default_image

1 year ago

December 30, 2022

गुलशन र देव नेपालको यू१९ टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – दुई महिनापछि युएईमा हुने आइसिसी यू-१९ एसिया कप क्वालिफायर (डिभिजन १ छनोट) को लागि नेपालले सिनियर टोलीबाट खेलि सकेका देव खनाल र गुलशन झासहित २८ सदस्य टोली बन्द प्रशिक्षणमा बोलाएको छ । एक महिना अघि काठमाडौंमा सम्पन्न वाई वाई यू–१९ राष्ट्रिय प्रतियोगिताको आधारमा नेपाल क्रिकेट संघ (क्यान) ले २८ सदस्य टोली […]

264 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दुई महिनापछि युएईमा हुने आइसिसी यू-१९ एसिया कप क्वालिफायर (डिभिजन १ छनोट) को लागि नेपालले सिनियर टोलीबाट खेलि सकेका देव खनाल र गुलशन झासहित २८ सदस्य टोली बन्द प्रशिक्षणमा बोलाएको छ ।

एक महिना अघि काठमाडौंमा सम्पन्न वाई वाई यू–१९ राष्ट्रिय प्रतियोगिताको आधारमा नेपाल क्रिकेट संघ (क्यान) ले २८ सदस्य टोली प्रशिक्षणमा बोलाएको छ । प्रशिक्षण मंगलबार देखि काठमाडौँंमा सुरु हुने क्यानले जनाएको छ ।

नेपालले फेब्रुअरीमा युएईमा गएर एसिया डिभिजन १ खेल्नेछ । डिभिजन १ छनोटमा नेपाल, युएई, हङकङ, कुवेत, मलेसिया र सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ । विजेता टोलीले २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्न पाउनेछ ।

आयोजक श्रीलंकासँगै, अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, भारत, आयरल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, वेस्टइन्डिज र जिम्बावे स्वत छनोट भएका छन् । बाँकी पाँच टोली विभिन्न क्षेत्र छनोटका विजेता हुनेछन् । नेपाल विश्वकप जित्न डिभिजन १ को विजेता हुनुपर्ने हुन्छ । हङकङ र सिंगापुर डिभिजन २ बाट १ मा बढुवा भएका हुन् ।

नेपालले २०१६ पछि यू१९ विश्वकप खेल्न सकेको छैन । देव खनाल र गुलशन झा नेपाली टोलीबाट खेलेका छन् । देव खनालले लुम्बिनीबाट यू१९ राष्ट्रिय प्रतियोगिता खेलेपनि प्रदर्शन अपेक्षा अनुसार हुन सकेन । त्यस्तै गुलशन झाले यू-१९ नखेलेपनि टोलीमा राखेको छ ।

गुलशनले नेपालबाट ९ ओडिआई र एक टि२० आई खेल खेलेका छन् । गुलशन तीव्र गतिसँगै मध्यक्रममा राम्रो ब्याटिङको सम्भावना राख्छन् । त्यस्तै देव खनाल नेपालका ओपनर हुन् । देव खनालले नेपालबाट १० ओडिआईमा २ अर्धशतकसहित कुल २ सय ५३ रन बनाएका छन् ।

नेपाली यू-१९ राष्ट्रिय टोलीबाट खेलि सकेका लेगस्पिनर तिलकराज भण्डारी पनि टोलीमा छन् । गुलशन, तिलक र देवलाई समेट्दा टोली मजबुत बनेको छ । प्रशिक्षणपछि नेपालले अन्तिम टोली घोषणा गर्नेछ ।

नेपाली यू१९ राष्ट्रिय टोली :

अर्जुन कुमाल, आकाश त्रिपाठी, उत्तम थापामगर, अनुराग सिंह, मिलन बोहरा, गोविन्द विक, योगेश भाट, प्रतीक श्रेष्ठ, दीपक बोहरा, दीपेश कंडेल, निर्मल गुरुङ, सुवास भण्डारी, नरेन साउद, हेमन्त धामी, आकाश चन्द, दुर्गेश गुप्ता, राकेश यादव, गुलशन झा, सक्रिय कार्की, विपिन महतो, दीपक डुम्रे, प्रज्वल थापा, मयन यादव, विशाल विक्रम केसी, युनिससिंह ठकुरी, दीपक बोहरा, देव खनाल र तिलकराज भण्डारी ।

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

Success

Thank you for your time.