3 years ago
December 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बायाँ हाते युवा अलराउन्डर कुशल मल्लको सानदार ब्याटिङमा नेपाल टि२० लिगमा पोखरा एभेन्जर्सले लुम्बिनी अल स्टार्सलाई १ सय ३४ रनको मध्यम लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३३ रन बनायो । पोखरा कुशल मल्लले ३१ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ६१ रनको विष्फोटक इनिङ खेले ।
सुरुवाती १० ओभरमा मात्रै २७ रन जोडेको पोखरालाई खेलमा फर्काउन कुशल मल्लले विष्फोटक ब्याटिङ गरे । पोखराले अन्तिम १० ओभरमा १ सय ६ रन बनाएको थियो । लामो समयपछि कुशलले आफ्नो शैलीमा प्रस्तुत भए ।
कुशलले १७ औं ओभरको पहिलो बलमा स्पिनर सागर ढकाललाई स्टेटमा सानदार छक्का हान्दै मात्रै २४ बलमा अर्धशतक पूरा गरेका थिए ।

उपुल थरंगाले ५१ बलमा २ चौका र १ छक्कासहित ४२ रनमा आउट भए । थरंगा एक समय ३६ बलमा मात्रै १६ रन बनाएका थिए । कुशलसँगको साझेदारीले स्ट्राइकरेट परिवर्तन गरे । तेस्रो विकेटका लागि कुशल र थरंगाले ९६ रनको महत्वपूर्ण साझेदारी गरे ।
अन्तिम समयतिर ठूलो सटको चक्करमा पोखराले पाँच रन जोड्न पाँच विकेट गुमाएको थियो । थरंगा र कुशलपछिका ब्याटरको प्रदर्शन भने सम्झन लायक रहेन । अभिमन्यु मिथुन, सिद्धान्त लोहनी र प्रतिश जि.सीले खाता खोल्न सकेनन् । शरद भेषावकर ५, आरिफ शेख २ र विपिन खत्रीले ९ रन बनाए ।
नेपाली क्रिकेट टोलीका ओपनर समेत रहेका आसिफ शेख १८ बलमा ६ रन बनाउँदै आउट भएका छन् । आसिफ स्पिनर सागर ढकालको बलमा लङअनमा अनिल शाहबाट क्याच आउट भएका थिए ।

पहिलो खेल खेलका तीव्र गतिका बलर शड्ली भान सेक्किकले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । किशोर महतोले ४ ओभरमा १ मेडनसहित २० रन खर्चेर २ विकेट लिए । गुलशन झाले ३ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । हरमीत सिंह र सागर ढकालले एक एक विकेट लिए ।
लुम्बिनी लगातार तेस्रो र पोखरा पहिलो जितको खोजीमा छन् । लुम्बिनीले पहिलो खेलमा फार वेस्ट युनाइटेडलाई ६७ रन र दोस्रो खेलमा विराटनगर सुपर किंग्सलाई तीन रनले हराएको थियो । पोखरा पहिलो जितको सोचमा हुनेछ । पोखरा काठमाडौं नाइट्ससँग २६ रन र जनकपुर रोयल्ससँग पाँच विकेटले पराजित भएको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]