default_image

3 years ago

December 22, 2022

स्टोक्स महँगो मूल्यमा हैदराबाद जाने सम्भावना

205 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डका सुपर स्टार अलराउन्डर बेन स्टोक्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को मिनी अक्सनमा सर्वाधिक महँगो मूल्यमा विक्ने सम्भावना छ ।

मिनी अक्सन शुक्रबार कोचीमा हुनेछ । अक्सनमा कुल ४ सय ५ खेलाडी हुनेछन् । फ्रेन्चाइज टोलीमा बेन स्टोक्सको माग अत्याधिक भएपछि शुक्रबार उनीमाथि पैसाको वर्षा हुने सम्भावना देखिन्छ । स्टोक्सको नाम अक्सनमा १३ औं नम्बरमा छ । उनले आफ्नो न्यूनमत मूल्य २ करोड भारु राखेका छन् ।

दुई महिनअघि इंग्ल्यान्डलाई टि२० विश्वकप उपाधि जिताउन बेन स्टोक्सले सानदार प्रदर्शन गरेका थिए । फाइनलमा पाकिस्तानविरुद्ध स्टोक्सले ५२ रनको अविजित परिपक्क प्रदर्शन गर्दै उपाधि पक्का गराएका थिए । २०१९ को एकदिवसीय विश्वकप उपाधि जित्न बेन स्टोक्सले सानदार प्रदर्शन गरेका थिए ।

बायाँ हाते अलराउन्डर बेन स्टोक्सले अन्तर्राष्ट्रिय क्रिकेटमा तीनै शैलीमा उच्च प्रदर्शन गर्दै आएका छन् । ओडिआईबाट भने सन्न्यासको घोषणा गरि सकेका छन् । उनको कप्तानीमा इंग्ल्यान्डको टेस्ट टोलीले विष्फोटक ब्याटिङ गर्दै आएको छ । बेन स्टोक्स म्याच विनर अलराउन्डर र कप्तान हुँदा धेरै फ्रेन्चाइज टोली उनलाई भित्र्याउन खोज्नेछन् ।

बेन स्टोक्स सनराइजर्स हैदराबाद जाने उच्च सम्भावना छ । हैदराबादले यस सिजनको लागि कप्तान केन विलियम्सन र विकेटकिपर निकोलस पुरनलाई फुकुवा गरेको थियो । हैदराबादले विलियम्सन, पुरन, शेन एबोट र रोमारियो शेफर्डलाई फुकुवा गरेको थियो । हैदराबादलाई कप्तान आवश्यक हुँदा महँगो मूल्यमा हैदराबाद जाने सम्भावना उच्च देखिन्छ ।

अक्सनमा हैदराबादसँग सर्वाधिक धेरै ४२ करोड २५ लाख भारु छ । चार विदेशी खेलाडीको कोटा बाँकी छ । कुल १३ खेलाडी अक्सनमा किन्नसक्छ । अक्सनमा बेन स्टोक्सलाई हैदराबादसँगै मुम्बई इन्डियन्स, पन्जाब किंग्स, लखनउ सुपर जायन्ट्स, मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सबीच कडा प्रतिस्पर्धा हुने सम्भावना देखिन्छ ।

हैदराबादसँग धेरै पैसा हुँदा त्यसको फाइदा उठाउँदै भित्र्याउन सक्छ । कप्तान आवश्यक हुँदा बेन स्टोक्सलाई नै किन्ने उच्च सम्भावना देखिन्छ । पन्जाबसँग अक्सनमा ३२ करोड भारु बाँकी छ । पन्जाबको नजर साम करनमाथि हुन सक्छ । साम करन डेथ ओभर स्पेलिष्ट अलराउन्डर हुँदा पन्जाब उनलाई अक्सनमा उनलाई भित्र्याउन सक्छ । साम करन नपाउँदा भने बेन स्टोक्स उसको रोजाईमा हुनेछ ।

उता चेन्नई पनि महेन्द्रसिंह धोनीपछिको स्थायी कप्तानको खोजीमा छ । गतवर्ष पहिलो पटक रविन्द्र जडेजालाई कप्तानी दिएपनि पछि पुन धोनीले गरेका थिए । धोनी आफ्नो करिअरको अन्तिम समयतिर छन् । त्यसैले बेन स्टोक्स राम्रो विकल्प हुन सक्छन् । चेन्नईसँग अक्सनमा २० करोड ४५ लाख भारु रकम छ ।

काइरन पोलार्डले सन्न्यास लिएपछि मुम्बई पनि बेन स्टोक्समा लगानी गर्ने देखिन्छ । गतवर्ष हार्दिक पान्ड्यालाई फुकुवा गरेपछि मुम्बई कमजोर देखिएको थियो । हार्दिक र पोलार्ड नभएपछि मुम्बई म्याच विनर स्टार अलराउन्डर चाहन्छ ।

लोकेश राहुल कप्तान रहेको लखउन बेन स्टोक्सलाई किन्न खोज्नेछ । लखनउसँग २३ करोड ३५ लाख भारु छ । अन्य टोली पनि भित्र्याउन खोज्ने देखिन्छ । अक्सनमा बेन स्टोक्स, साम करन र क्यामरन ग्रीन अलराउन्डरका सवैभन्दा राम्रा विकल्प हुन् । त्यसमा बेन स्टोक्स पहिलो रोजाईमा पर्नेछन् ।

आइपिइलमा बेन स्टोक्स

बेन स्टोक्सलाई २०१७ को अक्सनमा राइजिङ पुणे सुपर जायन्ट्सले १४ करोड ५० लाख भारुमा अनुबन्ध गरेको थियो । बेन स्टोक्सलाई २०१८ मा राजस्थान रोयल्सले १२ करोड ५० लाख भारुमा किनेको थियो । न्यूनतम मूल्य २ करोड राखेका स्टोक्सलाई किन्न त्यस अक्सनमा चेन्नई, पन्जाब, कोलकाता हुँदै राजस्थानले किनेको थियो ।

स्टोक्सले गतवर्ष आइपिएल खेलेनन् । बुबाको मृत्युपछि उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट नै विश्राम लिएका थिए । त्यसैको कारण टि२० विश्वकप समेत खेलेका थिएनन् । बेन स्टोक्सले ४३ आइपिएल खेलमा २ शतकसहित कुल ९ सय २० रन बनाउनुको साथै २८ विकेट लिएका छन् ।

२०२० को आइपिएलमा राजस्थान रोयल्सले मुम्बईविरुद्ध १ सय ९६ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा बेन स्टोक्सले १ सय ७ रनको सानदार शतकीय इनिङ खेलेका थिए । २०१७ मा पुणेबाट गुजरातविरुद्ध १ सय ३ रनको शतकीय इनिङ खेलेका थिए ।

आइपिएल इतिहासमा सर्वाधिक महँगो मूल्य २०२१ मा राजस्थान रोयल्सले १६ करोड २५ लाख रुपैयाँ खर्चेको थियो । जुन अक्सनमा कुनैपनि खेलाडीले प्राप्त गरेको सर्वाधिक बढी रकम हो ।

यो पनि : आइपिएल अक्सनमा पैसा वर्षा हुनसक्ने पाँच खेलाडी

आइपिएल अक्सनमा कमजोर बेंगलोर र कोलकाता

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.