3 years ago
December 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – शीर्षक्रमका ब्याटर एलेक्स ब्लेक र तल्लोक्रमका आजमतुल्लाह ओमरजाईको सानदार ब्याटिङमा काठमाडौं नाइट्सले नेपाल टि२० लिगमा जनकपुर रोयल्सलाई २ सय ९ रनको विशाल लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८ रन बनायो । काठमाडौंका एलेक्स ब्लेकले ४३ बलमा ४ चौका र ७ छक्कासहित सर्वाधिक सर्वाधिक ८३ रन बनाए ।
ब्लेक जितेन्द्र मुखियाको अन्तिम ओभरको दोस्रो बलमा लङअफमा सन्दीप जोराबाट क्याच आउट भए । ओपनर विरनदीप सिंह ३४ बलमा ७ चौका र १ छक्कासहित ४९ रनमा आउट भए ।
विरनदीप सिंह स्पिनर पवन सरार्फको बलमा एलबीडब्लू आउट भएपछि अर्धशतक बनाउन मात्रै एक रनले चुकेका थिए । लोकेश बम ८ बलमा २ चौका र १ छक्कासहित १५ रनमा बोल्ड भए । लोकेश सराफुद्दिन अशरफको बलमा बोल्ड भएका थिए ।
पवन सरार्फले नै रयान बर्लको स्थानमा एलबीडब्लू आउट गरे ।

मोहम्मद आदिलको बलमा ज्ञानेन्द्र मल्ल कभरमा टे«भन ग्रिफिकबाट दुई रनमा उत्कृष्ट क्याच आउट भए । दोस्रो विकेटका लागि विरनदीप र ब्लेकले ६२ रनको साझेदारी गरे ।
तल्लोक्रमका आजमतुल्लाह ओमरजाई १५ बलमा १ चौका र ४ छक्कासहित ४३ रनमा अविजित रहे । नेपाल टि२० लिगमा २ सय माथि रन बनाउने पहिलो टोली काठमाडौं बनेको छ ।
जनकपुरका पवन सरार्फले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । सोमपाल कामी, जितेन्द्र मुखिया, सराफुद्धिन अशरफ र मोहम्मद आदिल आलमले एक एक विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]