3 years ago
December 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – फार वेस्ट युनाइटेडका अलराउन्डरका करण केसीले नेपाल टि२० लिगमा विष्फोटक ब्याटिङ गरेपछि जनकपुर रोयल्सलाई १ सय ७० रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको फार वेस्टले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६९ रन बनायो । करणले विष्फोटक ब्याटिङ गर्नेक्रममा अन्तिम ओभरमा जितेन्द्र मुखियालाई लगातार तीन छक्कासहित कुल २६ रन जोडे ।
करण केसी १७ बलमा ३ चौका र ४ छक्कासहित ४६ रनमा अविजित रहे । करणले पहिलो खेलमा लङअन, दोस्रो बल लङअफ र तेस्रो बल लङअनमा गरि जितेन्द्र मुखियालाई लगातार तीन छक्का हाने ।
चौथो बल लङअफमा कप्तान ट्रेभन ग्रिफिकले फिल्डिङ मिस गर्दा चौका भएको थियो । त्यसपछिका दुई बलमा भने दुई दुई रन बटुले ।

भीम सार्की ३० बलमा १ चौका र २ छक्कासहित ३६ रनमा अविजित रहे । ओपनर हासिम अन्सारी तीव्र गतिका बलर सोमपाल कामीको बलमा विकेटकिपर चाडविक वाल्टनबाट ११ रनमा क्याच आउट भए । उनले ७ बलमा २ चौका हाने । देव खनाल २६ बलमा २ चौका र १ छक्कासहित २२ रनमा क्याच आउट भए ।
कप्तान हस्मातुल्लाह शाहिदी १८ बलमा १ चौका र १ छक्कासहित १९ रनमा रन आउट भए । ललित नारायण राजवंशीले विनोद भण्डारीलाई १२ रनमा बोल्ड गरे । उमेर अली ललितकै बलमा शून्यमा क्याच आउट भए ।

जनकपुरका ललित नारायण राजवंशीले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । सोमपाल कामी र जितेन्द्र मुखियाले एक एक विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]