default_image

3 years ago

December 29, 2022

जोरा र वाल्टनको उत्कृष्ट ब्याटिङमा जनकपुरको सहज जित

247 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सन्दीप जोरा र चाडविक वाल्टनको उत्कृष्ट ब्याटिङमा जनकपुर रोयल्सले नेपाल टि२० लिगमा फार वेस्ट युनाइटेडलाई ८ विकेटले हराएको छ । योसँगै जनकपुर तेस्रो जितका साथ अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।

जितको लागि १ सय ७० रनको विजयी लक्ष्य पछ्याएको जनकपुरले १८.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । सन्दीप जोरा ५४ बलमा ३ चौका र ५ छक्कासहित ७७ रनमा अविजित रहे । सन्दीप जोराले करण केसीलाई विजयी छक्का हान्दै खेल सकाए ।

चाडविक वाल्टन ४० बलमा २ चौका र ५ छक्कासहित ६९ रनमा अविजित रहे । तेस्रो विकेटका लागि सन्दीप जोरी र चाडविक वाल्टनले १ सय ५१ रनको सानदार अविजित शतकीय साझेदारी गर्दै सहज जित दिलाए । जारी प्रतियोगितामा १ सय ५० माथि पहिलो पटक साझेदारी भएको हो । यसअघि पोखराका उपुल थरंगा र कुशल मल्लले छैटौं विकेटका लागि काठमाडौं नाइट्सविरुद्ध १ सय १४ रनको शतकीय साझेदारी गरेका थिए ।

अन्य कुनैपनि शतकीय साझेदारी हुन सकेको छैन । करण केसीले पवन सरार्फलाई १२ रनमा बोल्ड गरे । फार वेस्ट युनाइटेडका करण केसीले ३.५ ओभरमा २५ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको फार वेस्टले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६९ रन बनायो । करणले विष्फोटक ब्याटिङ गर्नेक्रममा अन्तिम ओभरमा जितेन्द्र मुखियालाई लगातार तीन छक्कासहित कुल २६ रन जोडे ।

करण केसी १७ बलमा ३ चौका र ४ छक्कासहित ४६ रनमा अविजित रहे । करणले पहिलो खेलमा लङअन, दोस्रो बल लङअफ र तेस्रो बल लङअनमा गरि जितेन्द्र मुखियालाई लगातार तीन छक्का हाने ।

चौथो बल लङअफमा कप्तान ट्रेभन ग्रिफिकले फिल्डिङ मिस गर्दा चौका भएको थियो । त्यसपछिका दुई बलमा भने दुई दुई रन बटुले । भीम सार्की ३० बलमा १ चौका र २ छक्कासहित ३६ रनमा अविजित रहे । ओपनर हासिम अन्सारी तीव्र गतिका बलर सोमपाल कामीको बलमा विकेटकिपर चाडविक वाल्टनबाट ११ रनमा क्याच आउट भए । उनले ७ बलमा २ चौका हाने । देव खनाल २६ बलमा २ चौका र १ छक्कासहित २२ रनमा क्याच आउट भए ।

कप्तान हस्मातुल्लाह शाहिदी १८ बलमा १ चौका र १ छक्कासहित १९ रनमा रन आउट भए । ललित नारायण राजवंशीले विनोद भण्डारीलाई १२ रनमा बोल्ड गरे । उमेर अली ललितकै बलमा शून्यमा क्याच आउट भए । जनकपुरका ललित नारायण राजवंशीले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । सोमपाल कामी र जितेन्द्र मुखियाले एक एक विकेट लिए ।

लुम्बिनी ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा छ । जनकपुर ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ । जनकपुरले अव शनिबार विराटनगर सुपर किंग्ससँग खेल्नेछ । फार वेस्ट युनाइटेडले शुक्रबार पोखरासँग खेल्नेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.