default_image

3 years ago

December 29, 2022

रोहितको उत्कृष्ट ब्याटिङ विराटनगरको सानदार जित

342 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – उपकप्तान रोहित पौडेलको उत्कृष्ट ब्याटिङमा विराटनगर सुपर किंग्सले नेपाल टि२० लिगमा पोखरा एभेन्जर्समाथि ८ विकेटको सानदार जित हात पारेको छ । यता पोखरा लगातार पाँचौं खेलमा पराजित भएको छ ।

जितको लागि १ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले १८.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । विराटनगरको जितमा रोहित पौडेल ५७ बलमा ६ चौका र ३ छक्कासहित ७१ रनमा अविजित रहे ।

रोहित जारी टि२० लिगमा अर्धशतक प्रहार गर्ने तेस्रो नेपाली खेलाडी हुन् । समग्र नेपाल टि२० लिगको १० औं अर्धशतक हो । यसअघि पोखरा एभेन्जर्सका कुशल मल्लले लुम्बिनी अल स्टार्सविरुद्ध ६१ र आसिफ शेखले जनकपुर रोयल्सविरुद्ध ५० रनको इनिङ खेलेका थिए ।

ओपनर अर्जुन साउद रोयल डक आउट भएका थिए । तर दोस्रो विकेटका लागि रोहित र गौरांशु शर्माले ७८ रनको साझेदारी गर्दै सहज जितको आधार तय गरेका थिए । गौरांशु ३२ बलमा २ चौका र १ छक्कासहित ३३ रनमा जाहिर खानको बलमा बोल्ड भए । हुसेन तालत २३ बलमा ३ चौकासहित २८ रनमा अविजित रहे । पोखराका आमिर हाम्जा र जाहिर खानले एक एक विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३६ रन बनायो । पोखराका आमिर हाम्जा २५ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ३७ रनमा अविजित रहे । पोखराले आजको खेलमा आरिफ शेखलाई बेन्चमा राख्दै कृष्ण कार्कीलाई खेलाएको छ ।

ओपनर सुमित महर्जन २५ बलमा २ चौका र १ छक्कासहित २६ रनमा आन्द्रे म्याकार्थीको बलमा कट एण्ड बोल्ड आउट भए । अर्का ओपनर आसिफ शेख राज रोक्की नन्ननको बलमा ११ रनमा कट एण्ड बोल्ड भए ।

उपुल थरंगा २४ बलमा २ चौका र १ छक्कासहित २५ रनमा आउट भए । यसअघि लयमा देखिएका सिद्धान्त लोहनीलाई ९ र कुशल मल्ललाई एक रनमा म्याकार्थीले बोल्ड गरे । शरद भेषावकर ६ बलमा २ रन बनाउँदै नन्दन यादवको बलमा बोल्ड भए । प्रतिश जि।सी ८ बलमा २ चौकासहित १३ रनमा अविजित रहे ।

विराटनगरका आन्द्रे म्याकार्थीले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । नन्दन यादव, राज रक्की र साहब आलमले एक एक विकेट लिए । पोखरा ५ खेलमा सबैमा पराजित हुँदै पुछारमा छ । पोखरा शीर्ष चारमा रहँदै प्लेअफ खेल्न बाँकी पाँच खेल नै जित्नुपर्छ । अन्य टोलीको नतिजामा पनि भरपर्नुपर्ने हुन्छ ।

लुम्बिनी ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा छ । लुम्बिनी अपराजित एक्लो टोली हो । काठमाडौं नाइट्सले ३ खेलमा २ मा जित र १ मा हारसहित दोस्रो स्थानमा छ । विराटनगर सुपर किंग्स ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ तेस्रो स्थानमा छ ।

जनकपुर रोयल्स ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंक भएपनि नेटरनरेटको कारण चौथो स्थानमा छ । फार वेस्ट युनाइटेड ३ खेलमा १ मा जित र २ मा हारसहित २ अंकका साथ पाँचौं स्थानमा छ । पोखरा अंक विहीन हुँदै पुछारमा छ । शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.