default_image

1 year ago

December 25, 2022

जनकपुरका कप्तानलाई सिद्धान्तले हाने एकै ओभरमा चार छक्का

काठमाडौं (हाम्रो खेलकुद) – पोखरा एभेन्जर्सका हिटर सिद्धान्त लोहनीले नेपाल टि२० लिगमा जनकपुर रोयल्सका कप्तान ट्रेभोन ग्रिफिथलाई एकै ओभरमा चार छक्का हानेका छन् । टस हारेर पहिला ब्याटिङ थालेको पोखराका सिद्धान्त लोहनीले दशौं ओभरमा ट्रेभोनलाई चार छक्का हानेका हुन् । स्पिनर उनलाई सिद्धान्तले दशौं ओभरको सुरुवाती दुई बलमा लगातार दुई छक्का हानेका थिए । तेस्रो […]

96 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पोखरा एभेन्जर्सका हिटर सिद्धान्त लोहनीले नेपाल टि२० लिगमा जनकपुर रोयल्सका कप्तान ट्रेभोन ग्रिफिथलाई एकै ओभरमा चार छक्का हानेका छन् ।

टस हारेर पहिला ब्याटिङ थालेको पोखराका सिद्धान्त लोहनीले दशौं ओभरमा ट्रेभोनलाई चार छक्का हानेका हुन् । स्पिनर उनलाई सिद्धान्तले दशौं ओभरको सुरुवाती दुई बलमा लगातार दुई छक्का हानेका थिए । तेस्रो बलमा दुई रन लिँदा त्यसपछि चौथो र पाँचौं बलमा लगातार दुई छक्का हानेका थिए ।

आठौं ओभरको पाँचौं बलमा आमिर हम्जा १८ रनमा आउट भएपछि कप्तान शरद भेषावकरले सिद्धान्तलाई ब्याटिङका लागि पठाएका थिए । सोमपाल कामीले उपुल थरंगालाई दुई रनमै क्याच आउट गराए ।

पोखराले १० ओभरमा २ विकेट गुमाउँदै ९१ रन बनाएको छ । सिद्धान्त ११ बलमा ४ छक्कासहित २८ रनमा अविजित छन् । आसिफ शेख २६ बलमा ४ चौका र २ छक्कासहित ४१ रनमा खेलेका छन् । जनकपुरका कप्तान ग्रिफिकले २ ओभरमा ४३ रन खर्चिएका छन् । पहिलो खेलमा पोखरा काठमाडौं नाइट्स २६ रनले पराजित भएको थियो ।

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

Success

Thank you for your time.