default_image

3 years ago

December 24, 2022

इंग्ल्यान्डका तीन खेलाडीलाई आइपिएलमा ७७ करोड

165 views

0 Bookmark

एजेन्सी – टि२० विश्वकप विजेता इंग्ल्यान्डका तीन खेलाडी बेन स्टोक्स, साम करन र ह्यारी ब्रुकले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को मिनी अक्सनमा कुल ७७ करोड नेपाली रुपैयाँमा बिकेका छन् ।

टि२० विश्वकपमा सानदार प्रदर्शनपछि अक्सनमा यी तीन खेलाडीमाथि धनको वर्षा भएको हो । साम करनलाई पन्जाब किंग्सले इतिहासकै सर्वाधिक १८ करोड ५० लाख भारु अनुबन्ध गरेको थियो । यो आइपिएल इतिहासमा कुनैपनि खेलाडीले पाएको सर्वाधिक मूल्य थियो ।

उनीपछि यसै अक्सनमा अष्ट्रेलिया अलराउन्डर क्यामरन ग्रीनलाई मुम्बई इन्डियन्सले १७ करोड ५० लाख भारुमा अनुबन्ध गरेको छ । यी दुई खेलाडी आइपिएल इतिहासकै सर्वाधिक महँगो मूल्य पाउने खेलाडी हुन् ।

यसअघि अक्सनमा दक्षिण अफ्रिका क्रिस मोरिसले २०२१ मा राजस्थान रोयल्सबाट १६ करोड २५ लाख भारु पाएका थिए । त्यो नै अक्सनमा एक खेलाडीले पाएको सर्वाधिक रकम थियो । रिटनमा भने विराट कोहलीले रोयल च्यालेन्जर्स बेंगलोरबाट २०१८ देखि २०२१ सम्म तथा लखउनले लोकेश राहुललाई २०२२ देखि १७ करोड भारुमा अनुबन्ध गरेको थियो ।

इंग्ल्यान्डका अलराउन्डर बेन स्टोक्सलाई चेन्नई सुपर किंग्सले १६ करोड २५ लाख भारुमा अनुबन्ध गर्यो । सनराइजर्स हैदराबादले मध्यक्रमका ब्याटर ह्यारी ब्रुकलाई १३ करोड २५ लाख भारुमा अनुबन्ध गर्यो ।

साम करनको १८ करोड ५० लाख, बेन स्टोक्सको १६ करोड २५ लाख र ह्यारी ब्रुकको १३ करोड कुल रकम जोड्दा ४८ करोड भारु हुन्छ । ४८ करोड भारु नेपाली रुपैयाँ ७७ करोड हुन आउँछ ।

इंग्ल्यान्डलाई विश्वकप जिताउन साम करनले मात्रै ६ खेलमा १३ विकेट लिएका थिए । फाइनलमा पाकिस्तानविरुद्ध साम करनले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिएका थिए । साम करन टि२० विश्वकपका प्लेयर अफ द फाइनल र सर्वोत्कृष्ट दुबै चुनिएका थिए । साम करनले ओपनिङ देखि फिनिसर सम्म राम्रो ब्याटिङ गर्ने गर्दछन् ।

बायाँ हाते अलराउन्डर साम करनलाई किन्न अक्सनमा मुम्बई इन्डियन्स, रोयल च्यालेन्जर्स बेंगलोरबाट प्रतिस्पर्धा सुरु भएको थियो । त्यसपछि राजस्थान र चेन्नई सुपर किंग्सबीच कडा प्रतिस्पर्धा हुँदा इतिहासकै सर्वाधिक मूल्य पाएका हुन् ।

त्यस्तै बेन स्टोक्स विश्व क्रिकेटकै उत्कृष्ट अलराउन्डर हुन् । बायाँ हाते बेन स्टोक्सकै उत्कृष्ट प्रदर्शनमा इंग्ल्यान्डले २०१९ को एकदिवसीय विश्वकप र २०२२ को टि२० विश्वकप उपाधि जितेको थियो ।

चेन्नईले महेन्द्रसिंह धोनीपछि बेन स्टोक्सलाई नै कप्तान बनाउने देखिन्छ । स्टोक्सको कप्तानीमा इंग्ल्यान्डको टेस्ट टोलीले सानदार प्रदर्शन गर्दै आएको छ । टोलीलाई जे चाहिँयो त्यहिँ गुण भएपछि स्टोक्सले महँगो मूल्य पाएका हुन् ।

ह्यारी ब्रुक मध्यक्रमका भरपर्दा ब्याटर हुन् । २३ वर्षीय ब्रुकलाई किन्न राजस्थान, बेंगलोर र हैदराबादबीच कडा प्रतिस्पर्धा भएको थियो । टि२० विश्वकप विजेता ब्रुकले अन्तर्राष्ट्रिय क्रिकेटमा सानदार प्रदर्शन गर्दै आएका छन् । यसै साता पाकिस्तानसँगको तीन टेस्ट खेलको सिरिजमा तीन शतकसहित प्लेयर अफ द सिरिज चुनिएका थिए ।

ब्रुकलाई इंग्ल्यान्डका केभिन पिटरसन र भारतका विराट कोहलीसँग तुलना गरिन्छ । अग्ला कदका ब्रुक मध्यक्रममा विष्फोटक र भरपर्दो ब्याटिङ गर्ने हुँदा हैदराबादले महँगो मूल्यमा टोलीमा किनेको हो ।

आइपिएल २०२३ का सर्वाधिक महँगा पाँच खेलाडी

आइपिएल अक्सनमा विलियम्सनलाई १९ करोड घाटा!

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.