default_image

3 years ago

December 27, 2022

स्खेलक्विकको अन्तिम बलमा छक्कासँगै लुम्बिनीको रोमान्चक जित

231 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण अफ्रिकी अलराउन्डर श्याड्ली भान स्खेलक्विक अन्तिम बलमा छक्का हानेसँगै लुम्बिनी अल स्टार्सले नेपाल टि२० लिगमा पोखरा एभेन्जर्समाथि तीन विकेटको रोमान्चक जित हात पारेको छ । लुम्बिनीको यो लगातार तेस्रो जित हो । पोखराको लगातार तेस्रो हार हो ।

जितको लागि १ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । अन्तिम बलमा जितको लागि पाँच रन चाहिँदा स्खेलक्विकले प्रतिश जि.सीलाई लङअफमा छक्का हान्दै रोमान्चक जित दिलाए । लुम्बिनीको जितमा अलराउन्ड प्रदर्शन गरेका शाड्ली भान स्खेलक्विक ११ बलमा ४ छक्कासहित ३१ रन बनाए ।

लुम्बिनीलाई जितको लागि अन्तिम ६ बलमा ८ रन चाहिँएको थियो । प्रतिश जि.सीले सुरुवाती पाँच बल भने सानदार गरे । प्रतिश जि.सीले पहिलो बलमै अनिल शाहलाई डिप कभरमा आमिर हम्जाबाट १९ रनमा क्याच आउट गराए ।

दोस्रो बल प्रतिशले डट राखे । तेस्रो बल प्रतिशले योर्कर फ्ँयाल्दै पुन डट राखे । चौथो बलमा एक रन दिएपछि दुई बलमा सात रन चाहिँएको थियो । शड्ली भानले लङअफमा दुई रन बटुले । अन्तिम बलमा लङअफमा छक्का हान्दै रोमान्चक जित दिलाए ।

लुम्बिनीका कुशल भुर्तेलले २८ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक सर्वाधिक ३८ रन बनाए । कुशल विपिन खत्रीको बलमा एलबीडब्लू आउट भए । ओपनर उन्मुक्त चन्द ३४ बलमा १ चौकासहित २२ रनमा आउट भए । कुशल मल्लको बलमा ठूलो सट खेलेका चन्द कभरमा मिथुनबाट क्याच आउट भए ।

लुम्बिनीलाई जितको लागि अन्तिम १२ बलमा २३ रन चाहिँएको थियो । १९ औं ओभरको चौथो र पाँचौं बलमा शड्ली भानले अभिमन्यु मिथुनलाई दुई छक्का हान्दै १५ रन खर्चिए । गुलशन झा १० रनमा आउट भए ।

पोखराका विपिन खत्रीले ३ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । कुशल मल्लले २ ओभरमा ८ रन खर्चेर २ विकेट लिए । प्रतिश जि.सीले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । अभिमन्यु मिथुन र जाहिर खानले एक एक विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३३ रन बनाएको थियो । पोखरा कुशल मल्लले ३१ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ६१ रनको विष्फोटक इनिङ खेले ।

सुरुवाती १० ओभरमा मात्रै २७ रन जोडेको पोखरालाई खेलमा फर्काउन कुशल मल्लले विष्फोटक ब्याटिङ गरे । पोखराले अन्तिम १० ओभरमा १ सय ६ रन बनाएको थियो । लामो समयपछि कुशलले आफ्नो शैलीमा प्रस्तुत भए । कुशलले १७ औं ओभरको पहिलो बलमा स्पिनर सागर ढकाललाई स्टेटमा सानदार छक्का हान्दै मात्रै २४ बलमा अर्धशतक पूरा गरेका थिए ।

उपुल थरंगाले ५१ बलमा २ चौका र १ छक्कासहित ४२ रनमा आउट भए । थरंगा एक समय ३६ बलमा मात्रै १६ रन बनाएका थिए । कुशलसँगको साझेदारीले स्ट्राइकरेट परिवर्तन गरे । तेस्रो विकेटका लागि कुशल र थरंगाले ९६ रनको महत्वपूर्ण साझेदारी गरे ।

अन्तिम समयतिर ठूलो सटको चक्करमा पोखराले पाँच रन जोड्न पाँच विकेट गुमाएको थियो । थरंगा र कुशलपछिका ब्याटरको प्रदर्शन भने सम्झन लायक रहेन । अभिमन्यु मिथुन, सिद्धान्त लोहनी र प्रतिश जि।सीले खाता खोल्न सकेनन् । शरद भेषावकर ५, आरिफ शेख २ र विपिन खत्रीले ९ रन बनाए ।

नेपाली क्रिकेट टोलीका ओपनर समेत रहेका आसिफ शेख १८ बलमा ६ रन बनाउँदै आउट भएका छन् । आसिफ स्पिनर सागर ढकालको बलमा लङअनमा अनिल शाहबाट क्याच आउट भएका थिए ।

पहिलो खेल खेलका तीव्र गतिका बलर शड्ली भान सेक्किकले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । किशोर महतोले ४ ओभरमा १ मेडनसहित २० रन खर्चेर २ विकेट लिए । गुलशन झाले ३ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । हरमीत सिंह र सागर ढकालले एक एक विकेट लिए ।

लुम्बिनीले पहिलो खेलमा फार वेस्ट युनाइटेडलाई ६७ रन र दोस्रो खेलमा विराटनगर सुपर किंग्सलाई तीन रनले हराएको थियो । लुम्बिनीले चौथो खेलमा बुधबार फार वेस्ट युनाइटेडसँग खेल्नेछ । पोखरा काठमाडौं नाइट्ससँग २६ रन र जनकपुर रोयल्ससँग पाँच विकेटले पराजित भएको थियो । पोखराले विहीबार विराटनगरसँग खेल्नेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.