default_image

1 year ago

December 25, 2022

पाकिस्तानी बलरले लिए भारतीय विश्वकप विजेता कप्तानको विकेट

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय यू–१९ विश्वकप विजेता कप्तान उन्मुक्त चन्द्र नेपाल टि२० लिगमा दोस्रो खेलमा पनि सुरुवातमै आउट भएका छन् । लुम्बिनी अल स्टार्सका ओपनर उन्मुक्त विराटनगर सुपर किंग्सविरुद्ध दोस्रो ओभरको पाँचौं बलमा टप एज लागेर दुई रनमै आउट भएका छन् । पाकिस्तानका तीव्र गतिका बलर हुसन तालतको दोस्रो ओभरको पाँचौं बलमा उन्मुक्त टप […]

218 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय यू–१९ विश्वकप विजेता कप्तान उन्मुक्त चन्द्र नेपाल टि२० लिगमा दोस्रो खेलमा पनि सुरुवातमै आउट भएका छन् ।

लुम्बिनी अल स्टार्सका ओपनर उन्मुक्त विराटनगर सुपर किंग्सविरुद्ध दोस्रो ओभरको पाँचौं बलमा टप एज लागेर दुई रनमै आउट भएका छन् । पाकिस्तानका तीव्र गतिका बलर हुसन तालतको दोस्रो ओभरको पाँचौं बलमा उन्मुक्त टप एज लागेर विकेटकिपर विकेटकिपर अर्जुन साउदबाट क्याच आउट भए ।

हुसन तालतले पाकिस्तानबाट १ ओडिआई र १८ टि२० आई खेल खेलेका छन् । उनी तीव्र गतिसँगै शीर्षक्रममा राम्रो ब्याटिङ गर्नेगर्दछन् । पहिलो खेलमा उन्मुक्त चन्द फार वेस्ट युनाइटेडविरुद्ध २ रनमा क्याच आउट भएका थिए । उनी करण केसीको बलमा विकेटकिपर विनोद भण्डारीबाट क्याच आउट भएका थिए ।

भारतीय सिनियर टोलीमा लामो समय प्रतिक्षा गरिरहँदा पनि मौका नपाएपछि चन्दले गत वर्ष सन्न्यासको घोषणा गर्दै अमेरिका लागेका थिए । एक समय चन्दलाई भारतीय क्रिकेटको ब्याटिङको भविष्य मानिन्थ्यो । तर भारतीय क्रिकेटमा तीव्र प्रतिस्पर्धामा उनले आफ्नो स्थान बनाउन सकेनन् ।

चन्दको कप्तानीमा भारतले सन् २०१२ मा यू-१९ विश्वकप जितेको थियो । त्यसअघि २००८ मा विराट कोहलीको कप्तानीमा भारतले फाइनलमा दक्षिण अफ्रिकालाई डकवर्थ लेविस पद्धतिको आधारमा १२ रनले हराउँदै यू१९ विश्वकप जितेको थियो । भारतीय क्रिकेट टोलीमा विराट कोहलीले लगातार सानदार प्रदर्शन गरेपछि चन्दले टोलीमा स्थान बनाउन सकेका थिएनन् ।

चन्दले फाइनलमा अष्ट्रेलियालाई ६ विकेटले हराउँदै भारतलाई उपाधि जिताउँदा १ सय ३० बलमा ७ चौका र ६ छक्का सहित कुल १ सय ११ रनको उत्कृष्ट शतकीय इनिङ खेलेका थिए । अमेरिकाबाट क्रिकेट खेल्ने तयारीमा छन् ।

उनले आइपिएल दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबाट खेलेका छन् । सुरुवाती समय दिल्लीबाट घरेलु क्रिकेट खेलेका उनले त्यहाँ राम्रो मौका नपाएपछि पछिल्लो समय उत्तरखण्डबाट खेलेका थिए । चन्दले ७७ प्रथम श्रेणी, १ सय २० लिष्ट ए र ७७ टि२० आई खेलेका छन् ।

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

Success

Thank you for your time.