3 years ago
December 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विकेटकिपर चाडविक वाल्टन र स्पिनर ललित नारायण राजवंशीको उत्कृष्ट प्रदर्शनमा जनकपुर रोयल्सले नेपाल टि२० लिगमा विराटनगर सुपर किंग्समाथि पाँच विकेटको रोमान्चक जित हात पारेको छ ।

जितको लागि १ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।
जनकपुरलाई जितको लागि अन्तिम ६ बलमा १६ रन चाहिँएको थियो । पहिलो बलमा हुसेन तालतलाई वालटनले चौका हाने । दोस्रो बल डट राखे ।
तेस्रो बलमा लङअनमा छक्का हानेपछि तीन बलमा मात्रै ६ रन चाहिँएको थियो । चौथो फुलटस बल वाल्टनले मिस गरे । पाँचौं बल स्टेटमा चौका हाने । अन्तिम बलमा दुई रन चाहिँदा प्वाइन्ट र थर्ड म्यानको बीचमा अमरसिंह राउटेला फिल्डिङमा चुक्दा दुई रन पूरा गर्दै रोमान्चक जित हात पारेको थियो ।
चाडविक वाल्टन ५५ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ६९ रनमा अविजित रहे । मोहम्मद आदिल आलम ६ बलमा १ छक्कासहित १० रनमा अविजित रहे ।

जनकपुरलाई जितको लागि अन्तिम चार ओभरमा ५२ रन चाहिँएको थियो । चाडविक वाल्टनले सिकन्दर राजालाई दुई छक्का सहित १७ औं ओभरमा १७ रन जोडेपछि जनकपुरको सम्भावना बढेको थियो ।
ओपनर सागर पुनलाई हुसेन तालतले ५ रनमा बोल्ड गरे । सन्दीप जोरा र राजेश पुलामी मगरलाई अर्जुन साउदले एक एक रनमा उत्कृष्ट रन आउट गर्दै दबाब बढाएका थिए । कप्तान ट्रभन ग्रिफिकले २१ बलमा ३ चौका र १ छक्कासहित २५ रन बटुले ।
एक समय ९ ओभरमा ४५–४ को कमजोर अवस्थामा पुगेको जनकपुरलाई चाडविक वाल्टन र शराफुद्धिन अशरफले पाँचौं विकेटका लागि ६२ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए । चोभार एन्डबाट आएका तीव्र गतिका बलर नन्दन यादवको बलमा ठूलो सट खेलेका अशरफ लङअनमा २३ रनमा सिकन्दर राजाबाट क्याच आउट भए । अशरफले २९ बलमा २ चौका प्रहार गरे ।

१८ औं ओभरमा नन्दन यादवले ९ रन मात्रै खर्चिएपछि अन्तिम दुई ओभरमा २७ रन चाहिँएको थियो । सिकन्दर राजालाई १९ औं ओभरमा आदिल आलमले एक छक्कासहित ११ रन मात्रै बटुले । विराटनगरका हुसेन तालत, नन्दन यादव र रिजन ढकालले एक एक विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको विराटनगर १९.४ ओभरमा १ सय ४० रनमा अल आउट भएको थियो । विराटनगरका सिकन्दर राजाले १८ बलमा २ चौका र ४ छक्कासहित सर्वाधिक ३८ रन बनाए । राजा ललितको बलमा ठूलो सट खेल्ने धुनमा राजेश पुलामी मगरबाट आउट भए ।

ओपनर अर्जुन साउद २१ बलमा २ चौका र १ छक्कासहित १८ रनमा आउट भए । गौरांशु शर्मा गोल्डेन डक भए । उपकप्तान रोहित पौडेल २९ बलमा ३ चौका र १ छक्कासहित ३२ रनमा क्याच आउट भए । रोहित मोहम्मद आदिलको बलमा विकेटकिपर चाडविक वाल्टनबाट क्याच आउट भए ।
१५ औं ओभरमा ललितले डबल विकेट मेडन राखे । १५ औं ओभरको चौथो बलमा आन्द्रे म्याकार्थीलाई एक रनमा बोल्ड गरे । लगत्तै अर्को बलमा पृथु बास्कटोबाट शून्यमा सन्दीप जोराबाट क्याच आउट भए । १७ औं ओभरमा ललितले दुई विकेट लिँदै नेपाल टि२० लिगमा पाँच विकेट लिने पहिलो बलर बने ।
हुसेन तालत तेस्रो बलमा पवन सरार्फबाट २८ रनमा क्याच आउट भए । तालतले २१ बलमा ४ चौका हाने । एक बलपछि नन्दन यादव शून्यमै कट एण्ड बोल्ड आउट भए । विवेक यादव १० रनमा आउट भए ।

जनकपुरका ललित नारायण राजवंशीले ४ ओभरमा १ मेडनसहित ८ रन खर्चेर ५ विकेट लिए । ललित बाहेक अन्य कुनैपनि खेलाडीले तीन भन्दामाथि एक खेलमा विकेट लिन सकेका छैनन् ।
मोहम्मद आदिल आलमले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । केस्रिक विलियम्स ३ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले २।५ ओभरमा ११ रन खर्चेर १ विकेट लिए ।
जनकपुरले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई पाँच विकेटले हराएको थियो । विराटनगरले पहिलो खेलमा लुम्बिनी अल स्टार्ससँग तीन रनले पराजित भएको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]