3 years ago
December 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बायाँ हाते स्पिनर ललित नारायण राजवंशीको घातक बलिङमा विराटनगर सुपर किंग्सले नेपाल टि२० लिगमा जनकपुर रोयल्सलाई १ सय ४१ रनको मध्यम लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको विराटनगर १९.४ ओभरमा १ सय ४० रनमा अल आउट भयो । विराटनगरका सिकन्दर राजाले १८ बलमा २ चौका र ४ छक्कासहित सर्वाधिक ३८ रन बनाए । राजा ललितको बलमा ठूलो सट खेल्ने धुनमा राजेश पुलामी मगरबाट आउट भए ।
ओपनर अर्जुन साउद २१ बलमा २ चौका र १ छक्कासहित १८ रनमा आउट भए । गौरांशु शर्मा गोल्डेन डक भए । उपकप्तान रोहित पौडेल २९ बलमा ३ चौका र १ छक्कासहित ३२ रनमा क्याच आउट भए । रोहित मोहम्मद आदिलको बलमा विकेटकिपर चाडविक वाल्टनबाट क्याच आउट भए ।
१५ औं ओभरमा ललितले डबल विकेट मेडन राखे । १५ औं ओभरको चौथो बलमा आन्द्रे म्याकार्थीलाई एक रनमा बोल्ड गरे । लगत्तै अर्को बलमा पृथु बास्कटोबाट शून्यमा सन्दीप जोराबाट क्याच आउट भए । १७ औं ओभरमा ललितले दुई विकेट लिँदै नेपाल टि२० लिगमा पाँच विकेट लिने पहिलो बलर बने ।

हुसेन तालत तेस्रो बलमा पवन सरार्फबाट २८ रनमा क्याच आउट भए । तालतले २१ बलमा ४ चौका हाने । एक बलपछि नन्दन यादव शून्यमै कट एण्ड बोल्ड आउट भए । विवेक यादव १० रनमा आउट भए ।
जनकपुरका ललित नारायण राजवंशीले ४ ओभरमा १ मेडनसहित ८ रन खर्चेर ५ विकेट लिए । ललित बाहेक अन्य कुनैपनि खेलाडीले तीन भन्दामाथि एक खेलमा विकेट लिन सकेका छैनन् ।
मोहम्मद आदिल आलमले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । केस्रिक विलियम्स ३ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले २.५ ओभरमा ११ रन खर्चेर १ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]