default_image

3 years ago

December 29, 2022

विराटनगरलाई पोखराको मध्यम लक्ष्य

372 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पोखरा एभेन्जर्सले नेपाल टि२० लिगमा विराटनगर सुपर किंग्सलाई १ सय ३६ रनको मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३६ रन बनायो ।

पोखराका पाकिस्तानी विकेटकिपर आमिर हाम्जा २५ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ३७ रनमा अविजित रहे । पोखराले आजको खेलमा आरिफ शेखलाई बेन्चमा राख्दै कृष्ण कार्कीलाई खेलाएको छ ।

ओपनर सुमित महर्जन २५ बलमा २ चौका र १ छक्कासहित २६ रनमा आन्द्रे म्याकार्थीको बलमा कट एण्ड बोल्ड आउट भए । अर्का ओपनर आसिफ शेख राज रोक्की नन्ननको बलमा ११ रनमा कट एण्ड बोल्ड भए ।

उपुल थरंगा २४ बलमा २ चौका र १ छक्कासहित २५ रनमा आउट भए । यसअघि लयमा देखिएका सिद्धान्त लोहनीलाई ९ र कुशल मल्ललाई एक रनमा म्याकार्थीले बोल्ड गरे । शरद भेषावकर ६ बलमा २ रन बनाउँदै नन्दन यादवको बलमा बोल्ड भए ।
प्रतिश जि.सी ८ बलमा २ चौकासहित १३ रनमा अविजित रहे ।

विराटनगरका आन्द्रे म्याकार्थीले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । नन्दन यादव, राज रक्की र साहब आलमले एक एक विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.