default_image

3 years ago

December 31, 2022

किन विकेटकिपिङ गर्दैछन् कुशल भुर्तेल ?

387 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका ब्याटर कुशल भुर्तेलले नेपाल टि२० लिगमा लुम्बिनी अल स्टार्सबाट पोखरा एभेन्जर्सविरुद्ध विकेटकिपरको भूमिका निर्वाह गरेका छन् ।

टियु क्रिकेट मैदानमा टियु क्रिकेट मैदानमा भएको टसमा लुम्बिनीले कुशल भुर्तेललाई विकेटकिपरकै रुपमा मैदान उतारेको छ । कुशल भुर्तेलले पहिलो पटक विकेटकिपरको भूमिका निर्वाह गरेका छन् । लुम्बिनीका दुबै विकेटकिपर उपलब्ध हुन नसकेपछि कुशल भुर्तेलले विकेटकिपिङ गर्नु परेको हो ।

लुम्बिनीले किकेटकिपर अनिल शाह र लाहिरु मिलान्था दुबै पोखराविरुद्ध उपलब्ध हुन सकेनन् । मिलान्था लुम्बिनीको पाँच मध्य तीन खेलमा प्लेयर अफ द म्याच चुनिदै आएका थिए । लुम्बिनीको सबै खेलमा विकेटकिपर मिलान्था थिए । यस प्रतियोगिता सर्वाधिक रन बनाउने तथा सानदार प्रदर्शन गर्दै आएका मिलान्था घाइते छन् ।

नेपाली क्रिकेट टोलीबाट विकेटकिपरको भूमिका निर्वाह गरि सकेका अनिल कुमार शाह भने टोलीमै उपलब्ध छैनन् । लुम्बिनीका अनुसार अनिल शुक्रबार राती नै कलैया फर्किएका छन् । अनिलका हजुरबुबाको निधनपछि शुक्रबार राती नै कलैया फर्किएका हुन् ।

ईशान पान्डे पनि तेस्रो विकल्प हुन् । तर उनी अन्तिम १५ मै छैनन् । कम्तिमा २४ घण्टा अगाडिनै टेक्निकल कमिटीलाई खेलाडी परिवर्तनको लागि प्रस्ताव गर्नुपर्छ । यदि टेक्निकल कमिटीले स्वीकृति दिएको खण्डमा मात्रै अन्तिम १५ मा नभएको खेलाडी खेलाउन पाइन्छ । त्यसैको कारण लुम्बिनीले कुशललाई विकेटकिपरको रुपमा मैदान उतारेको हो । सुनिल धमलाले भने यू–१९ मा विकेटकिपरको भूमिका निर्वाह गरेका छन् ।

कुशलले नेपालबाट ओपनर देखि फिनिसर सम्मको भूमिका निर्वाह गरि सकेका छन् । यू–१९ मा मिडिया पेश बलिङ गर्ने कुशलले पछिल्लो समय लेगस्पिनरमा राम्रो प्रभाव छाड्दै आएका छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.