3 years ago
December 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – पोखरा एभेन्जर्सले नेपाल टि२० लिगमा लुम्बिनी अल स्टार्सविरुद्ध सुरुवाती १० ओभर अर्थात ६० बलमा मात्रै २७ रन बनाएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पोखराले १० ओभरमा २ विकेट गुमाउँदै २७ रन बनाएको छ । पोखराका उपुल थरंगा ३१ बलमा १३ रनमा अविजित छन् । नेपाली क्रिकेट टोलीका ओपनर समेत रहेका आसिफ शेख १८ बलमा ६ रन बनाउँदै आउट भएका छन् । श्रीलंकाका पूर्व कप्तान उपुल थरंगा झनै सुस्त गतीमा खेलेका छन् ।
आमिर हाम्जा ७ बलमा ४ रनमा आउट भए । लुम्बिनीले आजको खेलमा टोलीमा तीन परिवर्तन गरेको छ । लुम्बिनीले तीव्र गतिका बलर विपुल शर्मा, प्याट ब्राउन र योगेन्द्रसिंक कार्कीलाई बेन्चमा राखेको छ । शड्ली भान सेक्किक, हरम्रीत सिंह र तिलकराज भण्डारीलाई खेलाएको छ । पोखराले अलराउन्डर विपिन खत्रीलाई मौका दिँदा मौसम ढकाललाई बेन्चमा राखेको छ ।
लुम्बिनी लगातार तेस्रो जितको सोचमा हुनेछ । लुम्बिनीले पहिलो खेलमा फार वेस्ट युनाइटेडलाई ६७ रन र दोस्रो खेलमा विराटनगर सुपर किंग्सलाई तीन रनले हराएको थियो । पोखरा पहिलो जितको सोचमा हुनेछ । पोखरा काठमाडौं नाइट्ससँग २६ रन र जनकपुर रोयल्ससँग पाँच विकेटले पराजित भएको थियो ।
पोखराको प्लेइङ ११ : आसिफ शेख, शरद भेषावकर, कुशल मल्ल, प्रतिश जि.सी, आरिफ शेख, विपिन खत्री, सिद्धान्त लोहनी, उपुल थरंगा, जाहिर खान, आमिर हम्जा र अभिमन्यु मिथुन ।
लुम्बिनीको प्लेइङ ११ : दीपेन्द्रसिंह ऐरी, अनिल कुमार शाह, गुलशन झा, सागर ढकाल, किशोर महतो, तिलक भण्डारी, शड्ली भान सेक्किक, उन्मुक्त चन्द र हरम्रीत सिंह ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]