3 years ago
December 31, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आक्रामक ब्याटिङ प्रदर्शन गदैै आएका अलराउन्डर कुशल मल्ललाई पोखरा एभेन्जर्सले नेपाल टि२० लिगमा लुम्बिनी अल स्टार्सविरुद्ध बेन्चमा राखेको छ ।

टियु क्रिकेट मैदानमा भएको टसमा लुम्बिनीका कप्तान दीपेन्द्रसिंह ऐरीले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । पोखराले कुशल मल्ललाई बेन्चमा राख्दा प्रतिश जि.सीलाई मौका दिएको छ । कुशलले यस प्रतियोगितामा उच्च प्रदर्शन गर्दै आएका छन् । शुक्रबार मात्रै फार वेस्ट युनाइटेडविरुद्ध २२ बलमा ५ छक्कासहित ४० रन जोडेका थिए । कुशल अस्वस्थको कारण टोलीबाट बाहिर रहेको बुझिएको छ ।
त्यस्तै लुम्बिनी अल स्टार्सले आजको खेलमा दुई परिवर्तन गरेको छ । योगेन्द्रसिंह कार्की र प्याट ब्राउनलाई आजको खेलमा मौका दिएको छ । अनिल कुमार शाह र लाहिरु मिलान्थालाई विश्राम दिएको छ । लुम्बिनी ५ खेलमा १० अंकका साथ शीर्षस्थानमा छ । पोखरा ६ खेलमा ५ मा हार र १ मा जितसहित पुछारमा छ ।
पोखरा एभेन्जर्सको प्लेइङ ११ : आसिफ शेख, प्रतिश जि.सी, आरिफ शेख, तुलबहादुर थापा, विपिन खत्री, सुमित महर्जन, सिद्धान्त लोहनी, उपुल थरंगा, जाहिर खान, आमिर हाम्जा र अभिमन्यु मिथुन ।
लुम्बिनीको प्लेइङ ११ : दीपेन्द्रसिंह ऐरी, योगेन्द्रसिंह कार्की, कुशल भुर्तेल, प्याट ब्राउन, गुलशन झा, तिलकराज भण्डारी, किशोर महतो, सुनिल धमला, शड्ली भान सेक्किक, ह्यारी टेक्टर र हरम्रीत सिंह ।
*विहान १०ः५२ मा पोखरा टिमसँग कुराकानीमा कुशलको अवस्थाबारे बुझ्दा उनी अस्वस्थ रहेको बुझिएको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]