default_image

1 year ago

December 26, 2022

खराब ब्याटिङसँगै काठमाडौंको फार वेस्टलाई सामान्य लक्ष्य

काठमाडौं ( हाम्रो खेलकुद) – ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं नाइट्सले खराब ब्याटिङ गर्दै नेपाल टि२० लिगमा फार वेस्ट युनाइटेडलाई ९९ रनको सामान्य लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९८ रन बनायो । काठमाडौंका लागि इंग्ल्यान्डका एलेक्स ब्लेक ३७ बलमा ५ […]

60 views

0 Bookmark

काठमाडौं ( हाम्रो खेलकुद) – ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं नाइट्सले खराब ब्याटिङ गर्दै नेपाल टि२० लिगमा फार वेस्ट युनाइटेडलाई ९९ रनको सामान्य लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९८ रन बनायो । काठमाडौंका लागि इंग्ल्यान्डका एलेक्स ब्लेक ३७ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४५ रनमा अविजित रहे । अन्तिम ओभरमा करण केसीलाई ब्लेकले १६ रन बटुल्दै एक सय रन नजिक पुर्याए ।

खराब ब्याटिङ गर्नेक्रममा काठमाडौंका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर विरनदीप सिंहलाई स्पिनर शेर मल्ले चौथो ओभरको अन्तिम बलमा चार रनमा बोल्ड गरे । विरनदीले १० बल खेल्दा बाउन्ड्री प्रहार गर्न सकेनन् । स्पिनर भुवन कार्कीको बलमा ठूलो सट खेलेका सन्तोष कार्की २० बलमा १ चौकासहित १२ रनमा उमेर अलीबाट आउट भए ।

कप्तान ज्ञानेन्द्र मल्ल ९ बलमा १ छक्कासहित १३ रनमा आउट भए । ज्ञानेन्द्र हशमतुल्लाह शाहिदीको बलमा एलबीडब्लू आउट हुन पुगेका थिए । उमेर अलीको बलमा रयान बर्ल एज लागेर विकेटकिपर विनोद भण्डारीबाट दुई रनमा क्याच आउट भए । शाहिदीकै बलमा लोकेश बम खराब सट खेल्दै सट लेगमा शेर मल्लबाट क्याच आउट भए ।

पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ८५ रनको उत्कृष्ट इनिङ खेलेका आजमतुल्लाह ओमरजाई स्पिनर भुवन कार्कीको बलमा ठूलो सट खेल्ने धुनमा डिप मिडविकेटमा राशिद खानबाट तीन रनमा क्याच भएपछि १३ ओभरमा ६५–६ को दयनीय अवस्थामा पुगेको थियो ।

फार वेस्टका हशमतुल्लाह शाहिदीले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । उमेर अलीले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । भुवन कार्कीले २ ओभरमा ११ रन खर्चेर २ विकेट लिए । शेर मल्लले ४ ओभरमा १३ रन खर्चेर १ विकेट लिए ।

April 29, 2024

ओपनर कुशल ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेललाई केटिएम कन्सल्टिङ ग्रुपले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । ओपनर भुर्तेललाई एक वर्षका लागि एम्बेसडर नियुक्त गरिएको हो । ग्रुपले आफ्नो व्यापारको प्रवर्द्धनसँगै सामाजिक विकासका लागि यो कदम लिएको बताएको छ । दुवैले एकसाथ खेलकुद र शिक्षा क्षेत्रमा बेग्लै पथ तयार पार्ने ग्रुपको विश्वास […]

April 29, 2024

कर्णालीलाई पराजित गर्दै लुम्बिनीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ । मूलपानी क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा कर्णाली प्रदेश माथि २१ रनको जित हासिल गर्दै उपाधि कब्जा गरेको हो । लुम्बिनीले दिएको ११७ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली १५.३ ओभरमा ८५ रनमै समेटियो । कर्णालीका लागि विपिन […]

April 29, 2024

हैदराबादविरुद्ध चेन्नाईको सहज जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आईतबार भएको दोस्रो खेलमा चेन्नाई सुपर किंग्सले सहज जित दर्ता गरेको छ । चेन्नाईले सनराईजर्स हैदराबाद माथि ७८ रनको फराकिलो जित दर्ता गरेको हो । चेन्नाईले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको हैदराबाद १८.५ ओभरमा १३४ रनमा समेटियो । हैदराबादका लागि एईडन मार्क्रमको ३२ रनको इनिङ नै सर्वाधिक […]

Success

Thank you for your time.