default_image

1 year ago

December 29, 2022

इनिङ अन्तरको सानदार जितसँगै अष्ट्रेलिया फाइनल नजिक

एजेन्सी – दक्षिण अफ्रिकासँग दोस्रो टेस्ट खेलमा १ सय ८२ रनको इनिङ अन्तरको जितसँगै अष्ट्रेलिया आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२१/२३ को फाइनल नजिक पुगेको छ । तीन टेस्ट खेलको सिरिजमा अष्ट्रेलियाले २-० को अग्रता लिएको छ। दोस्रो इनिङमा दक्षिण अफ्रिका २ सय ४ रनमा अल आउट भयो । दक्षिण अफ्रिका मध्यक्रमका ब्याटर टेम्बा बभुमाले १ […]

134 views

0 Bookmark

एजेन्सी – दक्षिण अफ्रिकासँग दोस्रो टेस्ट खेलमा १ सय ८२ रनको इनिङ अन्तरको जितसँगै अष्ट्रेलिया आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२१/२३ को फाइनल नजिक पुगेको छ । तीन टेस्ट खेलको सिरिजमा अष्ट्रेलियाले २-० को अग्रता लिएको छ।

दोस्रो इनिङमा दक्षिण अफ्रिका २ सय ४ रनमा अल आउट भयो । दक्षिण अफ्रिका मध्यक्रमका ब्याटर टेम्बा बभुमाले १ सय ४४ बलमा ६ चौकासहित सर्वाधिक ६५ रन बनाए । विकेटकिपर काइल भेरेनले ४० बलमा ५ चौकासहित ३३ रन बनाए ।

थेउनिस डी बुर्यानले २८, सारेल एर्वी २१ र केशव महाराजले १३ रन बनाए । अष्ट्रेलिया नाथन लायनले सर्वाधिक तीन विकेट लिए । स्कट बोलान्डले दुई, मिचेल स्टार्क, प्याट कमिन्स र स्टिभ स्मिथले एक एक विकेट लिए ।

त्यसअघि अष्ट्रेलियाले पहिलो इनिङमा ८ विकेट गुमाउँदै ५ सय ७५ रनमा इनिङ समाप्तिको घोषणा गर्यो । अष्ट्रेलियाका डेविड वार्नरले २ सय ५४ बलमा १६ चौका र २ छक्कासहित सर्वाधिक २ सय रनमा रिटार्ट हर्ट भए । खुट्टा ह्यामिस्ट्रिङमा समस्याको कारण दोहारो शतक लगत्तै वार्नर रिटायर्ड हर्ट आउट भएका थिए ।

स्मिथ र डेविड वार्नरले तेस्रो विकेटका लागि २ सय ३९ रनको सानदार दोहोरो शतकीय साझेदारी गरे । स्मिथ १ सय ६१ बलमा ९ चौका र १ छक्कासहित ८५ रनमा आउट भए ।

विकेटकिपर एलेक्स केरी १ सय ४९ बलमा १३ चौकासहित १ सय ११ रनमा आउट भए । क्यामरन ग्रीन १ सय ७७ बलमा ५ चौकासहित ५१ रनमा आउट भए । ट्रविस हेडले ५५ बलमा ७ चौका र १ छक्कासहित ५१ रनमा आउट भए ।

दक्षिण अफ्रिका एनरिच नोर्कियाले सर्वाधिक तीन विकेट लिए । कागिसो रबाडाले दुई, लुन्गी एनगिडी र मार्को यानसनले एक एक विकेट लिए ।

त्यसअघि मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिका ६८.४ ओभरमा १ सय ८९ रनमा अल आउट भयो । दक्षिण अफ्रिका मार्को यानसनले १ सय ३६ बलमा १० चौकासहित सर्वाधिक ५९ रन बनाए । विकेटकिपर काइल भेरेन ९९ बलमा ३ चौकासहित ५२ रनमा आउट भए ।

एक समय ६७–५ को कमजोर अवस्थामा पुगेपनि छैटौं विकेटका लागि मार्को यानसन र काइल भेरेनले १ सय १२ रनको शतकीय साझेदारी गर्दै खेलमा फर्काएका थिए । क्यामरन ग्रीनले भेरेनलाई स्टिभ स्मिथबाट क्याच गराएपछि अष्ट्रेलिया पुन खेलमा हाबी बन्यो । अन्तिम पाँच विकेट दक्षिण अफ्रिकाले मात्रै १० रन जोड्दा गुमायो ।

कप्तान डिएन एल्गर २६ र सारेल एर्वी १८ रनमा आउट भए । क्यामरन ग्रीनले १०।४ ओभरमा ३ मेडनसहित २७ रन खर्चेर ५ विकेट लिए । मिचेल स्टार्कले दुई, स्कट बोलान्ड र नाथन लायनले एक एक विकेट लिए ।

अष्ट्रेलिया पहिलो खेलमा ६ विकेटले विजयी भएको थियो । तेस्रो टेस्ट ४ जनवरी देखि सुरु हुनेछ । अष्ट्रेलिया १४ खेलमा १० मा जितसहित ७८.७५ विजयी प्रतिशतका साथ शीर्ष स्थानमा छ । अष्ट्रेलियाले अव विश्व टेस्ट च्याम्पियनसिपमा भारतसँग चार र दक्षिण अफ्रिकासँग एक गरि कुल पाँच खेल खेल्न बाँकी छ ।

अष्ट्रेलिया दुई खेलमा विजयी हुँदा फाइनलमा स्थान पक्का गर्नेछ । भारत १४ खेलमा ८ मा जितसहित ५८.९३ विजयी प्रतिशतका साथ दोस्रो स्थानमा छ । भारतले अष्ट्रेलियासँग घरेलु मैदानमा हुने चार टेस्ट खेलको सिरिजमा तीन खेल जित्नु पर्ने हुन्छ ।

May 3, 2024

नेपाल आएका ३ खेलाडी वेस्ट इन्डिजको विश्वकप टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ए सँगै नेपाल भ्रमणमा आएका तीन खेलाडी समेट्दै सह-आयोजक वेस्ट इन्डिजले आईसिसी टि-२० विश्वकपका लागि टोलीको घोषणा गरेको छ । नेपालमा उत्कृष्ट प्रदर्शन गरेका तीन खेलाडी टोलीमा अटाएका छन् । नेपालमा रहेका वेस्ट इन्डिज ए टोलीका कप्तान रोस्टन चेज, ओपनिङ ब्याटर जोन्सन चार्ल्स र बायाँ हाते अल-राउन्डर गुडकेश मोती […]

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

Success

Thank you for your time.