3 years ago
December 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विराटनगर सुपर किंग्सले नेपाल टि२० लिगमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउँदै पहिलो जित हात पारेको छ । विराटनगरले पहिलो जित हात पार्दा पोखरा भने लगातार चार खेलमा पराजित भएको छ ।

जितको लागि १ सय ४० रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले १७.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । विराटनगरका हुसेन तालत ३० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५० रनमा अविजित रहे । विवेक यादव ८ बलमा १ चौका र १ छक्कासहित १५ अविजित रहे ।
ओपनर अर्जुन साउद २२ बलमा १ चौका र २ छक्कासहित २५ रनमा आउट भए । कप्तान आन्द्रे म्याकार्थी ३३ बलमा १ चौकासहित २१ रनमा आउट भए । रोहित पौडेल ५ र पृथु बाँस्कोटा १५ रनमा आउट भए ।
पोखराका कुशल मल्लले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । शरद भेषावकरले २ ओभरमा १२ रन खर्चेर २ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित १९ ओभरमा ७ विकेट गुमाउँदै १ सय ३९ रन बनाएको थियो । खेल निर्धारित समय भन्दा केहि ढिलो सुरु हुँदा एक ओभर घटेको थियो । पहिलो खेल लुम्बिनी अल स्टार्स र फार वेस्टबीचको खेल सुपर ओभरमा पुगेको थियो ।
पोखराका कुशल मल्लले १८ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ३८ रन बनाए । कुशलले यसअघिको खेलमा लुम्बिनी अल स्टार्ससँग ३१ बलमा ५ चौका र ५ छक्कासहित ६१ रन बनाएका थिए । कुशल तीव्र गतिका बलर हुसेन तालतको बलमा बोल्ड आउट भए ।

ओपनर सुमित महर्जन ९ बलमा २ चौकासहित १२ रनमा आउट भए । आसिफ शेख १२ बलमा १० रन बनाउँदै पेभेलिएन फर्के । कप्तान उपुल थरंगा २८ बलमा २ चौकासहित १९ रनमा आउट भए । यस खेलमा शरद भेषावकरको स्थानमा थरंगाले कप्तानी गरेका छन् ।
सिद्धान्त लोहनी १९ बलमा ३ छक्कासहित २६ रनमा बोल्ड भए । प्रतिश जि.सीले ४ बलमा १ छक्कासहित ११, आरिफ शेख ३, शरद भेषावकर ९ र अभिमन्यु मिथुनले एक रन बनाए । विराटनगरका हुसेन तालत र राज रोक्कीले दुई दुई विकेट लिए । नन्दन यादव, आन्द्रे म्याकार्थी र साहब आलमले एक एक विकेट लिए ।
पोखरा काठमाडौंसँग २६ रन, जनकपुर रोयल्ससँग ५ विकेट र लुम्बिनी अल स्टार्ससँग तीन विकेटले पराजित भएको थियो । पोखराले विहीबार विहीबार विराटनगरसँगै खेल्नेछ । विराटनगर लुम्बिनीसँग तीन र जनकपुरसँग पाँच विकेटले पराजित भएको थियो ।
लुम्बिनी ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा छ । काठमाडौं ३ खेलमा २ मा जित र १ मा हार सहित ६ अंकका साथ दोस्रो स्थानमा छ । जनकपुर रोयल्स ३ खेलमा २ मा जित र १ मा हारसहित ६ अंक भएपनि नेटरनरेटका कारण दोस्रो स्थानमा छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]