default_image

3 years ago

December 27, 2022

उत्कृष्ट ब्याटिङसँगै काठमाडौंको सहज जित

278 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – उत्कृष्ट ब्याटिङसँगै काठमाडौं नाइट्सले नेपाल टि२० लिगमा जनकपुर रोयल्समाथि ५३ रनको सहज जित हात पारेको छ । दोस्रो जितसँगै काठमाडौं अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।

जितको लागि २ सय ९ रनको विशाल विजयी लक्ष्य पछ्याएको रोयल्सले निर्धारित २० ओभरमा १ सय ५५ रनमा अल आउट भयो । रोयल्सका सामिउल्लाह शिनवारीले २७ बलमा २ चौका र १ छक्कासहित २९ रनमा आउट भए ।

सन्दीप जोरा १२ बलमा १ चौका र २ छक्कासहित २६ रनमा रयान बर्लबाट उत्कृष्ट क्याच आउट भए । स्पिनर बसिर अहमदको बलमा चोभार एन्डतर्फ ठूलो सट खेलेपनि लङअफमा बर्लले विश्वस्तरिय क्याच लिए ।

पहिला बल समाएपनि बाउन्ड्री नजिकै हुँदा त्यो बल पुन माथि फाल्दै छक्का हुनबाट बचाए । पछि पुन भित्र आउँदै क्याच लिएपछि लयमा देखिएका जोरा पेभेलिएन फर्किनु परेको थियो ।

ओपनर पवन सरार्फ १८ बलमा ५ चौकासहित २४, चाडविक वाल्टन ९, शराफुद्दिन अशरफ १९ र आदिल आलम १६ रनमा आउट भए । अभिनाश बोहराको बलमा बोल्ड हुनुअघि आदिलले ९ बलमा १ चौका र १ छक्का हाने । राजेश पुलामी ७, सोमपाल कामी ६ र जितेन्द्र मुखिया १३ रनमा आउट भए ।

नाइट्सका आजमतुल्लाह ओमरजाईले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । बसिर अहमदले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । अभिनाश बोहरा, कमलसिंह ऐरी, अनिल खरेल र सुनाम गौतमले एक एक विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८ रन बनाएको थियो । काठमाडौंका एलेक्स ब्लेकले ४३ बलमा ४ चौका र ७ छक्कासहित सर्वाधिक सर्वाधिक ८३ रन बनाए ।

ब्लेक जितेन्द्र मुखियाको अन्तिम ओभरको दोस्रो बलमा लङअफमा सन्दीप जोराबाट क्याच आउट भए । ओपनर विरनदीप सिंह ३४ बलमा ७ चौका र १ छक्कासहित ४९ रनमा आउट भए ।

विरनदीप सिंह स्पिनर पवन सरार्फको बलमा एलबीडब्लू आउट भएपछि अर्धशतक बनाउन मात्रै एक रनले चुकेका थिए । लोकेश बम ८ बलमा २ चौका र १ छक्कासहित १५ रनमा बोल्ड भए । लोकेश सराफुद्दिन अशरफको बलमा बोल्ड भएका थिए ।
पवन सरार्फले नै रयान बर्लको स्थानमा एलबीडब्लू आउट गरे ।

मोहम्मद आदिलको बलमा ज्ञानेन्द्र मल्ल कभरमा टे«भन ग्रिफिकबाट दुई रनमा उत्कृष्ट क्याच आउट भए । दोस्रो विकेटका लागि विरनदीप र ब्लेकले ६२ रनको साझेदारी गरे । तल्लोक्रमका आजमतुल्लाह ओमरजाई १५ बलमा १ चौका र ४ छक्कासहित ४३ रनमा अविजित रहे । नेपाल टि२० लिगमा २ सय माथि रन बनाउने पहिलो टोली काठमाडौं बन्यो ।

जनकपुरका पवन सरार्फले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । सोमपाल कामी, जितेन्द्र मुखिया, सराफुद्धिन अशरफ र मोहम्मद आदिल आलमले एक एक विकेट लिए ।

काठमाडौं पहिलो खेलमा पोखराविरुद्ध २६ रनले विजयी भएको थियो । दोस्रो खेलमा फार वेस्ट युनाइटेडसँग चार विकेटले पराजित भएको थियो । काठमाडौं शुक्रबार लुम्बिनी अलस्टार्ससँग खेल्नेछ । जनकपुरले पोखरा र विराटनगरलाई समान पाँच विकेटले हराएको थियो । लुम्बिनीले बिहीबार फारवेस्टसँग खेल्नेछ ।

६ फ्रेन्चाइज टोली प्रतियोगितामा लुम्बिनी ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । काठमाडौं ३ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । जनकपुर ३ खेलमा २ मा जितका साथ ४ अंक भएपनि नेटरनरेटको कारण तेस्रो स्थानमा छ । दुई खेलमा २ अंकका साथ फार वेस्ट दोस्रो, विराटनगर सुपर किंग्स र पोखरा अंक विहीन हुँदै पुछारमा छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.