default_image

1 year ago

December 23, 2022

पहिलो अक्सनमा ब्रुकमाथि हैदराबादको करोडौं मूल्य

एजेन्सी – इंग्ल्यान्डका युवा ब्याटर ह्यारी ब्रुक इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को मिनी अक्सनमा महँगो मूल्यमा पुगेका छन् । सनराइजर्स हैदराबादमा उनी १३ करोड २५ लाख भारुमा पुगेका छन् । ब्रुकको यो पहिलो अक्सन समेत हो । न्यूनतम मूल्य १ करोड ५० लाख भारु राखेका ह्यारी ब्रुकलाई किन्न सुरुवाती समय रोयल च्यालेन्जर्स बेंगलोर र […]

123 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डका युवा ब्याटर ह्यारी ब्रुक इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को मिनी अक्सनमा महँगो मूल्यमा पुगेका छन् । सनराइजर्स हैदराबादमा उनी १३ करोड २५ लाख भारुमा पुगेका छन् । ब्रुकको यो पहिलो अक्सन समेत हो ।

न्यूनतम मूल्य १ करोड ५० लाख भारु राखेका ह्यारी ब्रुकलाई किन्न सुरुवाती समय रोयल च्यालेन्जर्स बेंगलोर र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा भएको थियो । पछि सनराइजर्स हैदराबादले पनि उनीमाथि मूल्य लगाएको थियो । हैदराबाद र राजस्थानबीच चर्को प्रतिस्पर्धा भएपछि उनले महँगो मूल्य पाएका छन् । पछि राजस्थानले छोडेको थियो ।

टि२० विश्वकप च्याम्पियन ह्यारी युवा पुस्ताका तीनै शैलीमा सानदार प्रदर्शन गर्दै आएका छन् । उनलाई इंग्ल्यान्डका पूर्व कप्तान केभिन पिटरसन र भारतीय विराट कोहलीसँग तुलना गरिन्छ ।

मध्यक्रमका भरपर्दा ब्याट ब्रुक आक्रामक ब्याटिङ गर्ने गर्दछन् । २३ वर्षीय उनले २० खेलमा ३ सय ७२ रन बनाएका छन् । गत अक्टोबरमा पाकिस्तानसँग सात टि२० आई खेलको सिरिजमा २ सय ३८ रन बनाउँदै प्लेयर अफ द सिरिज बनेका थिए । पाकिस्तानसँगको जारी टेस्ट सिरिजमा उनले क्रमश : १५३, ८७, ९, १ सय ८ र १ सय ११ रनमा आउट भएका छन् । १ सय ५३ रनको इनिङ खेल्नेक्रममा उनले एकै ओभरमा छ बलमा ६ चौका हानेका थिए ।

न्यूनतम मूल्यमा २ करोड राखेका केन विलियम्सन गुजरात टाइटन्स पुगेका छन् । सनराइजर्स हैदराबादले यसै सिजन विलियम्सनलाई फुकुवा गरेको थियो ।

आइपिएल पहिलो सेटमा ब्याटर रहेका छन् । मयंक अग्रवाल, ह्यारी ब्रुक, अजिक्या रहाणे, जो रुट, केन विलियम्सन र राइली रोसोउ रहेका छन् । दोस्रो सेट अलराउन्डरको छ । अलराउन्डरमा साम करन, क्यामरन ग्रीन, सकिब अल हसन, जेसन होल्डर, सिकन्दर राजा, ओडेन स्मिथ र बेन स्टोक्स छन् ।

न्यूनतम २ करोड भारु राखेका साम करन, बेन स्टोक्स र क्यामरन ग्रीन महँगो मूल्यमा बिक्ने अनुमान गरिएको छ । तेस्रो सेटमा विकेटकिपर ब्याटर छन् । विकेटकिपर ब्याटरमा टम ब्यान्टन, लिटन दास, हेनरिक क्लासेन, कुशल मेन्डिस, निकोलस पुरन र फिलिप साल्ट छन् ।

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

Success

Thank you for your time.