default_image

3 years ago

December 30, 2022

आक्रामक ब्याटिङसँगै पोखराको पहिलो जित

317 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आक्रामक ब्याटिङसँगै पोखरा एभेन्जर्सले नेपाल टि२० लिगमा पहिलो जित हात पारेको छ । लगातार पाँच खेलमा पराजित भएको पोखराले फार वेस्ट युनाइटेडमाथि तीन विकेटको कीर्तिमानी जित हात पार्दै प्लेअफको सम्भावना कायमै राखेको छ ।

जितको लागि १ सय ८८ रनको विजयी लक्ष्य पछ्याएको पोखराले १९.१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । नेपाल टि२० लिगमा यो सर्वाधिक ठूलो रन पूरा हो । यसअघि जनकपुर रोयल्सले फार वेस्ट विरुद्ध नै १ सय ७० रनको लक्ष्य पूरा गरेको थियो । पोखरा कुशल मल्लले २२ बलमा ५ छक्कासहित ४० रनमा आउट भए । आसिफ शेखले ३३ बलमा २ चौका र २ छक्कासहित ४५ रन जोडे ।

पोखरालाई ओपनर सुमित महर्जन र आसिफ शेखले ६.३ ओभरमा ६५ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । सुमित २२ बलमा ५ चौका र २ छक्कासहित ३८ रनमा आउट भए । सुमित उमेर अलीको बलमा हरिशंकर शाहबाट क्याच आउट भएका थिए ।

थप १८ रन जोडेपछि कप्तान उपुल थरंगा ९ रनमा भुवन कार्कीको बलमा कट एण्ड बोल्ड आउट भए । तेस्रो विकेटका लागि कुशल मल्ल र आसिफ शेखले ५२ रनको साझेदारी गर्दै जितको आधार तय गरे । आसिफ शेख प्रकाश जैशीको १४ औं ओभरको तेस्रो बलमा लङअफमा करण केसीबाट क्याच आउट भएपछि दोस्रो अर्धशतक प्रहार गर्नबाट पाँच रनले चुकेका थिए ।

यसै ओभरको अन्तिम बलमा ठूलो सट खेलेपनि डिप मिडविकेटमा करण केसीले नै लामो दौडका साथ कुशलको उत्कृष्ट क्याच लिए । पाँचौं विकेटका लागि आमिर हाम्जा र सिद्धान्त लोहनीले ३६ रनको साझेदारी गरेका थिए । हाम्जा १२ रनमा क्याच आउट भए ।

पोखरालाई अन्तिम ६ बलमा जितको लागि ४ रन चाहिँएको थियो । प्रकाश जैशीलाई अभिमन्यु मिथुनले एक्स्ट्रा कभरमा चौका हान्दै खेल सकाए । मिथुन ८ र विपिन खत्री ६ रनमा अविजित रहे ।

सिद्धान्त लोहनी १० बलमा १ चौका र २ छक्कासहित २३ रनमा आउट भए । फार वेस्टका करण केसीले ४ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । उमेर अलीले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको युनाइटेडले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८७ रन बनायो । फार वेस्टका लागि उमेर अलीले २६ बलमा ५ छक्कासहित सर्वाधिक ४२ रन बनाए । उमेर अली जाहिर खानको बलमा बोल्ड आउट भए । राशिद खानले १५ बलमा २ चौका र २ छक्कासहित ३२ रन जोडे ।

ओपनर देव खनाल ३१ बलमा ३ चौका र १ छक्कासहित ३३ रनमा आउट भए । अर्का ओपनर हासिम अन्सारी ७ बलमा २ चौका र १ छक्कासहित १७ रनमा कुशल मल्लको बलमा एलबीडब्लू आउट भए । भीम सार्की १७, विनोद भण्डारी ११ र हरिशंकर शाह ५ रनमा आउट भए । करण केसी ७ बलमा २ चौकासहित १२ रनमा अविजित रहे ।

पोखरा तीव्र गतिका बलर आमिर हाम्जाले ३ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । जाहिर खानले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । डेब्यू खेल खेलेका तुलबहादुर थापाले ३ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । आमिर हाम्जाले अन्तिम ओभरमा तीन नोबल सहित कुल १० बल गर्दै १८ रन खर्चेका थिए ।

पोखरा ६ खेलमा ५ मा हार र १ मा जितसहित २ अंकका साथ पुछारमा छ । पोखराले शनिबार लुम्बिनी अल स्टार्ससँग खेल्नेछ । पोखरा शीर्ष चारमा पर्दै प्लेअफ खेल्न सबै खेल जित्नु पर्ने हुन्छ ।

लुम्बिनी ५ खेलमा अपराजित रहँदै १० अंकका साथ शीर्ष स्थानमा छ । फार वेस्ट युनाइटेड ५ खेलमा ४ मा जित र १ मा हासहित पाँचौं छ । फार वेस्टले सोमबार जनकपुरसँग खेल्नेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.