3 years ago
December 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – पोखरा एभेन्जर्सका बायाँ हाते युवा अलराउन्डर कुशल मल्लले नेपाल टि२० लिगमा लुम्बिनी अल स्टार्सविरुद्ध विष्फोटक ब्याटिङ गरेका छन् ।

कुशल मल्लले २८ बलमा ५ चौका र ५ छक्कासहित ६० रनमा खेलि रहेका छन् । लामो समयपछि कुशलले आफ्नो शैलीको खेल प्रस्तुत गरेका छन् । कुशलले १७ औं ओभरको पहिलो बलमा स्पिनर सागर ढकाललाई स्टेटमा सानदार छक्का हान्दै मात्रै २४ बलमा अर्धशतक पूरा गरे ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको १७ ओभरमा २ विकेट गुमाउँदै १ सय १४ रन बनाएको छ । पोखराले सुरुवाती १० ओभरमा २ विकेट गुमाउँदै २७ रन बनाएको थियो । तर कुशल मल्लले त्यसपछि खेलनै फेरेका छन् ।
पोखराका उपुल थरंगा ४९ बलमा २ चौका र १ छक्कासहित ४१ रनमा अविजित छन् । तेस्रो विकेटका लागि कुशल र उपुल थरंगाले ९४ रनको साझेदारी गरि सकेका छन् । नेपाली क्रिकेट टोलीका ओपनर समेत रहेका आसिफ शेख १८ बलमा ६ रन बनाउँदै आउट भएका छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]