3 years ago
December 31, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका विकेटकिपर ब्याटर अर्जुन साउदलाई विराटसुपर किंग्सले नेपाल टि२० लिगमा जनकपुर रोयल्सविरुद्ध बेन्चमा राखेको छ ।

टियु क्रिकेट मैदानमा भएको टसमा विराटनगरले टस जितेर पहिला फिल्डिङको निर्णय लिएको छ । विराटनगरले आजको खेलमा अर्जुन साउदलाई बेन्चमा राखेको छ । अर्जुनले ४ खेलमा ६२ बल खेल्दै ५३ रन बनाएका छन् । आज विराटनगरले अर्जुनको स्थानमा प्रदीप ऐरीलाई पहिलो खेल खेलाएको छ । प्रदीपले विकेटकिपरको भूमिका निर्वाह गर्नेछन् ।
पछिल्ला दुई खेलमा बेन्चमा रहेका सिकन्दर राजा भने घर फर्किएका छन् । राजाले २ खेलमा ५५ रन बनाउँदा एक विकेट लिएका छन् । राजाको स्थानमा नेटबलरको रुपमा आएका श्रीलंका तीव्र गतिका बलर सन्जिव कुमारस्वामीले मौका पाएका छन् । त्यस्तै रिजन ढकालको स्थानमा स्पिनर सूर्य तामाङलाई खेलाएको छ ।
जनकपुर रोयल्सका केस्रिक विलियम्स पनि वेस्टइन्डिज फर्किएका छन् । आफन्तको निधनपछि केस्रिक फर्किएको बुझिएको छ । जनकपुर ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ । विराटनगर ४ खेलमा २ मा जित र २ मा हारसहित चौथो स्थानमा छ ।
विराटनगरको प्लेइङ ११ : रोहित कुमार पौडेल, नन्दन यादव, साहब आलम, सूर्य तामाङ, प्रदीप ऐरी (विकेटकिपर), पृथु बास्कोटा, विवेक कुमार यादव, सन्जिव कुमारस्वामी, आन्द्रे म्याकार्थी, हुसेन तालत र गौरांशु शर्मा ।
जनकपुरको प्लेइङ ११ : सोमपाल कामी, सन्दीप जोरा, मोहम्मद आदिल आलम, ललितनारायण राजवंशी, पवन सरार्फ, जितेन्द्र मुखिया, खडक बोहरा, ट्रेभन ग्रिफिक, अशान प्रियान्जन, चाडविक वाल्टन र समिउल्लाह शिनवारी ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]