default_image

1 year ago

December 25, 2022

बंगलादेशमाथि भारतको संघर्षपूर्ण जित

काठमाडौं –भारतले दोस्रो टेस्ट खेलमा घरेलु टोली बंगलादेशमाथि तीन विकेटको संघर्षपूर्ण जित हात पारेको छ । योसँगै दुई टेस्ट खेलको सिरिजमा भारतले क्लिनस्विप गरेको छ । जितको लागि १ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको भारतले ७ विकेट गुमाउँदै पूरा गर्यो । चौथौ दिन ४५-४ को अवस्थाबाट सुरुवात गरेको भारत एक समय ७४-७ को दयनीय […]

114 views

0 Bookmark

काठमाडौं –भारतले दोस्रो टेस्ट खेलमा घरेलु टोली बंगलादेशमाथि तीन विकेटको संघर्षपूर्ण जित हात पारेको छ । योसँगै दुई टेस्ट खेलको सिरिजमा भारतले क्लिनस्विप गरेको छ ।

जितको लागि १ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको भारतले ७ विकेट गुमाउँदै पूरा गर्यो । चौथौ दिन ४५-४ को अवस्थाबाट सुरुवात गरेको भारत एक समय ७४-७ को दयनीय अवस्थामा पुगेको थियो । तर आठौं विकेटका लागि श्रेयस ऐर र रविचन्द्रन आश्विनले १७.३ ओभरमा ७१ रनको अविजित साझेदारी गर्दै जित पक्का गराए ।

श्रेयस ऐर ४६ बलमा ४ चौकासहित २९ रनमा अविजित रहे । रविचन्द्रन आश्विनले ६२ बलमा ४ चौका र १ छक्कासहित ४२ रनमा अविजित रहे । भारतका अक्षर पटेल ६९ बलमा ४ चौकासहित ३४ रनमा आउट भए ।

भारतका प्रमुख ब्याटर विराट कोहली एक रनमै आउट भए । कोहलीले यस टेस्ट सिरिजमा राम्रो प्रदर्शन गर्न सकेनन् । दुई टेस्ट खेलको सिरिजमा कोहली यस सिरिजमा क्रमश : १, १९, २४ र १ रन बनाए ।

स्पिनर मेहिदी हसन मिराजको बलमा कोहली एक रनमा मोमिनुल हकबाट क्याच आउट भए । कप्तान लोकेश राहुल २, ओपनर शुभमन गिल ७ र चेतेश्वर पुजारा ६ रनमा आउट भए । बंगलादेशका मेहिदी हसन मिराजले सर्वाधिक पाँच र सकिब अल हसनले दुई विकेट लिए ।

त्यसअघि बंगलादेश दोस्रो इनिङमा २ सय ३१ रनमा अल आउट भयो । पहिलो इनिङमा ८७ रनलेपछि पर्दा समग्रमा १ सय ४४ रनको अग्रता लिएको थियो । बंगलादेशका लिटन दासले ९८ बलमा ७ चौकासहित सर्वाधिक ७३ रन बनाए । तल्लोक्रमका तस्किन अहमद र नुरुल हसनले ३१-३१ रन बनाए ।

पहिलो खेलमा शतक हानेका ओपनर जकिर हसनले १ सय ३५ बलमा ५ चौकासहित सर्वाधिक ५१ रन बनाए । कप्तान सकिब अल हसन १३ र मुश्फिकुर रहिम ९ रनमा आउट भए । भारतका अक्षर पटेलले सर्वाधिक तीन विकेट लिए । मोहम्मद शिराज र रविचन्द्रन आश्विनले दुई दुई विकेट लिए ।

भारत पहिलो इनिङमा ३ सय १४ रनमा अल आउट हुँदै कुल ८७ रनको अग्रता लिएको थियो । एक समय भारतलाई विशाल रनको अग्रता लिने अवसर थियो । तर चियापछि भारतीय ब्याटर क्रिजमा टिक्न सकेनन् ।

विकेटकिपर ऋषभ पन्त १ सय ५ बलमा ७ चौका र ५ छक्कासहित ९३ रनमा आउट भए । पन्त स्पिनर मेहिदी हसन मिराजको बलमा नुरुल हसनबाट क्याच आउट भए । पन्त आउट भएको तीन ओभरपछि श्रेयस ऐर सकिब अल हसनको बलमा ८७ रनमा एलबीडब्लू आउट भए । ऐरले १ सय ५ बलमा १० चौका र २ छक्का हाने ।

एक समय ९४–४ को कमजोर अवस्थामा पुगेको भारतलाई पाँचौं विकेटका लागि ऋषभ पन्त र श्रेयस ऐरले १ सय ५९ रनको साझेदारी गर्दै २५३–४ को मजबुत अवस्थामा पुर्याए । तर भारतले अन्तिम ६ विकेट ६१ रन जोड्न गुमाएपछि विशाल अग्रता लिन सकेन ।

भारतका कप्तान लोशेक राहुल १०, शुमभन गिल २०, चेतेश्वर पुजारा र विराट कोहली २४–२४ रनमा आउट भए । बंगलादेशका सकिबल अल हसन र ताइजुल इस्लामले चार चार विकेट लिए ।

त्यसअघि शेरे नेशनल क्रिकेट स्टेडियम मिरपुरमा टस जितेर पहिला ब्याटिङ थालेको रोजेको बंगलादेश २ सय २७ रनमा अल आउट भायो । बंगलादेशका शीर्षक्रमका ब्याटर मोमिनुल हकले १ सय ५७ बलमा १२ चौका र १ छक्कासहित सर्वाधिक ८४ रन बनाए । उनी स्पिनर आश्विनको क्यामरम बलमा कट विहाइन्ड आउट भए ।

हक बाहेक अन्य बंगलादेशका ब्याटर मैदानमा टिकेर रन बनाउन सकेनन् । सुरुवात राम्रो गर्दै आउट भएका थिए । ओपनर नाज्मुल हसन शान्टो २४ र पहिलो टेस्टको डेब्यू खेलमा शतक हान्ने जकिर हसन १५ रनमा आउट भए ।

कप्तान सकिब अल हसन खराब सट खेल्दै १६ रनमा मिडअफमा चेतेश्वर पुजाराबाट आउट भए । त्यसपछि क्रिजमा आएका मुश्फिकुर रहिम २५ र लिटन दास २५ रनमा आउट भए । एकतर्फबाट हकले बंगलादेशको इनिङ सम्हाल्ले पनि अर्कोतर्फबाट लगातार विकेट गुमायो । क्रिजमा हकलाई कुनैपनि ब्याटरले राम्रो साथ दिन सकेनन् ।

भारतका उमेश यादव र रविचन्द्रन आश्विनले चार चार विकेट लिए । १२ वर्षपछि टेस्टमा पूनरागमन गरेका जयदेव उनादकटले दुई विकेट लिए । पहिलो खेलमा भारत १ सय ८८ रनले विजयी भएको थियो ।

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

Success

Thank you for your time.