default_image

1 year ago

December 29, 2022

विलियम्सनको दोहोरो शतकमा न्युजिलयान्डको विशाल योगफल

एजेन्सी – पूर्व कप्तान केन विलियम्सनको दोहोरो शतकको सहयोगमा न्युजिल्यान्डले पहिलो टेस्ट खेलमा घरेलु टोली पाकिस्तानविरुद्ध विशाल योगफल बनाएको छ । चौथो दिनको खेल सकिँदा दोस्रो इनिङमा पाकिस्तानले २ विकेट गुमाउँदै ७७ रन बनाएको छ । पाकिस्तानका ओपनर इमाम उल हक ४५ र नौमान अली ४ रनमा अविजित छन् । ओपनर अब्दुल्लाश सफिक १७ र […]

97 views

0 Bookmark

एजेन्सी – पूर्व कप्तान केन विलियम्सनको दोहोरो शतकको सहयोगमा न्युजिल्यान्डले पहिलो टेस्ट खेलमा घरेलु टोली पाकिस्तानविरुद्ध विशाल योगफल बनाएको छ ।

चौथो दिनको खेल सकिँदा दोस्रो इनिङमा पाकिस्तानले २ विकेट गुमाउँदै ७७ रन बनाएको छ । पाकिस्तानका ओपनर इमाम उल हक ४५ र नौमान अली ४ रनमा अविजित छन् । ओपनर अब्दुल्लाश सफिक १७ र शन मसुद १० रनमा आउट भए । पाकिस्तान अझै ९७ रनले पछि परेको छ ।

न्युजिल्यान्डका माइकल ब्रेसवेल र ईश सोधीले एक एक विकेट लिएका छन् । त्यसअघि न्युजिल्यान्डले पहिलो इनिङमा ६१२९९ को अवस्थामा इनिङ समाप्तिको घोषणा गर्यो । न्युजिल्यान्डका केन विलियम्सन ३ सय ९५ बलमा २१ चौका र १ छक्कासहित २ सय रनमा अविजित रहे । विलियम्सनको यो टेस्ट करिअरको पाँचौं दोहोरो शतक हो ।

केन विलियम्सनको दोहोरो शतक लगत्तै न्युजिल्यान्डले इनिङ समाप्तिको घोषणा गरेको थियो । समग्रमा १ सय ७४ रनले पहिलो इनिङमा अग्रता लिएको थियो । केन विलियम्सन र ईध सोधीले सातौं विकेटका लागि १ सय ५४ रनको शतकीय साझेदारी गरेका थिए । सोधी १ सय ८० बलमा ११ चौकासहित ६५ रनमा अविजित रहे । पाकिस्तानका स्पिनर अब्रर अहमदले सर्वाधिक पाँच विकेट लिए । अर्का स्पिनर नौमान अलीले तीन विकेट लिए ।

ओपनर टम लाथम १ सय ९१ बलमा १० चौकासहित १ सय १३ रनमा आउट भए । अर्का ओपनर डेभन कन्वे १ सय ७६ बलमा १४ चौकासहित ९२ रनमा आउट भए । पहिलो विकेटका लागि लाथम र कन्वेले १ सय ८३ रनको साझेदारी गरेका थिए । डर्याल मिचेल ४२ र टम ब्लन्डेल ४७ रनमा आउट भए ।

त्यसअघि कराँचीमा टस जितेर ब्याटिङ रोजेको पाकिस्तान पहिलो इनिङमा ४ सय ३८ रनमा अल आउट भयो । पाकिस्तानका कप्तान बाबर आजम २ सय ८० बलमा १५ चौका र १ छक्कासहित सर्वाधिक १ सय ६१ रनमा आउट भए ।

दोस्रो दिन बाबर आजमले मात्रै तीन बल खेलेका थिए । बाबरको यो टेस्ट करिअरको नवौं शतक हो । अघा सलमानले १ सय ५५ बलमा १७ चौकासहित १ सय ३ रनको शतकीय इनिङ खेले । उनको टेस्ट करिअरको पहिलो शतक हो ।

२०१९ पछि पहिलो पटक टेस्ट क्रिकेटमा पूनरागमन गरेका पूर्वकप्तान तथा विकेटकिपर शरफराज अहमद १ सय ५३ बलमा ९ चौकासहित ८६ रनमा आउट भए । पाँचौं विकेटका लागि बाबर आजम र शरफराज अहमदले १ सय ९६ रनको सानदार शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए ।

पहिलो दिन अन्तिम समयमा स्पिनर अजाज पटेलको बलमा शरफराज डर्याल मिचेलबाट क्याच आउट भएका थिए । साउद सकिल २२ र इमाम उल हक २४ रनमा आउट भए । न्युजिल्यान्डका टिम साउथीले सर्वाधिक तीन विकेट लिए । अजाज पटेल, ईश सोधी र माइकल ब्रेसवेलले दुई दुई विकेट लिए ।

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

Success

Thank you for your time.