default_image

3 years ago

December 28, 2022

लुम्बिनी सुपर ओभरमा विजयी

218 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी अल स्टार्सले नेपाल टि२० लिगमा फार वेस्ट युनाइटेडलाई सुपर ओभरमा हराउँदै लगातार चौथो जित हात पारेको छ । लगातार चौथो जितका साथ लुम्बिनी शीर्ष स्थानमा कायमै छ ।

सुपर ओभरमा जितको लागि फार वेस्ट युनाइटेडले १९ रन बनाउनु पर्ने थियो । तर मात्रै १० रन बनायो । फार वेस्ट युनाइटेडको ब्याटिङमा कप्तान हश्मातुल्लाह शाहिदी र विनोद भण्डारी आएका थिए । पहिलो बलनै शाहिदीले डिप मिडविकेटमा छक्का हाने । तर त्यसपछि उत्कृष्ट पूनरागमनका साथ मात्रै पाँच रन खर्चिदै जित दिलाए ।

दोस्रो बल किशोरले डट राखे । तेस्रो बलमा एक रन दिए । चौथो बल किशोरले योर्कर फ्याँलेपछि अन्तिम दुई बलमा दुई छक्का चाहिँएको थियो । पाँचौं बलमा एक रन दिएपछि जित नजिक पुगेको थियो । अन्तिम बलमा एक रन लिएपछि लुम्बिनी सुपर ओभरमा विजयी भयो ।

सुपर ओभरमा लुम्बिनी अल स्टार्सको ब्याटिङ गर्न साड्ली भान स्केक्किक र लाहिरु मिलान्था आएका थिए । बलिङमा करण केसी आएका थिए । करणले पहिलो खेल मिलान्थालाई डट राखे । लगत्तै वाइड फ्याँले । दोस्रो बल पनि करणले डट राखे । करणले दुबै बल लाइनमा राखेका थिए ।

तेस्रो बल मिलान्थाले एक्स्ट्रा कभरमा छक्का हाने । लगत्तै तेस्रो बलमा डिप कभरमा छक्का हाने । देव खनालले फिल्डिङमा गल्ती गरेपछि तीन रन बटुलेको थियो । पाँचौं बल भीम सार्कीले डिप मिडविकेटमा सानदार फिल्डिङ गर्दै छक्का हनुबाट बचाएका थिए । दुई रन बटुलेपछि कुल १८ रन बनाएको थियो ।

लुम्बिनीलाई अन्तिम ६ बलमा पाँच रन चाहिँएको थियो । करण केसीले सानदार बलिङ गर्दै चार रन मात्रै दिएपछि खेल टाई भएको थियो । जितको लागि १ सय ३८ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३७ रन बनाएपछि खेल टाई भएको थियो ।

मात्रै पाँच रन चाहिँदा करण केसीले पहिलो बलमै साड्ली भान स्केक्किकलाई मिड विकेटमा उमेर अलीबाट ७ रनमा क्याच गराएपछि खेलले नयाँ मोड लिएको थियो । अन्तिम विकेटको रुपमा सागर ढकाल क्रिजमा आएका थिए । दोस्रो बल वाइड भयो । सागरले स्ट्राइक लिएपछि चार बलमा तीन रन चाहिँएको थियो ।

तेस्रो बल डट राखेपछि तीन बलमा तीन चाहिँएको थियो । लाइनको बल चौथो पनि गुलशनले छुन सकेनन् । पाँचौं बल पनि डट भएपछि खेल निकै रोमान्चक बनेको थियो । अन्तिम ओभरमा दुई रन लिएपछि खेल सुपर ओभरमा धकेलिएको थियो ।

गुलशन झा २४ बलमा ३ चौका र १ छक्कासहित ३६ रनमा अविजित रहे । लुम्बिनीका लाहिरु मिलान्थाले २० बलमा २ चौका र ४ छक्कासहित ३४ रन बनाए । ओपनर सुनिल धमला र कुशल भुर्तेलले खाता खोल्न सकेनन् । दीपेन्द्रसिंह ऐरी ४, अनिल शाह ९ र हरम्रीत सिंह ३ रनमा आउट भए । तल्लोक्रमका ब्याटर विपुल शर्माले २७ बलमा १ चौका र २ छक्कासहित ३१ रनमा रन आउट भए ।
करण केसीले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । शेर मल्लले २ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । राशिद खान, उमेर अली, हस्मातुल्लाह शाहिदी र भुवन कार्कीले एक एक विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको युनाइटेडले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३७ रन बनाएको छ । युनाइटेडका ओपनर देव खनाल ४२ बलमा ५ चौकासहित सर्वाधिक ४८ रनमा आउट भए । देव स्पिनर हरम्रीतसिंहको बलमा अघि बढेर सट खेल्नेक्रममा मिस भएपछि विकेटकिपर लाहिरु मिलान्थाबाट स्टम्पिङ आउट हुन पुगेका थिए ।

पहिलो खेल खेलेका ओपनर हासिम अन्सारी २३ बलमा ११ रन बनाउँदै सागर ढकालको बलमा एलबीडब्लू धरापमा परे । कप्तान हश्मातुल्लाह शाहिदी २९ बलमा ३ चौकासहित ३२ र भीम सार्की १० बलमा २ चौकासहित १५ रनमा आउट भए ।

तल्लोक्रमका विकेटकिपर विनोद भण्डारी ९ बलमा १ चौका र १ छक्कासहित ११ रनमा आउट भए । करण केसी ६ बलमा २ चौकासहित १२ रनमा अविजित रहे । लुम्बिनीका तीव्र गतिका बलर किशोर महतोले ३ ओभरमा ११ रन खर्चेर १ विकेट लिए । तीव्र गतिका बलर साड्ली भान स्केल्किकले ४ ओभरमा ३९ रन खर्चेर २ विकेट लिए । हरम्रीत सिंह र सागर ढकालले एक एक विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.