता ब्याटर टोलीमा रहेपनि सिड्नी १५ रनमै अल आउट भयो ।

बिग ब्यासमा यसअघि सबैभन्दा कम योगफल २०१५ मा मेलबर्न रेनेगड्स मेलबर्न स्टार्ससँग ५७ रनमा अल आउट भएको थियो । एडिलेडका तीव्र गतिका बलर हेनरी थोरन्टनले २.५ ओभरमा १ मेडनसहित ३ रन खर्चेर ५ विकेट लिए । वेस अगरले २ ओभरमा ६ रन खर्चेर ४ विकेट लिए ।

सिड्नीका पाँच खेलाडीले खाता खोल्न सकेनन् । दुबै ओपनर एलेक्स हेल्स र म्याथ्यु गिल्केस शून्यमा आउट भएका थिए । राइली रोसो ३, कप्तान जेसन संघा, एलेक्स रोस २, ड्यानिल साम्स र ओलिभर डेभिस एक एक रनमा आउट भएका थिए ।

टोलीका लागी सर्वाधिक रन १० औं नम्बरका ब्याटर ब्रेन्डन डगेटले एक चौका प्रहार गर्दै ४ रन जोडे । यो पुरुषतर्फ टि२० इतिहासकै कम योगफल हो । महिलातर्फ भने माल्दिभ्स र माली ६-६ रनमा अल आउट भएका छन् ।

May 17, 2024

सुदुरपश्चिम ललितपुर मेयर्स कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेश ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनशिपको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । लिग चरणको अन्तिम खेलमा बागमती प्रदेश विरुद्ध १०९ रनको फराकिलो जित दर्ता गर्दै सुदुरपश्चिमले एपिएफ क्लब विरुद्धको उपाधि भिडन्त पक्का गरेको हो । सुदुरपश्चिमले दिएको १५८ रनको विशाल लक्ष्य पछ्याएको बागमती १६.१ ओभरमा ४८ रनमा समेटियो […]

May 17, 2024

बुद्धशान्तिका युवा क्रिकेटरलाई बर्खा स्मृति प्रतिष्ठानले दियो खेल सामग्री

हिमाल खरेल, बिर्तामोड बुद्धशान्तिको बर्खा स्मृति प्रतिष्ठानले बुद्धशान्तिका युवा क्रिकेट खेलाडीलाई खेल सामग्री प्रदान गरेको छ । झापाको बुधबारेमा आयोजित एक कार्यक्रमका बीच प्रतिष्ठानले पालिकाबाट प्रतिनिधित्व गर्ने युवा क्रिकेटरलाई आवश्यक सामग्री प्रदान गरिएको अध्यक्ष मदन प्रसाईंले बताए । प्रसाईंका अनुसार खेलाडीहरुलाई अभाव रहेको ब्याट, लेदर बल, स्टम्प, ग्लोभ्सलगायत खेल सामग्री हस्तान्तरण गरिएको छ । खेल […]

May 17, 2024

अमेरिकामा हुने नेपालको अभ्यास खेल हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– अमेरिका र वेस्ट इन्डिजमा हुने टि२० विश्वकपको तयारीमा जुटिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अमेरिकाको ह्युस्टनमा खेल्ने दुई अभ्यास खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । नेपाली टोलीले मे २२ र २३ मा ह्युस्टन हरिकेन्ससँग दुई वटा टि२० अभ्यास खेल खेल्दैछ । हाम्रो खेलकुदले ती दुई खेलको ब्रोडकास्टिङ अधिकार प्राप्त गरेको […]

Success

Thank you for your time.