default_image

1 year ago

December 22, 2022

नेपाल टि२० लिग शनिबार देखि सुरुहुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल टि२० लिग शनिबार देखि सुरु हुने भएको छ । क्यानले एक प्रेस विज्ञप्ति जारी गर्दै प्राविधिक कारणले एकदिन पछि सरेको जनाएको छ । त्यस्तै क्यानले प्रतियोगिता निर्देशकमा क्यानका महाप्रबन्धक वृतान्त खनाललाई नियुक्त गरेको जनाएको छ । नेपाल टि२० लिग यो तेस्रो पटक सरेको […]

93 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल टि२० लिग शनिबार देखि सुरु हुने भएको छ । क्यानले एक प्रेस विज्ञप्ति जारी गर्दै प्राविधिक कारणले एकदिन पछि सरेको जनाएको छ ।

त्यस्तै क्यानले प्रतियोगिता निर्देशकमा क्यानका महाप्रबन्धक वृतान्त खनाललाई नियुक्त गरेको जनाएको छ । नेपाल टि२० लिग यो तेस्रो पटक सरेको हो । प्रतियोगिता पुष ८ देखि २६ सम्म हुने बताइएको थियो ।

‘प्रतियोगिता एकदिन पछि सरेको छ । तालिका अनुसार पहिलो दिनको खेलबाट सुरु गर्ने कि । त्यो खेललाई अन्तिममा गरेर तालिका अनुसार नै नियमित गर्ने भन्ने छलफल भई सकेको छ’, क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने । खेल ढिलाई विदेशी खेलाडीको श्रम स्वीकृतिको कारण भएको हो । चन्द सबै प्रक्रिया सकेको हुँदा श्रम स्वीकृति आउने बताए ।

असोज ८ देखि गर्ने मिति तोकिएपनि अन्तिम समयमा निर्वाचन र सुरक्षाको कारण असोज सम्म सारेको थियो । दोस्रो पटक सर्दा प्रतियोगिता मंसिर २६ देखि पुष १६ हुने बताइएको थियो ।

प्रतियोगितामा काठमाडौं नाइट्स, पोखरा एभेन्जर्स, विराटनगर सुपर किंग्स, लुम्बिनी अल स्टार्स, जनकपुर रोयल्स र फार वेस्टर्न युनाइटेड छन् । क्यानले विना खुल्ला प्रतिस्पर्धा विना सेभेन थ्री स्पोर्ट्सलाई नेपाल टि२० लिग आयोजना अधिकार ८ वर्षका लागि ३३ करोडमा बेचेको थियो ।

यो पढ्नुहोस् : नेपाल टि२० लिग : सुनसान तयारी, सम्पर्कविहीन क्यान!

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

May 4, 2024

सिरिजको अन्तिम खेलमा नेपाललाई बलियो लक्ष्य 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपालले बलियो लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनायो ।  वेस्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्जेले २९ बलमा १ चौका […]

May 4, 2024

नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको पाँचौं खेलमा पनि नेपालले टस हारेको छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले फिल्डिङ गर्ने भएको छ । नेपालले सिरिजको सबै खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले आज पछिल्लो खेलमा हार […]

Success

Thank you for your time.