3 years ago
December 23, 2022
एजेन्सी – न्युजिल्यान्डका सर्वाधिक सफल कप्तान केन विलियम्सनलाई इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को मिनी अक्सनमा १९ करोड घाटा लागेको छ ।

विलियम्सनलाई गतवर्ष सनराइजर्स हैदराबादले १४ करोड भारुमा टोलीमै रिटेन गरेको थियो । विलियम्सनलाई टोलीमा राख्न हैदराबादले अफगानिस्तानका राशिद खानलाई फुकुवा गरेको थियो ।
तर यस सिजनमा भने अक्सनमा गुजरात टाइटन्सले केन विलियम्सनलाई न्यूनतम मूल्य २ करोड भारुमा किनेको छ । गुजरात बाहेक अन्य कुनैपनि टोलीले उनलाई किन्न रुचि देखाएनन् । विलियम्सनलाई अघिल्लो वर्ष तुलनामामा १२ करोड भारु अर्थात १९ करोड २० लाख नेपाली रुपैयाँ घाटा लागेको हो । हैदराबादले उनलाई रिलिज नगरेको भए उक्त पैसा पाउथे । हैदराबादले टोलीबाट फुकुवा गर्दा विलियम्सनलाई १९ करोड नेपाली रुपैयाँ घाटा लागेको हो ।

विलियम्सन यसअघि २०१५ देखि २०१७ सम्म ६० लाख भारुमा हैदराबादमा थिए । हैदराबादले २०१८ देखि २०२१ सम्म विलियम्सनलाई ३ करोड भारुमा राखेको थियो । गतवर्ष केन विलियम्सनले हैदराबादबाट कप्तानी गर्दै १३ खेलमा १ अर्धशतकसहित २ सय १६ रन बनाएका थिए ।
२०१८ को आइपिएलमा हैदराबादलाई फाइनलमा पुर्याउन केन विलियम्सनले सानदार प्रदर्शन गर्दै ७ सय ३५ रन बनाउँदै ओरेन्ज क्याप जितेका थिए । विलियम्सनले ७६ आइपिएल खेलमा १८ अर्धशतकसहित २ हजार १ सय १ रन बनाएका छन् ।
यस अक्सनमा इंग्ल्यान्डका साम करनलाई आइपिएल इतिहासकै सर्वाधिक महँगो मूल्य १८ करोड ५० लाख भारुमा पन्जाब किंग्सले किनेको छ । त्यस्तै मुम्बई इन्डियन्सले अष्ट्रेलियाका क्यामरन ग्रीनलाई १७ करोड ५० लाख भारुमा किनेको छ । इंग्ल्यान्डका बेन स्टोक्स १६ करोड २५ लाखमा चेन्नई सुपर किंग्स पुगेका छन् ।
यो पनि पढ्नुहोस् : आइपिएल २०२३ का सर्वाधिक महँगा पाँच खेलाडी
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]