default_image

1 year ago

December 29, 2022

पुनरावेदनमा सन्दीपको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं (हाम्रो खेलकुद)– बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको मुद्दा बिहीबार हेर्न नभ्याइनेमा राखिएको छ । उच्च आदलत पटानमा बिहीबार पुनरावेदनको पेशी थियो । दुई न्यायाधीश सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको सो मुद्दा हेर्न नभ्यानेमा राखिएको हो । सन्दीपलाई बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउन आदेश […]

31 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको मुद्दा बिहीबार हेर्न नभ्याइनेमा राखिएको छ । उच्च आदलत पटानमा बिहीबार पुनरावेदनको पेशी थियो ।

दुई न्यायाधीश सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको सो मुद्दा हेर्न नभ्यानेमा राखिएको हो । सन्दीपलाई बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो । त्यसपछि उनका वकिलले उच्च अदालत पाटनमा पुनरावेदनको मुद्दा दायर गरेका थिए । सन्दीप माथि १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोप छ ।

काठमाडौं जिल्ला अदालतले पीडित किशोरीको उमेरसम्बन्धी अभिलेख अस्पतालबाट झिकाउन आदेश दिएको थियो । सन्दीपले पीडित किशोरीको जन्म सम्बन्धी प्रमाण झिाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो । सन्दीपले किशोरी १८ वर्ष मुनिको नभएको दाबी गर्दै आएका छन् ।

केन्या जानुअघिल्लो दिन भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर दुई पटक नाबालिगलाई दुई पटक बलात्कार गरेको आरोप सन्दीपमाथि लागेको छ । पीडित नाबालिगले भदौ २१ गते प्रहरी बृत गौशालामा भदौ २१ गते सन्दीपविरुद्ध जाहेरी दिएकी थिइन् । प्रहरीले सन्दीपलाई असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

Success

Thank you for your time.