default_image

1 year ago

December 27, 2022

नेपाल टि२० लिगमा दर्शक : भित्र पस्नेभन्दा बाहिर बस्ने बढी

144 views

0 Bookmark

भुपेन्द्र जि.सी., काठमाडौं

कुनैपनि प्रतियोगिता होस् । टियु क्रिकेट मैदानमा समर्थकले खेलाडीलाई सधैं साथ दिँदै आएका छन् । त्यो यू-१९ राष्ट्रिय प्रतियोगिता होस् वा अन्तर्राष्ट्रिय नेपालको खेल । टियुमा समर्थक सयौंको संख्यामा सधैं भेट्न सकिन्छ ।

त्यसो त समर्थकको उपस्थीति संख्या खेलको महत्त्व अनुसार फरक हुन्छ । राष्ट्रिय स्तरको प्रतियोगितामा सधैं समर्थक आउँछन् । नेपाली क्रिकेट विकाशमा १२ औं खेलाडीको योगदान, साथ, सहयोग सधैं अतुलनीय छ । जुन शब्दमा बयान गर्न मुश्किल पर्छ । यसअघि टियुमा आयोजना भएको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता एभरेस्ट प्रिमियर लिग (इपिएल) र वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) ले त समर्थकको उपस्थितिलाई प्राथमिकतामा राख्दै टिकट दरमा सधैं उदारता देखाउँदै आएका थिए ।

यसअघि फ्रेन्चाइज क्रिकेटमा बाक्लो उपस्थिति हुने टियु मैदानको अवस्था अहिले नेपाल टि२० लिगमा भने विपरित छ । नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आयोजना गरिरहेको लिगमा मैदानको पर्खाल भित्र दर्शकदीर्घा झन्डै खाली हुँदा पर्खाल बाहिर भरिभराउ समर्थक देख्न सकिन्छ । मैदानभित्र दर्शकदीर्घामा औंलामा सजिलै गणना गर्न सक्ने समर्थक मात्रै देखिन्छन् ।

नेपालको समर्थक देखेर नै विश्वका धेरै स्टार क्रिकेटर टियुमा खेल्ने सपना राखेका हुन्छन् । सन् २०२० को आइसिसी विश्वकप लिग–२ मा ओमानका युवा ब्याटर अकिब इलायसले नेपालविरुद्ध आफ्नो ओडिआई करिअरको पहिलो शतक हाने । जो कोहि क्रिकेटरले ब्याट उठाउँदै पहिला आफ्नो ड्रेसिङ रुममा अभिनन्दन गर्दछन् । तर अकिबले नेपाली समर्थकलाई पहिला ब्याट देखाए ।

उनको जवाफ थियो, ‘मैले करिअरमा धेरै शतक हान्न सक्छु । तर यस्तो क्राउडमा फेरि खेल्न र साथ नपाउन सक्छु’, यो भनाई नै नेपाली समर्थकको लोकप्रियतालाई दर्शाउँछ ।

‘मैले नेपाली समर्थकसामु ओडिआई करिअरको पहिलो शतक प्रहार गरे । जुन शतक बयान गर्ने मसँग शब्द छैन । नेपाली समर्थक साँच्चै अद्भुत छन् । मैले त्यस्तो माहोलमा कहिल्यै खेल्न पाएका थिइनँ ,’ उनले त्यो भनेका थिए । यो एउटा उदाहरण मात्रै हो । हरेक विदेशी खेलाडी यसरी नै नेपाली समर्थकको तारिफ गर्दछन् ।

सोमबार नेपाल टि२० लिग हेर्न टियु मैदान भित्र जम्मा १ सय ६ समर्थक थिए । टियुको धेरै ठाउँ खाली देखिन्छ । अझ विहानको समयमा समर्थक भन्दा बढी सुरक्षाकर्मी देखिन्छन् । नेपाल र विदेशी स्टार खेलाडी टियु मैदानमा खेलि रहँदा काँडेतार बाहिरबाट हेर्नु परेको छ । विदेशी खेलाडीले नेपाली समर्थकको असली मज्जा देख्न पाएका छैनन् ।

समर्थक आउँदै नआएको होईन । चर्को टिकट मूल्यको कारण गेटबाट भित्र पस्नै चाहँदैनन् । बाहिरबाटै हेर्छन् र फर्किन्छन् । भित्र भन्दा बाहिर बसेर हेर्ने धेरै छन् । नेपाल टि२० लिगको कर्मसियल साझेदार सेभेन थ्री स्पोर्ट्सले टिकट मूल्य ३ सय रुपैयाँ राखेको छ । जसको कारण टियु भित्र समर्थक गएका छैनन् । मैदानभित्र बस्ने राम्रो व्यवस्था नहुनु, विगतजस्तो समर्थकका लागि विभिन्न मनोरंजन र खेलसँग जोडिने माध्यम नहुनु पनि कारक बुझ्न सकिन्छ ।

त्यसैपनि प्रायोजकले मैदानबाहिरबाट हेर्न मिल्ने धेरै ठाउँहरु आफ्नो बोर्डले धोपेको छ । तर जहाँ खाली छ । त्यहाँबाट समर्थकले हेरेका छन् । कतिपयले त काँडे तारमाथि टेकेरै हेरेका छन् । भित्र होस् वा बाहिर । फुटकर व्यापारी होस् वा टियुका ‘सुपर फ्यान’ नन्दु । सबैको जवाफ एउटै हुन्छ, टिकट मूल्य धेरै राख्दा भित्र समर्थकनै आएनन् ।

अहिले टियुमा टिकट मूल्य चार श्रेणीमा निर्धारण गरिएको छ। कर्पोरेट बक्समा बसेर हेर्न ७ हजार ५ सय, भिआईपी बक्समा बस्न ५ हजार, भिआइपी स्टान्डमा १५ सय र सामान्य दर्शकले खेल हेर्न ३ सय रुपैयाँ तिर्नुपर्छ । जुन नेपाली क्रिकेटमा अस्वभाविक मूल्य हो ।

सोमबार भित्र पुरै भाग बसेर हेर्ने भन्दा बाहिर दर्शक छिर्ने मुख्य गेटको अगाडि मात्रै दुई गुण बढी समर्थक थिए । पुरै मैदान बाहिरबाट हेर्नेको संख्या भित्र भन्दा धेरै थियो । शनिबार र आइतबार सार्वजनिक विदा हुँदा तुलनात्मक रुपमा धेरै समर्थक आएका थिए । तर पनि भित्र पस्ने भन्दा बाहिर बस्नेको भिड धेरै थियो ।

त्यसै मध्यका बाहिरबाट खेल हेरिरहेका एक थिए अशोक कार्की । उनीपनि चर्को टिकट मूल्यकै कारण भित्र छिरेका थिएनन् । ‘टिकट एकदमै महँगो भयो । नेपाली दर्शकलाई यो टिकट धेरै महँगो हो । भित्र र बाहिर बसेर हेर्नुमा धेरै फरक हुन्छ । भित्र बसेपछि खेलाडीलाई चियरअप (समर्थन) गरेर बोल्न पाइन्छ । बाहिर त ठिङ्ग उभेर हेर्नुपर्छ । उभिँदा खुट्टा दुख्छ । टिकट मूल्य अली कम भए यी बाहिरबाट हेर्ने सबै भित्र जान्थे । अनि धेरै रमाइलो हुन्थ्यो । अझ टियुका विद्यार्थीलाई क्यानले कार्डको आधारमा छुट दिनुपर्ने हो’, कार्कीले हाम्रो खेलकुदसँग भने ।

टिकट काटेर भित्र जाने समर्थकहरुको जवाफ पनि त्यस्तै पाउन सकिन्छ । उनीहरु आफूले चाहे जस्तो स्तरिय खेल र सुविधा नपाएको बताउँछन् । ‘समर्थक नआउनुको पहिलो कारण टिकटको मूल्य नै उच्च भयो । त्यसपछि हामी समर्थकको रुपमा हेर्ने हो भने खेलको स्तर र आयोजना त्यस अनुसार हुन सकेको छैन । यो भन्दा इपिएलको स्तर निकै माथि थियो । खेलाडीले पाएन आफ्नो ठाउँमा होला । तर मलाई त खेलको क्वालिटीनै चित्त बुझेन’, दर्शक आशिष जोशीले भने ।

जोशीले त्यसैमा थपे, ‘१७/१८ दिन खेल छ । दिनहु (रेगुलर) आउने ले त दिनको तीन सयको दरले ६, ७ हजार जान्छ । सामान्य विद्यार्थीले त त्यो पूरा गर्नै सक्दैन नि । महिनामा ६ हजार टिकट काटेर कस्ले हेर्ने ? मलाई त्यहिँ भएर समर्थक आएका छैनन् जस्तो लाग्छ ।’

यता नेपाल टि२० गर्भनिङ काउन्सिलका अध्यक्ष प्रशान्त विक्रम मल्लले आफ्नो तयारी र प्रचार प्रसार नहुँदा पनि समर्थक नआएको बताउँछन् । ‘टियुमा समर्थक नआएकोमा हाम्रो ध्यान गएको छ । हामी यस विषयमा छलफलमै छौं । हामीले समर्थकमा एउटा त्यो उत्साह र भावना ल्याउन सकेनौं पनि । हामी पनि प्रतियोगिता हुने वा नहुनेमा दोधारमा थियौं । हामीले प्रचार प्रसारमा काम पनि गर्न पाएनौं’, प्रशान्तले हाम्रो खेलकुदसँग भने ।

टिकट मूल्य घटाउनेमा पनि सेभेन थ्री स्पोर्ट्सलाई सुझाव दिने बताए । ‘कर्मसियल सम्झौता गरेको सेभेन थ्री स्पोर्ट्ससँग भएको सबैलाई थाहा छ । त्यसैले यो अधिकार उनीहरुको हुन्छ । हामी उनीहरुसँग यो विषयमा छलफल गर्नेछौं । हामी उनीहरुमाथि नियम बाहिर गएर सिधै हस्तक्षेप गर्न सक्दैनौं । तर सल्लाह दिन सक्छौं । मूल्य घटाउने कुरामा छलफल गर्छौ,’ मल्लले भने ।

किन आएनन् टियुमा समर्थक ?

टियुमा समर्थक नआएको होईन । टिकट काटेर भित्र छिर्ने नभएका हुन् । बाहिर त समर्थकको राम्रो उपस्थीति देखिन्छ । तर यस पटक टिकट मूल्य उच्च छ । भित्र भन्दा बाहिर बढी छन् । बाहिरका सबै भित्र आउने हो भने धेरै समर्थक बल्ल देखिन्छन् ।

अर्कोतर्फ प्रतियोगिताको प्रचार प्रसार शून्य रह्यो । त्यसैले समर्थकमा उत्साह पनि कुनै रहेन । समर्थकले हेर्ने र मज्जा लिने सबैभन्दा बढी ब्याटिङबाट हो । विष्फोटक ब्याटिङ निकै रुचाउँछन् । तर त्यो आशा गर्ने खेलाडीहरु पनि यो पटक कम छन् ।

पछिल्लो समय नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार खराब प्रदर्शन गर्दै हार्दा पनि त्यसको असर देख्न सकिन्छ । समर्थकलाई तान्ने अर्को आधार विदेशी खेलाडी हुन् । केहि खेलाडीलाई छाड्ने हो भने समर्थकलाई आर्कषित गर्ने विदेशी स्टार पनि छैनन् । आयोजकले समर्थक तान्ने कुनै आर्कषण अफर पनि ल्याएको छैन ।

प्रचारको मुख्य आधार अहिले सामाजिक सञ्जाल हो । जब कसैले मैदानमा भीड, हल्ला र मनोरञ्जन देख्छ अनि उसलाई पनि जाउँ जाउँ हुन्छ । तर त्यस्तो कतै देखिदैन । अझ प्रत्यक्ष प्रसारणमा ब्रोडकास्टर आफैंले दर्शकको हो-हल्ला गरेको आवाज कम्प्युटरबाट थप्नुपरेको छ । नेपाली क्रिकेटमा समर्थकको उपस्थिति सधैं हुने हुँदा यसअघि यो अवस्था देख्नुपरेको थिएन ।

प्रायोजकले सामाजिक सञ्जालमा प्रचार नै गर्न सकेको छैन । कुनै त्यस्तो तयारी पनि देखिदैन । प्रचारको लागि सामाजिक सञ्जालमा न आयोजकको लगानी छ, न सबै फ्रेन्चाइज टोलीको । सहभागी मध्य लुम्बिनी अल स्टार्सले मोटो रकम खर्चेर आफ्नो प्रवर्द्धन गरेको छ । विराटनगर र जनकपुरले पनि सामाजिक संजाललाई चलायमान बनाउने प्रयास गरेका छन् ।

संख्यात्मक रुपमा हेर्ने हो भने लुम्बिनीको प्रयास लिग आयोजक र अन्य टोलीको सामुहिक प्रयास भन्दा राम्रो देखिन्छ । त्यसैले पनि लुम्बिनीको खेलमा भीआइपी बक्स भरिभराउ हुन्छ, र अन्यको खेलमा खाली नै । लुम्बिनीले त दर्शकमाझ पुगेर नै कार्यक्रम गरेको पनि देखिन्छ । तर प्रतियोगीताको सुरक्षा व्यवस्था नहुँदा त्यसले दुर्घटना निम्त्याउने डर पनि छ ।

कीर्तिपुर क्षेत्र विद्यार्थीको बाहुल्याता छ । टियु आउने पनि विहान पढाई सकेर तीनै विद्यार्थी हुन् । त्यसैले त्यो मूल्य घटाउन बोहक अन्य विकल्प छैन । समर्थक नै नआए कुनैपनि प्रतियोगिता लोकप्रिय र सफल हुँदैन । समर्थकको मन जित्न सक्नुपर्छ नै । समर्थक नै आए नेपाली क्रिकेटको लोकप्रिता झनै घट्दै जान्छ । अर्कोतर्फ विश्वका ठूला स्टार खेलाडीलाई आर्कषित गर्ने आधारनै यहि हो ।

विदेशी खेलाडीलाई पनि कहिले नेपाल जाउँ र खेलौं भन्नलाई समर्थक ल्याउनै पर्छ । समर्थक नहुँदा अहिलेका विदेशी खेलाडीको मनमा मात्रै होईन फर्किदा पनि पक्कै राम्रो सन्देश लगेर फर्किदैनन् । आयोजकले अरु केहि गर्न नसकेपनि कम्तिमा टिकट मूल्य घटाएर बाहिरबाट हेर्नेलाई भित्रबाट हेर्न सक्ने वातावरण सहजै मिलाइदिनु पर्छ । त्यसरी हेर्न कसैलाई रहर पनि हुँदैन । नेपाली क्रिकेटको पहिचानको मुख्य आधारलाई फर्काउन आयोजकले गम्भीर रुपमा ध्यान दिनुपर्छ ।

May 16, 2024

राजस्थान पञ्जाबविरुद्ध पराजित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधवार सम्पन्न एकमात्र खेलमा दोस्रो स्थानको राजस्थान रोयल्स पञ्जाब किंग्स विरुद्ध पराजित भएको छ । पञ्जाबले राजस्थानलाई ५ विकेटले पराजित गरेको हो । राजस्थानले दिएको १४५ रनको मध्यम लक्ष्य पञ्जाबले ५ विकेट गुमाएर ७ बल बाँकी छँदा भेटायो । पञ्जाबका कप्तान स्याम करनले ४१ बलमा ५ चौका र […]

May 15, 2024

निलम्बन फुकुवासँगै सन्दीपको विश्वकप खेल्ने बाटो खुल्यो!

काठमाडौं (हाम्रो खेलकुद)- स्पिनर सन्दीप लामिछाने टि ट्वान्टी विश्वकप खेल्न अमेरिका र वेस्ट इन्डिज जाने बाटो खुलेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन फुकुवा गरेसँगै सन्दीपलाई राष्ट्रिय क्रिकेट टोलीबाट खेल्ने बाटो खुलेको हो। आईसीसी टी-२० विश्वकप २०२४ खेल्न सन्दीपलाई अमेरिका र वेष्टइण्डिज पठाउने तयारी सुरु गरेको क्यानका कोषाध्यक्ष पदम खड्काले जानकारी दिए।उच्च अदालत […]

May 15, 2024

क्रिकेटर सन्दीपले‌ सफाइ पाए

काठमाडौं (हाम्रो खेलकुद)- क्रिकेटर सन्दीप लामिछानेले बुधबार बलात्कार मुद्दामा सफाइ पाएका छन्‌। काठमाडौं जिल्ला अदालतबाट बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीपले ले उच्च अदालत, पाटनबाट सफाइ पाएका हुन्। उच्च अदालत, पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले यो निर्णय गरेको हो।मंगलबार र बुधबार लगातार भएको सुनुवाइपछि उच्च अदालतको यो निर्णय आएको हो। जिल्ला अदालतको […]

Success

Thank you for your time.