default_image

3 years ago

December 29, 2022

नेपाल टि२० लिगमा नेपाली ब्याटरकै संघर्ष

233 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगको सुरुवातमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख ब्याटरले नै रन बनाउन संघर्ष गरेका छन् । सुरुवाती १० खेल सम्पन्न हुँदा ब्याटिङ प्रदर्शनमा विदेशी खेलाडी हावी देखिएका छन् ।

हालसम्म प्रतियोगितामा ७ खेलाडीले १ सयमाथि रन बनाएका छन् । पोखरा एभेन्जर्सका कुशल मल्ल मात्रै एक सय माथि रन बनाउने नेपाली खेलाडी हुन् । नयाँ वातावरणमा विदेशी खेलाडीले लगातार रन जोड्दा टियुमै खेलेर हुर्किएका नेपाली ब्याटरले भने घरेलु पिचमा खुलेर खेल्न सकेका छैनन् । कुशलले ४ खेलमा ६२ बल खेल्दै ८ चौका र ८ छक्कासहित १६९.३५ को स्ट्राइकरेटमा कुल १ सय ५ रन बनाएका छन् ।

नेपाल टि२० लिगमा ९ अर्धशतक प्रहार हुँदा ७ विदेशी र २ नेपाली खेलाडीबाट छ । लुम्बिनी अल स्टार्सका लाहिरु मिलान्था दुई अर्धशतक प्रहार गर्ने एक्लो खेलाडी हुन् । अल स्टार्सको चार मध्य तीन जितमा लाहिरु प्लेयर अफ द म्याच बनेका छन् ।

पोखराका कुशल मल्ल र आसिफ शेख अर्धशतक प्रहार गर्ने नेपाली खेलाडी हुन् । पोखरा बाहेक अन्य पाँच टोलीका कुनैपनि नेपाली ब्याटरले अर्धशतक हानेका छैनन् । यद्यपि पोखराले प्रतियोगितामा खेलेको सबै ४ खेलमा हार बेहोरेको छ ।

लिगका १० मध्य ९ प्लेयर अफ द म्याच विदेशी खेलाडी बनेका छन् । ७ ब्याटिङ प्रदर्शनको आधारमा प्लेयर अफ द म्याच चुनिएका छन् । जनकपुर रोयल्सका ललित नारायण राजवंशीले विराटनगर सुपर किंग्सविरुद्ध ४ ओभरमा १ मेडनसहित ८ रन खर्चेर ५ विकेट लिँदै प्लेयर अफ द म्याच जिते । ललित हालसम्म प्लेयर अफ द म्याच चुनिने एक्लो नेपाली खेलाडी हुन् ।

कुशल र आसिफको अर्धशतक

कुशल मल्लले अल स्टार्सविरुद्ध ३१ बलमा ५ चौका र ५ छक्कासहित ६१ रनको इनिङ खेलेका थिए । त्यसक्रममा २४ बलमै अर्धशतक हानेका थिए । जुन यस प्रतियोगिताकै तीव्र अर्धशतक हो । पोखराकै आसिफ शेखले जनकपुरविरुद्ध ३९ बलमा ४ चौका र २ छक्कासहित ५० रन जोडेका थिए । अन्य कुनैपनि नेपाली ब्याटरले अर्धशतक बनाउन सकेका छैनन् ।

२०१५ पछि नेपाली टोलीमा पूनरागमनको पर्खाईमा रहेका सिद्धान्त लोहनी पनि राम्रो लयमा देखिएका छन् । २० इनिङ मध्य ६ इनिङमा मात्रै १ सय ५० माथिको रन बनेको छ । काठमाडौंले जनकपुरविरुद्ध २ सय ८ रन बनाएको थियो । काठमाडौं दुई सय रन कटाउने एक्लो टोली समेत हो ।

नेपाली प्रमुख ब्याटरकै खराब र संघर्ष

वर्तमान समय नेपाली टोलीबाट खेल्दै आएका ब्याटरले नै निकै संघर्ष गरेका छन् । काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले ३ खेलमा १५ बल खेल्दै १४ रन बनाएका छन् । आरिफ शेखले ४ खेलमा ३२ बल खेल्दै २५ रन बनाएका छन् ।

विराटनगरका अर्जुन साउदले ३ खेलमा ६१ बल खेल्दै ५३ रन र लुम्बिनी कप्तान दीपेन्द्रसिंह ऐरीले ४ खेलमा ६८ बल खेल्दै ५७ रन बनाएका छन् । नेपालका कप्तान रोहित पौडेलले तीन खेलमा ६३ बल खेल्दै ६२ रन, आसिफ शेखले ४ खेलमा ७४ बल खेल्दै ७१ र कुशल भुर्तेलले ५२ बल खेल्दै ७२ रन बनाएका छन् ।

देव खनालले ७६ बल खेल्दै ७४, सिद्धान्त लोहनीले ४४ बलमा ६८, सन्दीप जोरा ४३ बल खेल्दै ६७, शरद भेषावकर ३० बल खेल्दै २२, भीम सार्की २६ बलमा २९, विनोद भण्डारी २९ बलमा २८ र हरिशंकर शाह दुवै इनिङमा शून्यमा आउट भएका छन् ।
एक दुई नेपाली ब्याटरलाई छाड्दा अन्य सबैले निकै संघर्ष गरेका छन् ।

नेपाली ब्याटरको प्रदर्शन कमजोर हुँदा विदेशी खेलाडी भने खुलेर खेलेका छन् । अल स्टार्सका श्रीलंकाली विकेटकिपर ब्याटर लाहिरु मिलान्था ४ खेलमा १२५.८९ को स्ट्राइकरेटमा १ सय ७५ रनका साथ शीर्ष स्थानमा छन् ।

काठमाडौंका इंग्लिस ब्याटर एलेक्स ब्लेकले ३ खेलमा १४६.०७ को स्ट्राइकरेटमा १ सय ४९ रन बनाएका छन् । जनकपुरविरुद्ध २ सय रन कटाउँदा ब्लेकले ८३ रनको इनिङ खेलेका थिए ।

काठमाडौंकै अफगानी अलराउन्डर आजमतुल्लाह ओमरजाईले ३ खेलमा २०१.५३ को स्ट्राइकरेटमा १ सय ३१ रन बनाएका छन् । फार वेस्ट युनाइटेडका अफगानी कप्तान हश्मातुल्लाह शाहिदी ३ खेलमा ९५.९० को स्ट्राइकरेटमा १ सय १७ रन बनाएका छन् ।

‘हाम्रो मध्यक्रममा रन बन्न सकेको छैन । ब्याटरबाट निरन्तरता पनि आएको छैन । टिम सन्तुलन हेर्दा एक उत्कृष्ट छ । नेपालकै ओपनर आसिफ शेख टोलीमा छ । आसिफको ब्याटबाट पनि रन आएको छैन । कुशलले एकदम राम्रो गर्दै छ । उसलाई साथ पनि दिन सकेका छैनौं’, पोखराका आरिफ शेखले भने ।

‘कुशलले दुई खेल खेलेको थियो । ठूलो स्कोर हुन सकेको छैन । म पनि राम्रो खेलेको छैन । अगाडि खेलमा राम्रो हुनेछ’, अलस्टार्सका कप्तान दीपेन्द्रलेले ब्याटिङ बारे भने ।

काठमाडौंविरुद्ध ९९ रनको लक्ष्य पछ्याउँदा फार वेस्ट युनाइटेडले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । कप्तान हश्मातुल्लाह शाहिदीले ४९ बलमा ५० रन जोडेका थिए । ‘म नर्भस भएको थिएँ । मैले अनुभव गर्दा पिचले टेस्टको पाँचौं दिन जस्तो खेलेको थियो । मैले मेरो नर्भ कन्ट्रोल गरे । केहि समय लिएर अन्तिमम सम्म लगेर गए’, शाहिदीले भने ।

जनकपुर रोयल्सका उपकप्तान सोमपाल कामीले नेपाली खेलाडी राम्रो खेलेको दाबी गर्दछन् । ‘मलाई लाग्छ सबै नेपाली खेलाडीले प्रदर्शन गरेको छ । हिजो ललितले एकदमै राम्रो बलिङ गरेको थियो । आज अनिल शाह (अल स्टार्स) राम्रो इनिङ खेल्यो । नेपाली खेलाडीहरुले पनि राम्रो खेलेको छ । तर म्याच विनिङ प्रदर्शन विदेशी खेलाडीहरुले खेलेको छ’, सोमपालले भने ।

‘विदेशी खेलाडी हामीले किन लिएका छौं भने तिनीहरुमा अनुभव छ । जो पनि आएको धेरै अनुभव छ । नेपाली खेलाडीले राम्रो गरेको छ । तर म्याच विनिङ प्रदर्शन मात्रै हेरेका छौं । जसले खेलको टर्निङ प्वाइन्ट नेपाली खेलाडीहरुले नै धेरै दिएको छ’, सोमले भने ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.