default_image

1 year ago

December 30, 2022

पाँच रन जोड्नै काठमाडौंको चार विकेट

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं नाइट्सले नेपाल टि२० लिगमा लुम्बिनी अल स्टार्ससँग सुरुवाती तीन ओभरमै पाँच रन जोड्न चार विकेट गुमाएको छ । जितको लागि १ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको नाइट्सले तीन ओभरमा चार विकेट गुमाउँदै ६ रन बनाएको हो । क्रिजमा एलेक्स ब्लेक र सुनाम गौतम छन् । काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लसहित […]

152 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं नाइट्सले नेपाल टि२० लिगमा लुम्बिनी अल स्टार्ससँग सुरुवाती तीन ओभरमै पाँच रन जोड्न चार विकेट गुमाएको छ । जितको लागि १ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको नाइट्सले तीन ओभरमा चार विकेट गुमाउँदै ६ रन बनाएको हो । क्रिजमा एलेक्स ब्लेक र सुनाम गौतम छन् ।

काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लसहित शीर्षक्रमका तीन खेलाडी खाता नखोली आउट भएपछि यस प्रतियोगिताकै खराब सुरुवात गरेको छ । तेस्रो बलमै लोकेश रन शून्यमा रन आउट भए । दोस्रो ओभरको तेस्रो बलमा विरनदीप सिंहलाई हरम्रीत सिंहले शून्यमा एलबीडब्लू आउट गरे । विरनदीपले ६ बल खेलेका थिए ।

ज्ञानेन्द्र मल्ल एक बलपछि अनिल कुमार शाहको बलमा शून्यमै क्याच आउट भए । किशोर महतोले तेस्रो ओभरको पाँचौं बलमा रयान बर्ललाई दुई रनमा बोल्ड गरेपछि ५-४ को दयनीय अवस्थामा पुगेकोा हो ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५० रन बनायो । लुम्बिनीका कप्तान दीपेन्द्रसिंह ऐरीले २७ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ४० रन बनाए ।

लुम्बिनीका अन्य ब्याटरले भने राम्रो गर्न सकेनन् । ठूलो अपेक्षा गरेका आयरल्यान्डका स्टार ब्याटर ह्यारी टेक्टर पहिलो खेलमा आज १३ बल खेल्दै ७ रनमा आउट भए । टेक्टर एलेक्स ब्लेकको बलमा रयान बर्लले लङअफमा लामो दौडका साथ उत्कृष्ट क्याच लिए ।

काठमाडौंका आजमतुल्लाह ओमरजाईले ४ ओभरमा १२ रन खर्चेर २ विकेट लिए । अभिनाश बोहरा, अनिल खरेल, बसिर अहमद, सुनाम गौतम र एलेक्स ब्लेकले एक एक विकेट लिए ।

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

Success

Thank you for your time.