default_image

3 years ago

December 30, 2022

लुम्बिनीको लगातार पाँचौं जित

331 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी अल स्टार्सले नेपाल टि२० लिगमा काठमाडौं नाइट्सलाई ३५ रनले हराउँदै लगातार पाँचौं जित हात पारेको छ । लगातार पाँच जितसँगै लुम्बिनी प्लेअफ नजिक पुगेको छ ।

जितको लागि १ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको नाइट्सले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १५ रन बनायो । एक समय ५–४ को दयनीय अवस्थामा पुगेको नाइट्सको लागि आजमतुल्लाह ओमरजाईले २९ बलमा ३ छक्कासहित सर्वाधिक ३८ रन बनाए ।

साड्ली भान स्केलक्किकको बलमा लङअनमा दीपेन्द्रको उत्कृष्ट फिल्डिङको सहयोगमा अनिल शाहले क्याच लिए । क्याच लिएपनि बाउन्ड्री बाहिर जानु परेपछि उनले बल बाहिर फ्याँलेपछि अनिल शाहले क्याच लिएका थिए । २२–५ को अवस्थाबाट एलेक्स ब्लेक र ओमरजाईले ४९ रनको साझेदारी गरेका थिए । एलेक्स ब्लेक हरम्रीत सिंहको बलमा लाहिरु मिलान्थाबाट स्टम्पिङ आउट भएपछि जितको झिनो आशा टाढिएको थियो ।

कप्तान ज्ञानेन्द्र मल्लसहित शीर्षक्रमका तीन खेलाडी खाता नखोली आउट भएपछि यस प्रतियोगिताकै खराब सुरुवात गर्न पुगेको थियो । तेस्रो बलमै ओपनर लोकेश बम रन शून्यमा रन आउट भए । दोस्रो ओभरको तेस्रो बलमा विरनदीप सिंहलाई हरम्रीत सिंहले शून्यमा एलबीडब्लू आउट गरे । विरनदीपले ६ बल खेलेका थिए ।

ज्ञानेन्द्र मल्ल एक बलपछि अनिल कुमार शाहबाट शून्यमै क्याच आउट भए । किशोर महतोले तेस्रो ओभरको पाँचौं बलमा रयान बर्ललाई दुई रनमा बोल्ड गरेपछि ५–४ को दयनीय अवस्थामा पुगेको हो ।

तल्लोक्रमका बसिर अहमद १०, कमलसिंह ऐरीले १९ र अभिनाश बोहराले ८ रन बनाए । अल स्टार्सका हरम्रीत सिंहले ४ ओभरमा १ मेडनसहित ७ रन खर्चेर ३ विकेट लिए । हरम्रीत सिंह २०१२ का यू१९ विश्वकप विजेता भारतीय स्पिनर समेत हुन् । किशोर महतो, तिलकराज भण्डारी, साड्ली भान स्केलक्किक र ह्यारी टेक्टरले एक एक विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५० रन बनायो । लुम्बिनीका कप्तान दीपेन्द्रसिंह ऐरीले २७ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ४० रन बनाए ।

लुम्बिनीका अन्य ब्याटरले भने राम्रो गर्न सकेनन् । ठूलो अपेक्षा गरेका आयरल्यान्डका स्टार ब्याटर ह्यारी टेक्टर पहिलो खेलमा आज १३ बल खेल्दै ७ रनमा आउट भए । टेक्टर एलेक्स ब्लेकको बलमा रयान बर्लले लङअफमा लामो दौडका साथ उत्कृष्ट क्याच लिए ।

ओपनर लाहिरु मिलान्था १८ बलमा २ छक्कासहित २५ रनमा सुनाम गौतमको बलमा बोल्ड भए । अर्का ओपनर सुनिल धमला आजमतुल्लाह ओमरजाईको बलमा ३ रनमा बोल्ड भएका थिए । कुशल भुर्तेल अनिल खरेलको बलमा १९ रनमा एलबीडब्लू आउट भए । भुर्तेलले १६ बलमा ३ चौका हाने ।

हरम्रीत सिंह १२, अनिल शाह १३ र गुलशन झा २ रनमा आउट भए । साड्ली भान स्लेक्किक १५ बलमा १ चौका र १ छक्कासहित २१ रनमा अविजित रहे ।

काठमाडौंका आजमतुल्लाह ओमरजाईले ४ ओभरमा १२ रन खर्चेर २ विकेट लिए । अभिनाश बोहरा, अनिल खरेल, बसिर अहमद, सुनाम गौतम र एलेक्स ब्लेकले एक एक विकेट लिए ।

लुम्बिनी ५ खेलमा १० अंकका साथ शीर्ष स्थानमा छ । अल स्टार्सको प्लेअफ सम्भावना मजबुत बनेको छ । लुम्बिनीले छैटौं खेल शनिबार पोखरा एभेन्जर्ससँग खेल्नेछ । काठमाडौंको भने यो दोस्रो हार हो । काठमाडौं ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ तेस्रो स्थानमा छ । काठमाडौंले आइतबार जनकपुर रोयल्ससँग खेल्नेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.