3 years ago
December 31, 2022
काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी अल स्टार्सले नेपाल टि२० लिगमा पोखरा एभेन्जर्सलाई १ सय २८ रनको मध्यय लक्ष्य दिएको छ । टियु किकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनी १९.५ ओभरमा १ सय २७ रनमा अल आउट भए ।

लुम्बिनीको शीर्षक्रम स्पिनर विपिन खत्रीले धरासयी बनाएका थिए । मध्यक्रम जाहिर खानले धरासयी बनाए । ९ मध्य ८ विकेट पोखरा स्पिनरले लिए । पाँचौं ओभरको तेस्रो बलमा विपिन खत्रीले ओपनर सुनिल धमलालाई १५ रनमा कट एण्ड बोल्ड आउट गरे । धमलाले १४ बलमा १ चौका र १ छक्का हाने । विकेटकिपर कुशल भुर्तेललाई विपिन खत्रीले गोल्डेन डक पेभेलिएन फर्काए ।
हरम्रीत सिंह भने जाहिर खानको बलमा एलबीडब्लू आउट गरे । विपिन खत्रीले अल स्टार्सका प्रमुख ब्याटर ह्यारी टेक्टरलाई १० रनमा क्याच आउट गराएपछि अल स्टार्स ६६–४ को कमजोर अवस्थामा पुगेको थियो । सिद्धान्त लोहनीले दीपेन्द्रसिंह ऐरीलाई १० रनमा आसिफ शेखबाट क्याच आउट भए ।

प्रमुख ब्याटर तथा ओपनर लाहिरु मिलान्था घाइते हुँदा आजको खेलमा टोलीमा छैनन् । तल्लोक्रमका ब्याटरको पनि प्रदर्शन राम्रो हुन सकेन । योगेन्द्रसिंह कार्की १३, साड्ली भान स्केलक्किक १६, गुलशन झा २, प्याट ब्राउन ७ र किशोर महतो ४ रनमा आउट भए ।
पोखराका स्पिनर विपिन खत्री ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । स्पिनर जाहिर खानले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । आरिफ शेख, तुलबहादुर थापा र सिद्धान्त लोहनीले एक एक विकेट लिए ।
लुम्बिनी पाँच खेलमा १० अंकका साथ शीर्ष स्थानमा छ । जारी प्रतियोगिता एकमात्रै अपराजित टोली हो । पोखरा ६ खेलमा १ मा जित र ५ मा हारसहित पुछारमा छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]