default_image

3 years ago

December 30, 2022

टेक्टरले आज नेपाल टि२० लिग खेल्दै

233 views

0 Bookmark

एजेन्सी– आयरल्यान्डका स्टार ब्याटर ह्यारी टेक्टरले लुम्बिनी अल स्टार्सबाट नेपाल टि२० लिगमा काठमाडौं नाइट्सविरुद्ध खेल्दैछन् । टियु मैदानमा भएको टसमा लुम्बिनीका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

लुम्बिनीले दुई खेलाडी परिवर्तन गरेको छ । स्पिनर सागर ढकालको स्थानमा तिलकराज भण्डारीलाई खेलाएको छ । विपुल शर्माको स्थानमा ह्यारी टेक्टरलाई खेलाएको छ । लुम्बिनी लगातार पाँचौं जितको खोजीमा छ । काठमाडौंले भने टोलीमा कुनै परिवर्तन गरेको छैन ।

टेक्टर वर्तमान समयका आयरल्यान्डका प्रमुख ब्याटर मध्यका एक हुन् । उनले मध्यक्रममा सानदार प्रदर्शन गर्दै आएका छन् । गत जुनमा भारतविरुद्ध सानदार प्रदर्शन गरेपछि टेक्टरलाई कप्तान हार्दिक पान्ड्याले आफ्नो ब्याट नै उपहार दिएका थिए । त्यो खेल हरेपछि हार्दिकले टेक्टरलाई आइपिएलमा देख्न चाहेको समेत बताएका थिए ।

टेक्टरले भारतविरुद्ध पहिलो टि२० खेलमा २२–३ को खराब सुरुवातको अवस्थाबाट आउँदै ३३ बलमा ६ चौका र ३ छक्कासहित ६४ रनको उत्कृष्ट इनिङ खेलेका थिए । त्यहिँ इनिङबाट हार्दिक प्रभावित भएका थिए ।

भारतविरुद्ध दोस्रो खेलमा ३९ रन जोडेका थिए ।गत जुलाईमा टेक्टरले न्युजिल्यान्डविरुद्ध पहिलो ओडिआई खेलमा १ सय १३ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।

न्युजिल्यान्ड विरुद्धनै तेस्रो ओडिआई खेलमा टेक्टरले १ सय ८ रनको शतकीय इनिङ खेलेका थिए । २३ वर्षीय टेक्टरले २३ ओडिआई खेलमा दुई शतक र ७ अर्धशतकसहित ८ सय ९३ रन बनाएका छन् ।

५१ टि२० आई खेलमा ८ सय ३६ रन बनाएका छन् । टेक्टरलाई आगमी विश्व क्रिकेटक स्टार ब्याटरको रुपमा समेत हेर्ने गरिन्छ । गत अक्टोबर तथा नोभेम्बरमा अष्ट्रेलियामा भएको टि२० विश्वकपमा भने उनले अपेक्षा अनुसार प्रदर्शन गर्न सकेका थिएनन् ।

लुम्बिनीको प्लेइङ ११ : दीपेन्द्रसिंह ऐरी, अनिल कुमार शाह, गुलशन झा, तिलकराज भण्डारी, किशोर महतो, सुनिल धमला, शड्ली भान सेक्किक, ह्यारी टेक्टर र हरम्रीत सिंह ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.