default_image

1 year ago

December 25, 2022

बागमतीको महिला टोलीले ङकङलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – बागमती महिला क्रिकेट टोलीले पहिलो ४० ओभरको अभ्यास खेलमा हङकङ महिला क्रिकेट क्लबलाई दुई विकेटले हराएको छ । मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको २९.१ ओभरमा १ सय ७० रनमा अल आउट भयो । हङकङको टिममा राष्ट्रिय टिमकी कप्तान क्यारी चेनले २५ बलमा ४ चौका र १ छक्कासहित ३१ […]

130 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बागमती महिला क्रिकेट टोलीले पहिलो ४० ओभरको अभ्यास खेलमा हङकङ महिला क्रिकेट क्लबलाई दुई विकेटले हराएको छ । मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको २९.१ ओभरमा १ सय ७० रनमा अल आउट भयो ।

हङकङको टिममा राष्ट्रिय टिमकी कप्तान क्यारी चेनले २५ बलमा ४ चौका र १ छक्कासहित ३१ रनमा आउट भइन् । लेमोन चेरीले २८ बलमा ३१ रन बनाइन् । तम्मी चुले २५ बलमा ३ चौकासहित २५ रनमा आउट भइन् ।

बागमतीकी सोनी पाख्रिनले ५.१ ओभरमा ३० रन खर्चेर ४ विकेट लिए । खुशी डेंगोलले ८ ओभरमा ४७ रन खर्चेर २ विकेट लिइन् । विपिशा शाहीले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिइन् । कृष्मा गुरुङ र अश्मिना कर्माचार्यले एक एक विकेट लिइन् ।

जितको लागि १ सय ७१ रनको विजयी लक्ष्य पछ्याएको बागमतीले ३९ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । बागमतीका अस्मिता खरेलले ५६ बलमा ७ चौकासहित ४२ रन बनाइन् ।

कन्चन श्रेष्ठ ९, सोनी पाख्रिन १८, हेलिसा गुरुङ १२, अश्मिना कर्माचार्य १३, विन्दा कटवालले शून्य, करिष्मा गुरुङ १३ र मनिशा मजाकोटी ४ रनमा आउट भइन् । सलिना सिलवाल ४७ बलमा २ चौकासहित २० र खुशी डंगोलले ५ रन बनाइन् । हङकङी बेट्टी चेनले सर्वाधिक दुई विकेट लिइन् ।

प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश, पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर र बागमती प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा बागमती प्रदेश आमन्त्रण क्रिकेट श्रृंखला खेलेको हो ।

श्रृंखलामा नवौं राष्ट्रिय खेलकुदमा सहभागी बागमती प्रदेशको महिला टोली र हङकङ क्रिकेटको महिला टिमबीच दुई फम्र्याटको ४ मैत्रीपूर्ण खेल खेलाइने छ । दुई खेल ४० ओभरको हुनेछ भने बाँकी २ खेल टी– २० हुने छ ।

४० ओभरको दोस्रो खेल सोमबार हुनेछ । डिसेम्बर २७ र २९ तारिखमा टी– २० खेल हुनेछ । बागमती प्रदेशको महिला टिमले नवौं राष्ट्रिय खेलकुदमा कांस्य पदक जितेको थियो ।हङकङको टिममा राष्ट्रिय टिमकी कप्तान क्यारी चेनसहित राष्ट्रिय टिमको प्रतिनिधित्व गरिसकेका अन्य ६ खेलाडी छन् ।

April 29, 2024

ओपनर कुशल ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेललाई केटिएम कन्सल्टिङ ग्रुपले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । ओपनर भुर्तेललाई एक वर्षका लागि एम्बेसडर नियुक्त गरिएको हो । ग्रुपले आफ्नो व्यापारको प्रवर्द्धनसँगै सामाजिक विकासका लागि यो कदम लिएको बताएको छ । दुवैले एकसाथ खेलकुद र शिक्षा क्षेत्रमा बेग्लै पथ तयार पार्ने ग्रुपको विश्वास […]

April 29, 2024

कर्णालीलाई पराजित गर्दै लुम्बिनीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ । मूलपानी क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा कर्णाली प्रदेश माथि २१ रनको जित हासिल गर्दै उपाधि कब्जा गरेको हो । लुम्बिनीले दिएको ११७ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली १५.३ ओभरमा ८५ रनमै समेटियो । कर्णालीका लागि विपिन […]

April 29, 2024

हैदराबादविरुद्ध चेन्नाईको सहज जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आईतबार भएको दोस्रो खेलमा चेन्नाई सुपर किंग्सले सहज जित दर्ता गरेको छ । चेन्नाईले सनराईजर्स हैदराबाद माथि ७८ रनको फराकिलो जित दर्ता गरेको हो । चेन्नाईले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको हैदराबाद १८.५ ओभरमा १३४ रनमा समेटियो । हैदराबादका लागि एईडन मार्क्रमको ३२ रनको इनिङ नै सर्वाधिक […]

Success

Thank you for your time.