3 years ago
December 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – भारतीय यू–१९ विश्वकप विजेता कप्तान उन्मुक्त चन्दलाई लुम्बिनी अल स्टार्सले नेपाल टि२० लिगमा फार वेस्ट युनाइटेडविरुद्ध बेन्चमा राखेको छ । लुम्बिनीले सुरुवाती तीन खेलमा खराब प्रदर्शनपछि भारतीय विश्वकप विजेता कप्तानलाई बेन्चमा राख्दै आइपिएल खेलि सकेका अर्का स्टारलाई मैदान उतारेको छ ।

टियु मैदानमा भएको टसमा कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । लुम्बिनीले उन्मुक्त चन्दलाई बेन्चमा राख्दै भारतीय अलराउन्डर विपुल शर्मालाई मैदान उतारेको छ । त्यस्तै स्पिनर तिलकराज भण्डारीलाई बेन्चमा राख्दै सुनिल धमलालाई मैदान उतारेको छ । धमलाले नेपाल टि२० लिग पहिलो पटक खेल्दैछन् ।
तिलकलाई पोखरा एभेन्जर्सविरुद्ध मैदान उतारेपनि बलिङ दिएको थिएन । उन्मुक्त चन्द सुरुवाती दुई खेलमा फार वेस्ट युनाइटेड र विराटनगर सपर किंग्सविरुद्ध २-२ रनमा आउट भएका थिए । पोखरा एभेन्जर्सविरुद्ध उन्मुक्त ३४ बलमा २२ रन मात्रै बनाएका थिए । उनको स्थानमा सुनिल धमलालाई मौका दिएको छ । धमला पछिल्लो समय राम्रो लयमा छन् ।
फार वेस्ट तेसो खेलमा पनि दुई विदेशी खेलाडीका साथ मैदान उत्रिएको छ । बसन्त खत्रीको स्थानमा हासिम अन्सारीलाई मैदान उतारेको छ । हासिम मध्यक्रमका ब्याटर हुन् ।
लुम्बिनीको प्लेइङ ११ : दीपेन्द्रसिंह ऐरी, अनिल कुमार शाह, गुलशन झा, सागर ढकाल, किशोर महतो, सुनिल धमला, शड्ली भान सेक्किक, विपुल शर्मा र हरम्रीत सिंह ।
फार वेस्ट युनाइटेडको प्लेइङ ११ : करण केसी, विनोेद भण्डारी, भीम सार्की, देव खनाल, राशिद खान, भुवन कार्की, हरिशंकर शाह, शेर मल्ल, हासिम अन्सारी, हशमतुल्लाह शाहिदी र उमेर अली खान ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]